राष्ट्रिय समाचार

एनआरएनए जापानको विवादमा टकरावको स्थितिमा,सामाजिक संञ्जालमा दोहोरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ कार्यकालको निर्वाचनमा भएको भनिएको धाँधलीको विषयलाई लिएर विजयी हुने र पराजय हुनेहरुका बिचमा टकरावको स्थिति सिर्जना हुने देखिएको छ ।निर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा सोमबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका विषयलाई लिएर मनोमानी रुपमा छानबिन समिति गठन गरी संस्थाको लाखौ रकम दुरुपयोग गरिएको पाईएकोले जापानको कानुन बमोजिम उपचार खोजिने जनाएको छ । भने निर्वाचन प्रक्रियामा सहभागी रहेर पराजित भएका ३० जना उम्मेदवारहरुले पनि आइतबार नै एक… पुरा पढौ

एनआरएनएको महाधिवेशन अनिश्चित, सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

गैर आबासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन एबम दशौ महाधिबेशन स्थगित हुने भएकोछ । अक्टोबर १० तारिख तय गरिएको निर्वाचनका लागि मतदाता हुने महाधिबेशन प्रतिनिधिको बिबादले अन्योल बढेको छ , महाधिबेशनका प्रकृया अन्योलमा रहेको बेला संघको नियामक निकाय नेपाल सरकारको पररास्ट्र मन्त्रालयले महाधिबेशन प्रतिनिधि चयनको बिधान सम्मत प्रकृया पुरा नगरे सम्म कुनै पनि गतिबिधि नगर्न संघलाई निर्देशन गरेकोछ । संघले निर्धारण गरेको मिति एक महिना पनि बाँकी नभएको अवस्थामा प्रतिनिधि बिबादले निर्वाचन र महाधिबेशनलाई अनिस्चित बनाएकोछ । एनसीसीहरुको… पुरा पढौ

एमसीसी उपाध्यक्ष फातिमाले भनिन् – संसदीय अनुमोदनमा आशावादी छु

मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन्। नेपाली राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त रहेकी सुमारले जाँदाजाँदै पत्रकार सम्मेलन आयोजना गर्दै एमसीसी संसदबाट अनुमोदन हुनेमा आशावादी हुँदै अमेरिका फर्किन  लागेको बताइन् । 'राजनीतिक दलका नेता, मन्त्री, सांसद तथा नागरिक समाजलाई मैले एमसीसीबारे स्पष्ट पार्ने प्रयास गरेँ । उहाँहरूसँगको भेटपछि एमसीसी परियोजना अनुमोदन हुनेमा आशावादी हुँदै म वासिङ्टन फर्किँदै छु,' उनले भनेकी… पुरा पढौ

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

टोकियो - जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।   सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ । जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण… पुरा पढौ

सकारात्मक पत्रकारिता मार्फत प्रेरणादायी कार्य गर्नु आजको आवश्यकता- पन्त एनआरएनए अध्यक्ष

लण्डन । बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकम, को शुभारम्भ भएको छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुमार पन्तले वेबसाइट लग इन गरेर  संयुक्त रुपमा उद्घाटन गरेका हुन् । आइतबार  डायस्पोरानेपालको औपचारिक उद्घाटनपछि राजदूत रेग्मीले डायस्पोरानेपालले नेपाली समुदायमा उत्साहको संचार गर्न सकोस् भन्ने शुभकामना दिए । 'सकारात्मक पत्रकारिता मार्फत प्रेरणा हुने खालको समाचार विश्वभरका नेपालीले पाउन सकुन्, उनले भने । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले डायस्पोरानेपालले… पुरा पढौ

एनआरएनए जापानको निर्वाचन धाँधलीपूर्ण भएकोले तत्काल रद्द गर्न माग, निर्वाचित कार्यसमितिलाई सबै पक्षबाट असहयोग गर्न आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको जुलाई ३० मा सम्पन्न निर्वाचन धाँधली र निष्पक्ष निर्वाचनको मान्यता विपरित भएकोले सो निर्वाचन रद्द नगरेसम्म आर्थिक बझबुझारथ नगर्ने बताईएको छ ।निर्वाचन प्रक्रियामा सहभागी भै पराजित ३० जना उम्मेदवारहरूले आइतबार संयुक्त वक्तव्य जारी गर्दै धाधलीपूर्ण निर्वाचनबाट निर्वाचित भएको भनिएको कार्यसमितिलाई आफूहरुले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता नदिएको जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा नगरेसम्म आर्थिक बझबुझारथ नगरि पूर्णरूपमा असहयोग गर्ने बताईएको छ । ‘स्वस्थ र स्वच्छ एनआरएनए' बनाउन सहयोग… पुरा पढौ

अग्रज पुस्तालाई बढार्न हैन,सघाउनको लागि हाम्रो पुस्ताको नेतृत्वमा दाबी- यदुराम सापकोटा

करिब ५६वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिबेसन सम्पन्न भएको छ ,सभापति देउबाको गृहजिल्लामा वडा अधिबेसनकै सवालमा ठुलो बिबाद कायम छ भने बाकी २०जिल्लामा क्रियाशील सदस्यहरुको नाम नै सार्वजिनक भएको छैन। भाद्र १८ गते बाट प्रारम्भ भएको वडा अधिवेशन बाकी रहेका जिल्लामा असोज ५ गते गर्ने र प्रदेश क्षेत्र,संघीय क्षेत्र जिल्ला,प्रदेश र संघसम्म ८ तहको १४ अधिबेसन सम्पन्न गर्ने तयारीमा कांग्रेस छ। बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वाड नम्बर ९ बाट क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि यदुराम सापकोटा,आफ्नो यो यात्रालाई… पुरा पढौ

पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क.गोञ्जालोको जेल भित्रै निधन

पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष अबिमाइल गुजम्यान ‘गोन्जालो’को ८६ वर्षको उमेरमा शनिवार निधन भएको छ । पेरुको जनयुद्ध प्रत्याक्रमणकाे चरणमा विकास भएको अबस्थामा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क. गाेञ्जालो सन् १९९२मा राजधानी लिमाबाट गिरफ्तारीमा परेका र उनलाई त्यहाँको सत्ताले आजीवन कारागारकाे सजाय सुनाइएको थियो  । दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गाेञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइ राखेका थिए र जेलमै मृत्यु भएको छ । उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर देखिएको थियो । “पेरुका जनताको… पुरा पढौ

एमसीसी सम्झौता अनुमोदन गराउन पहल गर्न आएकी उपाध्यक्षलाई मिलेन सकारात्मक संकेत, कस्तो गर्लिन त बोर्डमा ब्रिफिङ ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा रहेको अन्योल चिर्ने र नेपालमा एससीसी कार्यान्वयनको वातावरण बनाउने उद्देश्य लिएर काठमाडौं अवतरण गरेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार आइतवार अमेरिका फर्कँदै छिन् ।  फतिमा सुमारको नेपाल बसाईका क्रममा राजनितिक भेटघाटमा निकै व्यस्त रहिन र एमसीसी सम्झौता पास गर्नका लागि सकेसम्मको लागि परिन । तर राजनितिक दलमा शीर्ष नेतृत्वबाट अपेक्षा गरेअनुसारको जवाफ भने पाउन सकिनन् । सबै पक्षबाट राष्टिय सहमतिका आधारमा मात्र सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने खालको सन्देश प्राप्त… पुरा पढौ

एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए । उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए । सचिव भट्टराईकाअनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।… पुरा पढौ