सामाजिक यथार्थपरक कथा बोकेको श्रीकृष्णको “सारङ्गी” सार्वजनिक (भिडियो सहित)

-


     जनहित न्युज    
     भाद्र २९ गते २०७८


‘रेटिदै छ सारंगी धुन, गरिबको कहानी लौ सुन’ भन्दै गलकोट बागलुङका स्रष्टा लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लले अधिकांश नेपालीहरूको वास्तविक जीवन कहानीलाई ‘सारंगी’ नामक गीति एल्बममार्फत आवाज बोलेका छन ।
एक सारंगी वादकलाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्दै उनैमार्फत सामाजिक यथार्थपरक कथा बनाई नेपाली श्रमजिवी गरिब जनताको आवाजलाई मुखरित गर्ने प्रयास सो एल्बममार्फत गरिएको छ ।
विगतमा नेपाली ग्रामीण क्षेत्रमा सूचना र जानकारी दिदै हिडने सारंगी वादक एक सूचनादाताले आफ्नो दैनिक जीवनमा के कस्तो पिडा र अभाव झेल्नु र खेप्नु पर्ने रहेछ भन्ने कुरालाई गीति एल्बममार्फत यथार्थपरक रुपमा शब्द र भिडियोमार्फत प्रष्टयाउने प्रयास गरिएको छ ।
नेपाली गरिब जनताहरु बिशेषत समाजलाई चलायमान बनाई राख्न क्रियाशील नागरिकहरु बिरामी परेर मृत्युको मुखमा पुग्दापनि सामान्य औषधोपचार हुन नसक्नु, पटपटी फुटेका खुट्टामा चप्पल समेत नहुनु, खरले छाएको झुपडीलाई वर्खाको समयमा पहिरोको डरमा कसरी कष्टकर जीवन यापन गर्न बाध्य छन भन्ने कुरालाई सारंगी एल्बममा सर्जक बम मल्लले सचित्र उतारेका छन ।
जीवनदेखि हार खाएका आमा बुवाले आफ़्ना बालबालिकाको सुन्दर भविष्य खोज्दै उनीहरुमै आफूलाई कसरी समर्पित गरेका हुन्छन भन्ने कुरालाइ समेत बुझाउन सो एल्बमले सहयोग गर्ने देखिन्छ।
‘पासों लगाई मरौ भने छोराछोरी साना
साँझ चुल्हो क्यारी बल्ला टुट्छएकैमाना’
गाउघरमा आफ्नो सारंगी रेट्दै जीवन गुज़ारा गरिरहेको नेपाली विपन्न समुदायको प्रतिनिधि पात्रले- गरिबको यस्तै गीत गाउने छौ,बाचेऔ भने अर्को साल आउने छौ’ भन्ने गीतिलयको शब्दले त अधिकांशको मनलाई नै चसक्क बनाउछ ।
पछिल्लो समयका सृजनशील निर्देशक देबेन्द्र बब्लुले यस एल्बमको भिडियोका लागि निर्देशन गरेका हुन् दिपक सापकोटाको शब्द तथा श्रीकृष्ण बम मल्लको संगीत बाट सुसजित गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र श्रीकृष्ण बम मल्ल कै सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी स्वादमा तयार भएको “सारंगी” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको घत लाग्दो अभिनय देख्न सकिन्छ ।
छायांकन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् । गीतको भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?