राष्ट्रिय समाचार

अध्यादेश ल्याउने तयारी भएपछि केपी ओली निवास बालकोटमा पुगे नेताहरू

सरकारले संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आउने हल्लाले प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् । महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी… पुरा पढौ

बागलुङमा थप ९० जना कोरोना संक्रमण, एक जनाको बाटामै मृत्यु

बागलुङमा सोमबार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । आइतबार संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्वर १२ की ७० वर्षीया महिलाको सोमबार निधन भएको हो । आइतबार संक्रमण पुष्टि भएपछि पोखरा लगेकी महिला पुनस् परिवारले घर ल्याउँदै गर्दा पर्वतमा निधन भएको बताइएको छ । कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार १ सय ३३ जना कोरोना निको… पुरा पढौ

नेपाली आइटी विज्ञ भन्छन् -‘एनआरएनएले ज़िम्मा दिए अनलाइन भोटिङ गराउन सक्छौं’

कोपनहेगन- गैरआवासीय नेपालीहरुले नेपालमा नयाँनयाँ प्रविधि र विकासका तौरतरिका स्वदेश भित्र्याउलान् भन्ने धेरै नेपालीको अपेक्षा छ । सुसंस्कृत राजनीति र लोकतान्त्रिक चरित्र पनि अर्काे अपेक्षा हो । तर गैरआवासीय नेपाली संघ (एनआरएनए) नै राजनीतिको दुर्गन्धमा रुमलिएको छ । केन्द्रदेखि तलका समितिसम्म विवाद छताछुल्ल छ । एनआरएनएका विभिन्न देशका राष्ट्रिय समितिमा यसपाली मतदानको विषय ठूलो विवादमा परेको छ । कतिपय देशमा विवाद अझै टुंगिएको छैन । निर्वाचन मार्फ़त नयाँ नेतृत्व चयन भएका दर्जन बढ़ी देशमा ठूलो विवाद भयो । झण्डै १२… पुरा पढौ

‘मैले चिनेको र चाहेको एनआरएनए’विषयक निबन्ध प्रतियोगितामा बिमन किराती प्रथम

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिद्धारा आयोजना गरिएको जापानव्यापी खुल्ला निबन्ध प्रतियोगितामा गुन्मा केनका बिमन किराती प्रथम भएका छन् ।जापानमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीहरुमा रहेको साहित्यिक प्रतिभा प्रष्फुटन गराउनका लागि ‘मैले चिनेको र चाहेको एनआरएनए’ विषयक निबन्ध प्रतियोगितामा फुकुओका केनका बिनोद पौडेल द्वितीय भएका छन भने ओइता केनका प्रशान्त गुरुङ तृतीय भएको आइतबार सार्वजनिक गरिएको नतिजा बताएको छ । ३२ जना प्रतिस्पर्धीहरुले भाग लिएको सो प्रतियोगितामा सान्त्वना पुरस्कार विजेता भने साइतामा केनका कृष्ण… पुरा पढौ

जापानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप सात प्रिफेक्चरमा आपतकाल

जापानमा कोरोना माहामारीले उग्र रुप लिन थाले पछि थप सात प्रिफेक्चरहरुमा आपतकाल लगाउने भएको छ ।हालै सम्पन्न भएको ओलम्पिककै बिचमा कोरोना संक्रमित हुनेको संख्याले रेकर्ड ब्रेक भएसँगै त्यो अवस्था कायमै रहेकोले इबाराकि, तोचिगि, गुन्मा, शिज़ुओका, क्योतो, ह्योगो तथा फ़ुकुओका प्रिफेक्चरमा अगष्ट ३१ बाट सेप्टेम्बर १२ सम्म कायम रहने योजना रहेको बताइएको छ ।यसअघि टोकियो, चिबा, साईतामा, खानागावा, ओसाका,ओकिनवा आपतकाल कायम छ । आज मात्रै टोकियोमा थप २९६२ नयाँ कोरोना संक्रमित थपिएका छन् भने जापानभरमा १४ हजार ८ सय ५४ नयाँ… पुरा पढौ

