राष्ट्रिय समाचार

कांग्रेस महाधिवेशन तालिकामा हेरफेर (विज्ञप्तिसहित)

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ । शुक्रबार केन्द्रीय निर्वाचन समितिले केन्द्र र प्रदेशको अधिवेशन नसर्ने गरी महाधिवेशनको कार्यतालिका संशोधन गरेको हो । यस्तै, गाउँ र नगर वडा अधिवेशन ५ असोजका लागि सारिएको छ । निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लाको हकमा लागू हुनेछ । यसैगरी गाउँपालिका र नगरपालिकाको अधिवेशन ९ असोजमा हुने निर्वाचन समितिले जनाएको छ । यसअघि गाउँपालिका र नगरपालिकाको अधिवेशन २७ भदौमा हुने तय गरिएको थियो । समितिका संयोजक महादेव प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ

सरकारको प्रतिस्थापन विधेयक गरिब मैत्री बजेटः निमुखालाई खाना, जनयुद्धमा बलिदान गर्ने र कोरोना पीडितलाई राहत

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले प्रतिनिधिसभाको बैठकमा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन्। अघिल्लो सरकारका केही कार्यक्रमलाई स्थगित गर्दै केही नयाँ तथा लोकप्रिय कार्यक्रम समावेश गर्दै प्रतिस्थापन विधेयक पेश गरेका हुन्। सरकारले गरिब तथा निमुखालाई लक्षित गरी बजेट ल्याएको छ । बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गर्दै अर्थमन्त्री शर्मा प्रभाकरले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माले विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने घोषणा गरे । यस्तै उनले राजनीतिक आन्दोलनमा… पुरा पढौ

एमसीसी सम्झौतालाई राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने- प्रचण्ड

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । प्रचण्डलाई भेटन बिहान ७ : ४० मा खुमलबाटर पुगेकी फातिमाई प्रचण्डले एमसीसीकाे विषय नेपालमा राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने प्रतिक्रिया दिएका छन् । प्रचण्डले एमसीसी परियोजनालाई संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने र गठबन्धनमा समेत एक मत बनाने प्रयास गरिने जानकारी गराएको प्रचण्डका  प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रेस सल्लाहकार सापकोटाका अनुसार विवादका… पुरा पढौ

एनआरएन प्रतिनिधिहरुको नामावलीमा व्यापक धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी

काठमाडौं । गैर आवासीय नेपाली संघको केन्द्रीय सचिवालयले आसन्न दशौं महाधिवेशनका लागि विधान विपरीत महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) हरुको नामावली सार्वजनिक गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुका तर्फबाट तीनजनाले बिहीबार मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । एनआरएन अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, आइसीसी सदस्य नवराज ओली (शनि ओली-कतार) र आइसीसी पूर्व सचिव जानकी गुरुङले मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराएका छन् । एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर… पुरा पढौ

एनआरएनए एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदका उम्मेदवार खड्काको पक्षमा माहोल सकारात्मक

‘सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका ददिवल खड्काको पक्षमा माहोल सकारात्मक बनेको छ ।अनुभवी, परिपक्क र मिजासिलो स्वभावका खड्काले जापानमा रहेर समाजका हरेक गतिविधिमा सक्रियतापूर्वक आर्थिक लगायतका सहयोग गरिरहेकोले सो कार्यलाई निरन्तरता दिनका लागि एनआरएनएको ज़िम्मेवार पदमा रहनुपर्ने भएकोलेपनि डिआरसीमा सकारात्मक माहोल बनिरहेको एनआरएनएका अभियन्ताहरु बताउछन ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले व्यक्तिगत र संस्थागत रूपमा… पुरा पढौ

जापानका १९ प्रान्तमा सेप्टेम्बरको अन्त्यसम्म आपतकाल थप, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रधानमन्त्रीको आग्रह

जापान सरकारले कोभिड-१९ कोरोना विभिन्न २१ वटा प्रान्तमा लगाउदै आएको आपतकाल टोकियोसहित १९ वटा प्रान्तमा रहने गरि सेप्टेम्बरको अन्त्यसम्म लम्बाउने भएको छ ।अस्पतालमा सघन उपचार गराउने संक्रमित बिरामीको सख्यामा हाल २ हजार २ सय रहिरहेको र त्यसमा उल्लेखनीय कमि नआएको र दैनिक संक्रमितको संख्या यथावत रहेकोले कोरोना संक्रमणलाई रोकथाममा सहयोग पुर्याउनका लागि आपतकाललाई थप गरिएकोले प्रधानमन्त्री सुगा योशिहिदेले बताएका छन ।सरकारले मानिसहरुलाई भीडबाट बच्न र सकेसम्म घरबाट काम गर्न आग्रह समेत गरेको छ। आपतकाल रहेका प्रान्तहरूमा बार र रेष्टुरेन्टहरुलाई रक्सीको… पुरा पढौ

एनआरएनए डेलिगेट्स लिस्टमा व्यापक अनियमितता, एमआइएस प्रणालीको व्यापक दुरुपयोग, छैन कुनै विश्वसनीयता

काठमाडौँ - गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयले प्रकाशन गरेको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरुको नामावलीमा व्यापक फेरबदल गरिएका प्रमाणहरु फेला परेका छन । डेलिगेट्सहरुले नै संघको नयां नेतृत्व चुन्ने भएकाले प्रारम्भिक नामावली भनेर संघको वेबसाईट ( https://tinyurl.com/ys6s46ju ) मा मंगलबार राती सार्वजनिक गरिएको विवरणमा विश्वव्यापी रुपमा संस्थापन पक्षले व्यापक हेरफेर गरेको फेला परेको हो। एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको नाम निवर्तमान कार्यसमितिले ६५ प्रतिशत सूचीमा समावेश गरेन। यहाँ सम्मकी नवनिर्वाचित अध्यक्ष गीता शर्मा खनालको नाम पनि… पुरा पढौ

एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोली राजनीतिक भेटघाटमा, पहिलो भेट ओलीसँग, यथास्थितीमा एमसीसी पास हुदैन- माओवादी केन्द्र

अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथ ब्रुक्ससहितको टोली काठमाडौं आइपुगेको छ । टोलीले आजैबाट राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका लागि नेपाल आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने बताइएको छ । ओलीलाई भेट्न उक्त टोली भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ। विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल… पुरा पढौ

एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो । सुरक्षाकर्मीले फोटो खिच्न पनि दिएका थिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुमारले सरकारले सोधेका ११ वटा… पुरा पढौ

एनआरएनएमा समावेशीताको सिद्धान्तलाई व्यावहारिकतामा कार्यान्वयन गराउन गुरुङको सचिव पदमा उम्मेदवारी

समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पद(२०२१-२०२३)मा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ ।जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना भएको बताउछन ।जापानमा रहेर बिभिन्न सामाजिक संघ संस्थामार्फ़त नेपाल र नेपालीको लागि सामाजिक क्रियाकलापमा निरन्तर रूपमा लागेको र… पुरा पढौ