राष्ट्रिय समाचार

ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । यससँगै लामो समयदेखि दुई चिरामा रहेको एमाले औपचारिक रुपमा विभाजित भएको छ। २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए। यसपाली आफैँले बनाएको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेपालले नेपालखबरसित कुराकानी गर्दै भनेका छन्, 'एमाले आफैले हुर्काएको नाम… पुरा पढौ

माधव नेपाल नेतृत्वको एमाले समाजवादी दर्ता, खनाल वरिष्ठ नेता

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन। नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ… पुरा पढौ

जापानबाट नेपालको स्कूललाई ल्यापटप सहयोग

नागोया-रोटरी क्लब अफ योक्काईची, नर्थ जापानको सहयोगमा र चितवन रोटरी क्लबको संयोजनामा नारायणी नमुना माध्यमिक विद्यालय ,चितवनलाई तीन थान ल्यापटप हस्तान्तरण गरिएको छ। सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले रोटरी क्लव अफ चितवनद्धारा प्राप्त ल्यापटप भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो। विद्यालयको शिक्षण पद्धतीमा सहायता पुयाउने उद्धेश्यले एक कार्यक्रम बिच ल्यापटप हस्तान्तरण गरिएको बताईएको छ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई ल्यापटप हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सभापतित्वमा सम्पन्न… पुरा पढौ

ढोरपाटन १९ बर्षमा प्रबेश

बागलुङ– गण्डकी प्रदेशको ‘क’ वर्गको ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो ।हरेक बर्ष फरक फरक बिषयमा बिषेशांक प्रकाशन गर्दै आएको पत्रिकाले यसबर्ष ‘गतिशिल गण्डकी’ बार्षिकोत्सव बिषेशांक प्रकाशन गरेको छ । ४० पेजको रंगिन अंकमा समृद्धिको बहस, इतिहासको पुर्नलेखन र वर्तमानको समिक्षा गरिएको सम्पादक हरिनारायण गौतमले बताए ।पत्रिकाले गत बर्ष ‘गर्भिलो गण्डकी’ बिषेशांक प्रकाशन गरेको थियो । यस बर्ष कोरोना महामारीका… पुरा पढौ

जापानले आपतकालीन अवस्थालाई कडाइ गर्ने,सहयोग गरिदिन प्रधानमन्त्री सुगाको आग्रह

जापान सरकारले टोकियो सहित अन्य प्रान्तहरूमा चौथो पटक कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण देशव्यापी निरन्तर वृद्धि हुने क्रम नरोकिएकोले महामारी नियन्त्रणका लागि आपतकालिन अवस्थालाई थप गरेको छ ।सरकारी अधिकारीहरूका अनुसार क्योटो फुकुओका सहित ७ प्रान्तमा यहि शुक्रवारदेखि सघन र अर्ध आपातकालीन अवस्था र अन्य ६ देखि १६ वटा प्रान्तमा समेत सोही प्रकारको आपतकालिन अवस्था थप गरेको जनाएको छ ।दुबै आपतकालिन अवस्था उपाय सेप्टेम्बर १२ सम्म जारी रहने छ ।आपतकालिन जारी रहेका प्रान्तका अधिकारीहरुले रेष्टुरेन्ट र बारहरूमा रक्सी बिक्री वितरण गर्न,पिउन… पुरा पढौ

अहिलेको अफगानिस्तान र भोलिको नेपाल !

अहिले सबैका मुखमा अफगानिस्तान झुन्डिएको छ। त्यसैपनि नेपाली समाज अल्प र अर्ध ज्ञानको आहालमा चुर्लुम्म डुबेको समाज हो, त्यसमा पनि आफुलाई बिज्ञ भन्नेहरु समेत नेताको चाकरीमा गौरव गर्ने समाज पनि हो, यो। हिजो एकजमाना थियो चौतारीमा राजा भेटिए भन्ने मुखमा गीत गाउदै हावादारी कुरालाई राष्ट्रवाद भनेर गीत गांउथे। आज त्यस्ताको संख्या कति छ कति? आज त नेताजति नाङ्गो बादशाह बन्दा पनि, देशका हरेक नसामा बिदेशी स्वास पस्दा पनि पत्तै छैन र चासो पनि छैन अफगानिस्तान किन त्यस्तो अफगानिस्तान बन्यो भनेर।अफगानिस्तानका… पुरा पढौ

ओली सच्चिएर आए चुनावमा तालमेल हुन सक्छ,नयाँ पार्टी बनाउँछौ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शक्ति निर्माणमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् काठमाडौंमा मंगलबार जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ “ओलीले गल्ती स्वीकार गरेर आए जहिले… पुरा पढौ

माधव नेपालसहित १४ सांसदमाथि एमालेको कारबाही, संसद सचिवालयलाई पत्र

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।  ओली पक्षले वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला… पुरा पढौ

जापानमा फेरि अर्का ३६ वर्षीय पुरुषको निधन, बिहिबार जापान मै अन्तिम संस्कार गरिने

जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ । ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो ।करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय नेपाली संघका केन्द्रित सदस्य दिलिप कंडेलले जानकारी दिए ।११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै कंडेलले जानकारी दिए… पुरा पढौ

को हुन् तालिबान, कसरी उदय भयो संगठन?

अफगानिस्तानलाई तालिबान संगठनले नियन्त्रणमा लिएको छ। लामो समयसम्म युद्ध गर्दै उसले अन्ततः अफगानिस्तान कब्जा गरेको हो। अब के होला भन्ने जिज्ञासा व्याप्त छ। कठोर कदम चालिएला भन्ने अनुमानका बीच तालिबानका नेताहरुले शान्ति कायम गर्ने र जनजीवन सहज बनाउने बताउँदै आएका छन्। को हुन् तालिबान? कसरी उनीहरुको उदय भयो भन्ने आम जिज्ञासा देखिएको छ। जानौं केही तथ्य। अमेरिकी नेतृत्व भएको सेनाले तालिबानलाई सन् २००१ मा सत्ताबाट गलहत्याएको थियो। तर यो समूहले क्रमशः आफूलाई बलियो बनाउँदै गयो र अब एक पटक पुनः… पुरा पढौ