राष्ट्रिय समाचार

गर्दनको हड्डी भचिएर थला परेका हर्कलाई जापानबाट ३ लाख बढि आर्थिक सहयोग प्रदान

नेपाली संस्कार कति उदार र अनुशरन योग्य छ। एकलाई अपथ्यारो पर्दा अर्कोको कति सहयोगी भावना उर्लेर आउछ भन्ने गतिलो उदाहरण हालै गलकोट नगरपालिका वार्ड नम्बर ९ बास्खोलाका हर्कबहादुर बिकलाई परदेशमा बस्ने नेपालीहरुले गरेको आत्मीयताबाट देख्न सकिन्छ ।अति विपन्न दलित परिवारका हर्क लामो समयदेखि अल्सरको उपचार गराउदै आएका थिए । गत महिना घरको आगनमा अचानक लड़ी गर्धनको हड्डी भाचिन पुग्यो ।उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो । त्यहा उपचार हुन नसक्ने जानकारी पाएसंगै परिवार ठूलो बिलखबन्दमा पर्यो । परिवारको मियो नै… पुरा पढौ

जापानले मोडेर्ना भ्याक्सिनको मात्रा दूषित भएको कारण प्रयोगमा रोक

कोरोना सक्रमण दिनानुदिन बढिरहेको र यसको नियन्त्रणका लागि जापान सरकारले कठोर उपायहरु अवलम्बन गर्दै खोप अभियानलाई व्यापकता दिइरहेको अवस्थामा अमेरिकी उत्पादन रहेको मोर्डेना खोपमा मिसावट रहेको पाइएपछि स्वास्थ्य मन्त्रालयले ८ सय खोप केन्द्रहरुमा सो खोप लगाउन रोक लागएको छ ।स्पेनको एउटै कम्पनीमा सोही समयमा उत्पादन गरिएका ती खोपहरुमा दूषित पदार्थ भेटिएको बताईएको छ । मन्त्रालयका अनुसार विगत १० दिनमा जापानका विभिन्न ८ वटा खोप केन्द्रमा प्रयोग गरिएका ३९ वटा सिसिको खोपमा केही बाहिरी पदार्थको मिसावट भेटिएकोले १.६ मिलियन डोजको खोप… पुरा पढौ

कोरोना र होम आइसोलेशन

सोमबार दिउँसो कम्पनीमा काम गर्दा अलिक असहज जस्तो महसुस भयो । संगै काम गर्ने केही नेपाली अनि जापानीज साथीहरु त केही दिन अगाडि देखिनै कोरोना पोजिटिभ देखिएर सेल्फ आइशोलेसनमा बसिरहनुभएको थियो । मैले काम गर्ने कम्पनिमा साथीहरु संगै नजिक बसेर काम गर्नुपर्ने भएकोले संक्रमणको सम्भावना धेरै थियो । तर कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने आधारभुत मापदण्डहरु पुरा गर्दै मैले आफ्नो कामलाइ निरन्तरता दिदै आइरहेको थिए । सोमबार बेलुकी रुम फर्कीएपछि सदा झै नुहाइधुहाइ गरेर बेलुकीको खाना बनाएर खाएको थिए । सधै… पुरा पढौ

जापानका डा कँडेल प्रवासी नेपाली मञ्च पूर्वी एसियाको अध्यक्षमा चयन

जापानका डा सरोज कँडेल प्रवासी नेपाली मञ्च पूर्वी एसियाको अध्यक्षमा चयन भएका छन् । अगस्ट २० मा नेकपा एमालेका महासचिव ईश्वर पोखेलको प्रमुख अतिथ्यतामा सम्पन्न नेकपा एमाले पार्टी निकट प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटी बैठकबाट(प्रवासी नेपाली मंच) जापानका सचिव समेत रहेका कँडेललाई चयन गरेको छ। बैठकमा एमाले महासचिव पोखरेलले प्रवासका आर्जन गरेको ज्ञान, सिप र पूँजिलाई आफ्नो मातृभूमिमा संगठित तरिकाले लगानी गर्न आग्रह गरे। प्रवासी नेपाली मञ्च , अन्तराष्ट्रिय कमिटीको उक्त बैठक अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षता एवं सचिव रमेश… पुरा पढौ

