नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।
ओली पक्षले वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुनलाई कारबाही गरिएको एक नेताले बताए।
एमालेले आजै बसेको संसदीय दलको बैठकपछि ती सांसदहरुमाथि कारबाही गरिएको पत्र संसद सचिवालयका महासचिव डा. भरत पौडैलकहाँ दर्ता गराएको हो