राष्ट्रिय समाचार

अमेरिकामा बाढीबाट १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा बाढीबाट १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन् । न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन् । ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् । उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो। उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुकी साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ । मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा… पुरा पढौ

कोरोना महामारीको नियन्त्रणमा आफुलाइ केन्द्रित गर्न भन्दै जापानका प्रधानमन्त्रीले पार्टीको नेतृत्व र प्रधानमन्त्रीमा दाबी नगर्ने घोषणा

जापानका प्रधानमन्त्री सुगा योशिहिदेले देशमा कोरोना महामारीले उग्ररूप लिएपछि त्यसको नियन्त्रणमा आफूलाई केन्द्रित गर्नका लागि मुख्य सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको आगामी नेतृत्वको लागि हुने निर्वाचनमा चुनावमा भाग नलिने बताएका छन ।शुक्रवार भएको एलडिपीको विशेष बैठककमा प्रधानमन्त्री सुगाले सेप्टेम्बर २९ मा हुन लागेको पार्टीको निर्वाचनमा आफूले दाबी नगर्ने र कोरानाको नियन्त्रणमा नै ध्यान केन्द्रित गर्ने बताएको जापानी संचारमाध्यमहरुले जनाएका छन । समाचारहरुमा उल्लेख गरिए अनुसार सुगाले पार्टीको कार्यकारी पदमा फेरबदल नगर्ने संकेत सोमवार नै गरेका थिए । जापानमा बहुमत प्राप्त… पुरा पढौ

१—१ गोलको बराबरीमा सकियो नेपाल—भारत मैत्रिपूर्ण खेलकाे पहिलाे म्याच

झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नियम पालना गरेर गराइएको खेलमा नेपाल र भारतले १—१ गोल गर्न सके । बिहीबार अपरान्ह दशरथ रंगशालामा भएको घरेलु दर्शकको उत्साहजनक उपस्थितिबीच भएको खेलमा नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो।  खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्‍याएका हुन्। कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट… पुरा पढौ

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । पुरा पढौ

सवारी दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु , एक जना महिला घाईते

युरोप-युरोपियन देश साईप्रसमा मंगलबार भएको मोटरसाईकल दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का एकजना घाईते भएका छन । साईप्रस प्रहरीका अनुसार मृतक कपिलबस्तु जिल्लाका २४ वर्षीय तुलसी भुसाल रहेको र सर्लाही स्थायी घर भएकी करिब ३० वर्षीय महिला मिरा घिसिङ गम्भीर घाईते भएको जनाएको छ । मृतक भुषालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाईते भएकी मिरालाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको साईप्रसका संचार माध्यमहरुले जनाएका छन। घटनाको बारेमा जानकारीका अनुसार दिउँसो… पुरा पढौ

बागलुङकी सपनाको‘सपना’ पुरा भो, बनिन डेनमार्कमा पहिलो नेपाली महिला ‘बस चालक’

बागलुङकी सपना खड्का डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेकी छिन् । बानपा-८ सिगाना माइत र मुलपानी घर भएकी उनले डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा आफूलाई उभ्याउन सफल भएकी हुन्। डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। सपनाको सफलतामा श्रीमान मोहन खड्का खुशी मात्र हैनन्,दंग पनि छन्। ‘आधारभूत भाषा… पुरा पढौ

पलेशा गोवर्धन श्रेष्ठको आत्मविश्वासले बढाएको पारा-ओलिम्पिक्समा पदकको आशा

तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्। ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले अझै अहिलेसम्म ओलिम्पिक खेलबाट पदक प्राप्त गर्न सकेको छैन।  यसपालि पारा-तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको छ।  पलेशा दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा-तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्। दुई वर्षअगाडि भियतनाममा भएको एशियन पारा-च्याम्पियनशिपमा उनले कांस्य पदक जितेकी थिइन्। पलेशाले यही भदौ १८ गते… पुरा पढौ

‘व्यवसायीले देह त्यागे भने…’

बागलुङ-केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सरर्र हेर्दा सामान्यझैँ लागेपनि अन्तर्यमा जाँदा भने त्यो ‘स्टाटस’ स्तब्ध पार्ने खालको छ । श्रेष्ठले लेखेका छन– ‘भोलिका दिनमा हामी जस्ता व्यवसायीहरुको केही गरी देह त्याग भएमा कोरोनाले लग्यो रे भनेर झूठो समाचार नबनाइदिनू, त्यो हजूरहरुले बनाएको नियम पालना गर्दा र व्यवसायमा भएको भेदभावका कारण हुन सक्छ ।” उनी अघि थप्नुहुन्छ– ‘१७ महिना भइसक्यो, अझै कहिलेसम्म थेग्ने, भाडा, बैंकको ब्याज, बिजुली, पानी, आय कर बढेको… पुरा पढौ

सबै अमेरिकी सेनाले अफगानिस्तान छोडे

दुई दशकसम्म अफगानिस्तानको बसाई पछि सबै अमेरिकी सेनाहरुले अफगानिस्तान छोडेका छन् । अर्थात् अगस्त ३१ का दिन सम्म राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी सेनालाई स्वदेश ल्याउने भनि गरेको प्रतिबद्धता शत प्रतिशत लागू भएको छ । उनले बोलेको र उनको अडानको पालना भएको छ । पेन्टागनका अनुसार सबै भन्दा पछि अमेरिकी सेनाको हवाईजहाजले अफगानिस्तान छोडेको छ । अन्तिम समयमा काबुलबाट अमेरिकी बिमान उडेको जानकारी अमेरिकी केन्द्रिय नेतृत्व गरि रहेका फ्रान्क म्याकेंजीले सोमबार घोषणा गरे । “म यहाँ अफगानिस्तानबाट हाम्रो फिर्ताको समापन,… पुरा पढौ

हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, एक मोडेल पक्राउ

मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गरेको छ। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ। त्यका लागि उनले लाखौंको डील गर्ने गरेको बताइएको छ। यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए। सो दौरान इशासँग ४ लाखको डील भएको प्रहरीले बताएको छ। इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा… पुरा पढौ