राष्ट्रिय समाचार

जापानमा कोरोना संक्रमण उच्च, संक्रमितहरू नै अस्पताल जान अस्विकार गर्ने गरेको तथ्य बाहिरियो

जापानमा दैनिक २५ हजार माथि र राजधानी टोकियोमा दैनिक ५ हजार भन्दाबढ़ी कोरोना संक्रमितका बिरामी थपिदै जादा पनि संक्रमितहरुले अस्पतालमा गएर उपचार गराउन अस्विकार गर्ने गरेको सरकारी स्रोतहरुको दाबी छ ।टोकियो महानगरपालिकका अनुसार कोरोना संक्रमित मध्यका ६३ प्रतिशत बिरामीहरुले आफ्नो स्वास्थ्यको अवस्था अत्यन्तै खराब हुदै जादापनि घरमै रहेर उपचार गराउन चाहेकोपाइएको बताएको सरकारी संचार माध्यम एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ ।स्रोतका अनुसार अगस्ट ९ देखि १५ तारिकसम्ममा घरमा स्वास्थ्य लाभ गरिरहेका २ हजार २ सय ५९ बिरामीहरुले एम्बुलेंस सेवाका… पुरा पढौ

ब्रिटिश सरकार वार्ता गर्न तयार भएपछि १३ दिन लामो आमरण अनसन भूतपूर्व गोर्खाहरुले तोडे

लन्डन ( जीएनएन ) -- ब्रिटिश सरकारले सन् २०२१ भित्रै वार्ता गर्न सहमति जनाए पछि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले आमरण अनसन अन्त्य गरेका छन्।गएको १३ दिन देखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले लन्डनमा जारी आमरण अनसन बिहीबार अन्त्य गरेका छन् ।भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिश ब्रिटिश राज्य मंत्री लियो डकर्टी तथा बेलायतका लागि नेपाली राजदूत, लोक दर्शन रेग्मी, ले तीन जना गोर्खा अभियन्ताहरु, ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेलाई जुस पिलाएर अनशन तोडाएका थिए। यस… पुरा पढौ

भदौ १४ गते सार्वजनिक विदा

भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए । पुरा पढौ

सिटिइभिटिमा छात्रवृतिमा पढ्न आवेदन खुला, स्वास्थ्यमा ३०४ सिट

शैक्षिक सत्र २०७८ / २०७९ मा डिप्लोमा तथ प्रमाणपत्र तहको निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्द्वारा सञ्चालन गरिने शैक्षिक कार्यक्रमका लागि आवेदन खुलाइएको हो ।  स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ जसमा विभिन्न विषयमा स्वास्थ्य तर्फ ३०४ सिट रहेको छ । आवेदन भदौ २२ गतेभित्र भर्न सकिने छ ।  पुरा पढौ

पटक पटकको स्थगन पछि नेपाल वायुसेवा निगमको जापानका लागि उडान फेरि सेप्टेम्बरमा, तर जापान प्रवेशमा सबैलाई अनुमति छैन

पटक पटक जापानका लागि नियमित उडान गर्ने भनिएपनि उडान हुन नसकेको नेपाल वायुसेवा निगमको जापानका लागि उडान फेरि सेप्टेम्बर महिनामा गर्ने सूचना जारी गरेको छ ।कोरोना महामारीका कारण जापानले नेपाली नागरिकहरूलाई सहज रूपमा जापान प्रवेशमा रोक नै लगाएको अवस्थामा चार प्रकारका भिसा हुनेहरुका लागि भने सेप्टेम्बर ९ तारिकमा काठमाण्डाै -नारिता जापान र सेप्टेम्बर १० तारिकमा नारिता काठमाण्डौ उडान गर्ने सुमेघ ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ । त्यस्तै अर्को उडान सेप्टेम्बर महिनाको २३ तारिक काठमाण्डाै -नारिता जापान र… पुरा पढौ

सीओई प्राप्त गरेका विद्यार्थीलाई जापान जाने व्यवस्था मिलाइदिन सरकारसँग माग

जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जाने व्यवस्था मिलाइदिन जापानिज भाषा स्कुल संघ नेपाल (जालसान)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । जालसानले प्रधानमन्त्री देउवालाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उक्त माग गरेको हो ।  साथै व्यवसायलाई कोरोनाले पारेको असर, जापान सरकारद्धारा जारी गरिएको भ्याक्सिन पासपोर्टमा नेपाललाई पनि सहभागि गराउन कुटनीतिक पहलको लागि प्रधानमन्त्री देउवालाई  माग गरिएको छ । त्यसमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको जालसानले जनाएको छ । पुरा पढौ

एमाले (समाजवादी) गठनपछि माधव नेपालको अपिल– एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुटौँ

प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुट्न अपिल गरेका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेपछि अपिल जारी गर्दै नेपालले देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्यपालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको… पुरा पढौ

राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यबस्था (अध्यादेश सहित)

सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को उपदफा (२) मा रहेका शब्द हेरफेर र उपदफा (२क) थपिएको छ । ऐनमा रहेका ‘केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दको सट्टा अध्यादेशमा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता… पुरा पढौ

ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । यससँगै लामो समयदेखि दुई चिरामा रहेको एमाले औपचारिक रुपमा विभाजित भएको छ। २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए। यसपाली आफैँले बनाएको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेपालले नेपालखबरसित कुराकानी गर्दै भनेका छन्, 'एमाले आफैले हुर्काएको नाम… पुरा पढौ

माधव नेपाल नेतृत्वको एमाले समाजवादी दर्ता, खनाल वरिष्ठ नेता

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन। नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ… पुरा पढौ