अहिले सबैका मुखमा अफगानिस्तान झुन्डिएको छ। त्यसैपनि नेपाली समाज अल्प र अर्ध ज्ञानको आहालमा चुर्लुम्म डुबेको समाज हो, त्यसमा पनि आफुलाई बिज्ञ भन्नेहरु समेत नेताको चाकरीमा गौरव गर्ने समाज पनि हो, यो। हिजो एकजमाना थियो चौतारीमा राजा भेटिए भन्ने मुखमा गीत गाउदै हावादारी कुरालाई राष्ट्रवाद भनेर गीत गांउथे। आज त्यस्ताको संख्या कति छ कति? आज त नेताजति नाङ्गो बादशाह बन्दा पनि, देशका हरेक नसामा बिदेशी स्वास पस्दा पनि पत्तै छैन र चासो पनि छैन अफगानिस्तान किन त्यस्तो अफगानिस्तान बन्यो भनेर।
अफगानिस्तानका दुई राष्ट्रपति अमेरिकी ग्रीन कार्ड होल्डर थिए। एक जना चर्तित पत्रकारले लेखेका छ्न, यी दुबैले राष्ट्रपतिको चुनाव जिते पनि, यिनको हैसियत काबुलको मेयर भन्दा माथि थिएन। अमेरिकाले समाजबादी सत्ता अपदस्थ गर्न बिन लादेनलाई सिर्जना गर्यो, बिन लादेनले अमेरिकी हतियार लिएर तालिबान सिर्जना गर्यो। अनि अमेरिका बिश्वमा आतंकवाद समाप्त गर्न पस्यो, युद्ध लिएर। सत्तरी हजार त केटाकेटी र वृद्धा मारिए। अमेरिकाले अफगानिस्तानमा बाटो बनायो? बिद्यालय बनायो? बिजुली निकाल्यो? अर्थतन्त्र सुदृढ़ गर्यो? गरेन, केहि गरेन। आफ्नै देशबाट ल्याएका दुईवटा राष्ट्रपति रुगेंर बस्यो, अचानक निक्ल्यो। किनकी अब त्यहाबाट लिनु केही बांकी थिएन।
तालिबान अहिले आएको होइन, अमेरिकी रणनीति पहिल्यै फेल भएको हो। हामीले बुझ्ने र सिक्ने त कति मात्र हो भने, जब बिदेशीको खेल राष्ट्रका नसा नसामा प्रबेश गर्छ, अनि राष्ट्र अफगानिस्तान नै हुन्छ। नेपालमा राष्ट्रको बारेमा सोच्ने, गम्ने र विश्लेषण गर्ने त कति होलान र! कसैलाइ बहुदल सिध्याएर राजा ल्याउनु छ, कसैलाइ माधब सिध्याउनु छ, कसैलाई के पि सिध्याउनु छ, कसैलाई प्रचन्ड सिध्याउनु छ, कसैलाई देउवा सिध्याउनु छ। कसैलाइ यिनैलाई देवत्वकरण गर्नु छ। तर यिनै समर्थक र विरोधीका भेषमा बिदेशीको पैसा खानेको ताती छ।
के पिलाई माधब र प्रचन्डले बिगारे भन्ने लागेको होला। यथार्थमा उनकै तारिफ गर्ने “के पिले नजानेको के छ, कति हो बुद्धि, के गर्ने हिम्मत छैन उनमा” भन्दा भन्दै आफ्नैले सिध्याय। यो अचम्म हुने छैन, जब तिनैले केपिलाई एकदिन अपदस्थ गर्ने छ्न।
कसैलाइ बहुदल सिध्याएर राजा ल्याउनु छ, कसैलाइ माधब सिध्याउनु छ, कसैलाई के पि सिध्याउनु छ, कसैलाई प्रचन्ड सिध्याउनु छ, कसैलाई देउवा सिध्याउनु छ। कसैलाइ यिनैलाई देवत्वकरण गर्नु छ। तर यिनै समर्थक र विरोधीका भेषमा बिदेशीको पैसा खानेको ताती छ।
माधबलाइ पनि उनकैले सिध्याउंदै छन । एक समय थियो यिनले केपीलाई बिदेशीको इसारामा लोकतन्त्र सक्न लागेका भन्थे। आज तिनै भन्छ्न माधब ठिक होइनन। तर हामी केपि र माधब को ठिक भनेर सोच्दैनौं। हामी स्याल कराएझै करांउछौ। लडाइ केपि र माधबको, केपि र प्रचण्ड्को, केपि र देउवाको देख्छौं। हामी के द्ख्दैनौ भने हाम्रो दिमागमा अरु कोहीले शासन गरिरहेको छ। हामी कुनै अर्थमा अफगानिस्तान भन्दा भिन्न छैनौं। बस अब केही बर्षमा नेपालमा कांग्रेस र कम्युनिष्टको बिउ भेटिने छैन। अहिले जरा कुहिएको भएपनि सबै हांगा सुकेका छैनन। तर केही बर्षमा अफगानिस्तानमा ग्रीन कार्ड होल्डर कार्जाइ र घानी जस्तै रामप्रसाद र श्यामप्रसाद अमेरिकाबाट आउनेछ्न। अमेरीकामा कम्युनिष्ट र समाजबादी हुने अधिकार छैन, तर माओबादी, एमाले र कांग्रेस हुन पाइन्छ र एनआरएनएको नाममा चुनाव लडन पनि पाइन्छ। भोलिका नेपाल चलाउनेको तालिम त रोक्नु भएन नि।त्यसैले होला नेपालको राजनीति बिदेशमा पो बढी छ।
अब नेपाल दक्षिण एसियामा पश्चिमी देशको राजनीतिको केन्द्र हुनेछ। नेपालमा सबै देशका सैनिक उनको लुगा लगाएर हिड्न पाउने नियम त बस्यो नै। भारतीय र ब्रिटिश त सैनिक क्याम नै खोलेर बसेकै छ्न। अब चिनियाँ पनि आंउछ्न।
वा! कस्ता महान नेता पाएको हो कि देशले? कति मातृका जन्मिएछ्न? उनीहरुका यी करामत त देखियो नै, त्यति डर लाग्दैन। तर डाडामा डोजर लगाउने, राजदूताबासमा खर्च लिन जाने, देशलाई धर्म र जातीका आधारमा बांड्ने, र बिदेशलाई स्वर्ग मान्ने देखि डर लाग्छ। भ्रमको संक्रमणबाट ग्रस्त मानिस देखि डर लाग्छ। आफ्नो गुट्को नेताको दिसामा पनि बास्ना सुंघ्नेहरु सङ्ग डर लाग्छ। तर पनि बिश्वास छ, आलोचकहरुले मानिसलाई सोच्न बाध्य पार्ने छ्न। त्यसैले बिचारको खेती गरौं, नेपालीलाई शासक होइन असल व्यवस्था खोज्न प्रेरित गरौं।