राष्ट्रिय समाचार

जापानमा कोरोना संक्रमण नेपाली समुदायमा फैलियो

जापानको नागोया शहरमा यौट्टा यौनजन्य घटनामा छलफलको लागी नेपाली अगुवाहरुको जमघट हुँदैं थियो। यस घटनामा नेपाली समुदायको अगुवाकै नाम जोडिएपछि घटना पेचिलो बनेको थियो। त्यसैले घटनाको छलफलमा धेरैको उपस्थिति थियो। केहि दिन पछि त्यहा उपस्थित धेरैलाई कोराना संक्रमण भएपछि नेपाली समुदायमा यतिबेला खैलाबैला मच्चिएको छ। उक्त घटना खबर नपाएर नगएका केहिलाई भने कोराना संक्रमण भएको छैन। सधै साथीहरुले वोलाउथे, यसपालि किन हो बोलाएनन् , गएको भए कोरोना संक्रमित भइन्थ्यो होला , नागोमामा रेष्टुरेन्ट व्यवसाय गरेका सुरज काफ्लेले भने। उक्त छलफलमा… पुरा पढौ

बागलुङ गलकोटका केसीको जापानमा असामयिक निधन

जापानको टोकियोको निप्पुरीमा बस्ने बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ का ४६ वर्षीय भीमबहादुर केसीको शनिवार बिहान निधन भएको छ ।केही समयदेखि सुगर, प्रेसरको बिरामी रहेका केसी पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचार गराइरहेका क्रममा शनिवार बिहान उपचार कै क्रममा असामयिक निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।करिब ८ वर्षदेखि जापानमा कुक भिषामा कार्यरत रहेका केसी केही समय अघिदेखि सख्त बिरामी भई नियमित उपचाररत रहेका थिए ।श्रीमतिसंगै बसदै आएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र… पुरा पढौ

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले खेलाडी र प्रशिक्षकलाई गर्यो सम्मान

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले सम्मान गरेको छ ।जारी पाराल्याम्पिकमा नेपालीको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्न आएका खेलाडी पलेशा गोवर्द्धन रिपेचेज र प्रशिक्षक कविराज नेगी लामालाई शुक्रवार टोकियोमा एक कार्यक्रमको आयोजना गरि नगद सहित सम्मान गरिएको हो ।नेपाली खेलाड़ीलाई अन्तराष्ट्रिय खेलका प्रतिस्पर्धामा प्रोत्साहन गर्ने र खेलप्रति चासो जागृत गराउनका लागि परदेशमा रहेका नेपालीहरुको तर्फबाट खेलाडी पलेशालाई नगद ३ लाख येन र… पुरा पढौ

एनआरएनए जापानको निर्वाचनलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठायो (पत्रसहित)

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ ।अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधताका… पुरा पढौ

कोरोना भाईरसको नयाँ स्वरुप देखियो ‘मु’, डब्लूएचओद्वारा निगरानी

मु’ भनेर चिनिने कोरोना भाईरसको नयाँ स्वरुप (भेरियन्ट) देखिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हाल त्यसको निगरानी गरिरहेको उल्लेख गरेको छ । डब्ल्युएचओका अनुसार एक नयाँ कोरोना भाइरस “मु” देखा परेको र यो कोलम्बियामा जनवरी २०२१ मा पहिचान गरिएको थियो । बोलिचालीको भाषामा मु भनिएपनि यसलाई बैज्ञानिक भाषामा बि.१.६२१ को रूपमा परिचित गरिएको छ । यसलाई कोरोना भाईरसकै उत्परिवर्तित (भेरियन्टà) को रूपमा वर्गीकृत गरिएको विश्व स्वास्थ्य संगठनको बुलेटिनमा उल्लेख छ । “मु भेरियन्टमा उत्परिवर्तनको एक मात्रा छ जुन प्रतिरक्षाबाट… पुरा पढौ

नेपाली सेनाले ४ हजार जनाका लागि सैन्य पदमा भर्ना खुला

नेपाली सेनाले ४ हजार जनाका लागि सैन्य पदमा भर्ना खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी… पुरा पढौ

टोकियोमा जारी पाराल्याम्पिकमा पलेशा गोवर्द्धन कास्य जित्न चुकिन्

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको फाइनलमा पराजित हुँदै कास्य पदक जित्न चुकेकी छन् ।  के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार कास्य पदकका लागि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चीनकी युजी लीसँग १२-९ को पराजय बेहोरिन् ।  पहिलो चरणमा ४–२ को जित निकालेकी पलेशाले दोस्रो चरणमा अंक नजोड्दै ५–० ले पराजित भएकी थिइन् । तेस्रो चरणमा भने प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी पलेशाले ५–५ को बराबरी गरेकी थिइन् । उनले रेपेचेजतर्फ क्वाटरफाइनलमा खेल्नेछिन्।… पुरा पढौ

वामदेव गौतमले एमालेबाट दिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्।  उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन्। एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन्। उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए।  एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए। अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका… पुरा पढौ

अमेरिकामा बाढीबाट १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा बाढीबाट १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन् । न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन् । ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् । उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो। उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुकी साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ । मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा… पुरा पढौ

कोरोना महामारीको नियन्त्रणमा आफुलाइ केन्द्रित गर्न भन्दै जापानका प्रधानमन्त्रीले पार्टीको नेतृत्व र प्रधानमन्त्रीमा दाबी नगर्ने घोषणा

जापानका प्रधानमन्त्री सुगा योशिहिदेले देशमा कोरोना महामारीले उग्ररूप लिएपछि त्यसको नियन्त्रणमा आफूलाई केन्द्रित गर्नका लागि मुख्य सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको आगामी नेतृत्वको लागि हुने निर्वाचनमा चुनावमा भाग नलिने बताएका छन ।शुक्रवार भएको एलडिपीको विशेष बैठककमा प्रधानमन्त्री सुगाले सेप्टेम्बर २९ मा हुन लागेको पार्टीको निर्वाचनमा आफूले दाबी नगर्ने र कोरानाको नियन्त्रणमा नै ध्यान केन्द्रित गर्ने बताएको जापानी संचारमाध्यमहरुले जनाएका छन । समाचारहरुमा उल्लेख गरिए अनुसार सुगाले पार्टीको कार्यकारी पदमा फेरबदल नगर्ने संकेत सोमवार नै गरेका थिए । जापानमा बहुमत प्राप्त… पुरा पढौ