जापानले मोडेर्ना भ्याक्सिनको मात्रा दूषित भएको कारण प्रयोगमा रोक

-


     जनहित न्युज    
     भाद्र १० गते २०७८


कोरोना सक्रमण दिनानुदिन बढिरहेको र यसको नियन्त्रणका लागि जापान सरकारले कठोर उपायहरु अवलम्बन गर्दै खोप अभियानलाई व्यापकता दिइरहेको अवस्थामा अमेरिकी उत्पादन रहेको मोर्डेना खोपमा मिसावट रहेको पाइएपछि स्वास्थ्य मन्त्रालयले ८ सय खोप केन्द्रहरुमा सो खोप लगाउन रोक लागएको छ ।
स्पेनको एउटै कम्पनीमा सोही समयमा उत्पादन गरिएका ती खोपहरुमा दूषित पदार्थ भेटिएको बताईएको छ ।

मन्त्रालयका अनुसार विगत १० दिनमा जापानका विभिन्न ८ वटा खोप केन्द्रमा प्रयोग गरिएका ३९ वटा सिसिको खोपमा केही बाहिरी पदार्थको मिसावट भेटिएकोले १.६ मिलियन डोजको खोप तत्कालका लागि रोक लागाइएको जापानी समाचारहरुले जनाएका छन । ती सबै खोपहरु स्पेनमा बनेका र जुलाईको अन्त्यतिर जापान ल्याइएको थियो । करिब १ करोड़ डोज खोप प्रदान गरिसकिएको यो मोर्डेना खोपबाट कसैको स्वास्थ्यमा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१.६ मिलियन डोज खोप देशका ८ सय ६३ खोप केन्द्रमा वितरण गरिसकिएकोले तो खोप प्रयोगमा नल्याउन सूचित गरिसकेको छ ।
मोर्डेना खोपको जापानमा व्यवस्थापन गरेको ताकेदा फार्मास्यूटिकलले खोपमा भएको भनिएको बाहिरी मिसावट पदार्थ के हो भन्ने अझै पहिचान भै नसकेको बताएको छ ।
कुन कुन खोप केन्द्रमा त्यस्तो दूषित बाहिरी पदार्थ मिसिएको थियो भनेर स्थानहरुको बारेमा जानकारी गराइएको छैन । जानकारहरूका अनुसार बिभिन्न नगरपालिका,ठूला कम्पनीहरु र शिक्षालयहरुमा ठूलो मात्रामा ती खोप दिइएको बताउछन ।
सांस्कृतिक मामलाका संस्कृति र कलाका क्षेत्रमा क्रियाशील हरुलाई टोकियोको राष्ट्रिय कला केन्द्रमा ठूलो मात्रामा प्रदान गर्नजा लागि आज तय भएको खोप अभियान रद्द गरिएको छ ।
अहिले स्थगित भएका खोप केन्द्रहरुमा अन्य खोप पठाएर प्रभावित भएको खोप अभियानलाई सुचारु गर्ने योजना रहेको अधिकारीहरुलेबताएका छन ।
सरकारले ताकेदा फार्मास्यूटिकललाई अमेरिकी उत्पादन ती खोपमा कसरी सीसीहरुमा दूषित बाहिरी पदार्थ देखिन गयो त्यसको जानकारी तत्काल बताउन भनेको छ ।समाचारको शीर्षकमा असावधानीवश केही अस्पष्टता देखिएकोले सुधार गरिएको छ । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?