सामाजिक सेवा गर्ने उत्तम माध्यमको रूपमा एनआरएनएलाई लिनुपर्ने मान्यताका साथ एसिया प्यासिफिकको डिआरसी पदमा ददिवल खड्काको उम्मेदवारी

सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मान्यताका साथ जापानबाट ददिवल खड्काले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन ।समाजमा आइपर्ने हरेक सुख दुःखका गतिविधिमा नजिक रहेर सहयोग पुर्याऊदै आइरहेका हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य “एक पटको नेपाली, सधैंको नेपाली” भन्ने मान्यतालाई चरितार्थ… पुरा पढौ

एकीकृत समाजवादीले पायो दलको वैधता

माधवकुमार नेपाल नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ।  बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो। एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।  आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ । एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) पार्टीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

नेकपा एमालेबाट छुट्टिएर नयाँ राजनीतिक दल दर्ता गएका माधव नेपाल समूहका २९ जना सांसदहरूले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गरेका छन् । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३३ जना सांसद सनाखतको लागि निर्वाचन आयोग पुगेको भए पनि आयोगले उनीहरू सबैको नाम सनाखत गर्न मानेन । मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। त्यस्तै ५५ जना केन्द्रीय सदस्यको समेत सनाखत भएको छ। ४ जना केन्द्रीय सदस्यको सनाखत गर्ने क्रममा रहेका छन्। भारतको… पुरा पढौ

जापानमा १३ प्रान्तहरुबाट २१ प्रान्तहरुमा तेस्रो पटक आपतकाल थप

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले यसको नियन्त्रणलाई कडाइका साथ पालना गर्न १३ प्रान्तहरुबाट २१ प्रान्तहरुमा तेस्रो पटक आपतकाल थप गरिएको बताएका छन । आपतकाल थप गरिएका प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन । कोरोना भाइरस विज्ञ समितिले आपतकाल थप गर्न अनुमति दिएसंगै अगस्ट २७ तारिकदेखि सेप्टेम्बर १२ सम्मका लागि ती ८ प्रान्तमा आपतकाल थप गरिएको हो । जापानभरिमा दैनिक औषतमा २५ हजारभन्दा माथि कोरोना… पुरा पढौ

गलकोट समाज यूकेको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा भोजराज कँडेल

लन्डन- बाग्लुङको गलकोटमा जन्मभूमि भै विभिन्न पेशा,व्यावसाय अध्ययनका लागि बेलायतवासी गल्कोटेहरुको संस्था ’गलकोट समाज यूके’ को तेस्रो अधिवेशन सम्पन्न भएको छ ।   मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न अधिवेशनबाट निवर्तमान कार्यसमितिका उपाध्यक्ष भोजराज कँडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।   अधिवेशनले समाजको उपाध्यक्षमा गोविन्दराम कंडेल र चन्द्र साहनी, महासचिवमा विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरुमा डा.पुष्प उप्रेती,डिलाराम गैरे, तेजबहादुर भण्डारी,राजु बोहोरा,राजु सापकोटा,अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल,नगेन्द्र… पुरा पढौ

एनआरएनए आइसिसी युवा संयोजकमा बागलुङ गलकोटका मिलन छन्त्यालको उम्मेदवारी घोषणा

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन । बागलुङ ताराखोला गाऊँपालिका भुस्क़ातका छन्त्यालले आगामी कार्यकाल २०२१-०२३ को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन । उनले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । उनले संसारभरी छरिएर रहेका सम्पूर्ण युवाहरुलाई गैर आवासीय संघ प्रति गोलबन्द गराउदै संस्थालाई हुने खानेबाट हुँदा खानेको पहुँचमा रुपान्तरण गराउने तर्फ आफ्नो विशेष… पुरा पढौ