राईजिङ नेपालको प्रस्तुतिमा मौलिक तिज गीत “प्रदेशी चेलीलाई”जापानबाट सार्वजनिक

सज्जन कुमार सिंहको शब्द, ईश्वर बाबुको संगीतमा पछिल्लो समयकी अत्यन्त चर्चित एव लोकप्रिय गायीका सुनिता बुढा क्षेत्री र रितु थापाको आवाजमा रहेको गीत प्रदेशी चेलीलाई सार्वजनिक भएको छ ।उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन्।मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई गोबिन्द पराजुलीले रेकर्डिङ गरेका हुन भने मिक्सिङ र मास्टरिङको काम भने खड्क बाजुरालीले गरेका हुन ।तेजेन्द्र भण्डारीको निर्देशन एवम् छायांकनमा तयार भएको गीतको म्युजिक भिडियो जापानमा छायांकन गरिएको हो ।भिडियोमा सन्तान नहुदाको दोष महिलाको मात्रै हो भन्ने सामाजिक चलनले समाज… पुरा पढौ

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ जिल्लाको पश्चिम क्षेत्र  बडिगाड गाउँपालिकाका एक युवाको आईतबार मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बडिगाड गाउँपालिका–५ सिमाक बस्ने चन्द्रबहादुर पाईजाको २२ वर्षीय छोरा रमेश पाईजाको मोवाईल चार्ज गर्ने क्रममा अचानक विद्युत सट भई करेन्ट लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँमा फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा विद्युत सर्ट भएको थियो । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक पाईजाका श्रीमती र १८… पुरा पढौ

जापानको भलिबल प्रतियोगितामा गल्कोट स्पोर्टस् क्लवले इतिहास रच्यो, ग्रुप अफ जापान हान्स कप २०२१ आफ्नो कब्जामा

ग्रुप अफ जापान र हान्स जापानले आयोजना गरेको ग्रुप अफ जापान हान्स कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ। अगष्ट १५ तारिक आईतबार हान्यु खेलकुद परिषदको हलमा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट १२टोलिको सहभागिता रहेको थियो।प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र आयोजक ग्रुप अफ जापान पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र एनवाईएससी लाई आयोजकले एउटै पोलमा राखेको थियो।यी तिनै टीम जापानमा उपाधीका दाबेदार… पुरा पढौ

माओवादी केन्द्रले ग¥यो वडा तहका कमिटि पुर्नगठन

बागलुङ-नेकपा विभाजनपछि पूर्ववत् दलको हैँसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटि पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटिले पूर्णता पाएका छन् । ८५ वटै वडामा नयाँ कमिटि बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटि गठन भएका थिए । त्यस बेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका… पुरा पढौ

जापानमा भारी वर्षात निरन्तर भैरहेकोले सतर्कता अपनाउन आग्रह

शुक्रवारदेखि परेको मुशलधारे वर्षाका कारण आइतबारसम्ममा जापानका बिभिन्न ठाउमा बाढ़ी पहिरो खस्ने क्रम जारी रहेकोले भारी वर्षा आपतकालिन चेतावनीबाट मौषम विभागले सागा, नागासाकी, फुकुओका र हिरोशिमामा ‘चेतावनी’ जारी गरेको छ ।नागानो प्रिफ़ेक्चरको मध्य भाग ओकाया शहरमा आज बिहानै करिब ५:३० बजेतिर खसेको पहिरोमा ५ जना पुरिएका मध्य २ जनाको उद्दार गरिएको ३ जनाको खोजी कार्ट भैरहेको बताईएको छ ।नागासाकीमा शुक्रवार पहिरोले घर बगाउदा एक महिलाको मृत्यु भएको थियो बेपत्ता श्रीमान र छोरी अझै बेपत्ता रहेका छन । नागासाकी मै शनिवार… पुरा पढौ