राष्ट्रिय समाचार

टोक्यो ओलिम्पिक्स २०२०: आज उद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

जापानको टोक्योमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु हुँदैछ। त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ। नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्। ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ 'इभेन्ट्स'हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ। नेपालको खेल नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट… पुरा पढौ

एनआरएनए नागोया क्षेत्रीय समितिको विवाद मिल्यो, दुवै पक्षलाई समेटेर समिति गठन

जापान-केहि समयदेखि विवादमा जेलिएको एनआरएनए नागोयाको विवाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ।समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन। पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारसमणी पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले विवाद समाधानको लागि विकल्प निकालेको थियो । सहमतिको दस्तावेज तर मनोजबम मल्ल र गंगा घर्तीमगरले… पुरा पढौ

गण्डकी प्रदेशको सरकारमा माओवादीका तीन जनाले भोलि सपथ लिने, बागलुङबाट चन्द्र बुढाको सहभागिता

गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक घर्तीमगर सरकारमा जाने निश्चित भएको हो । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा बराल, कृषिमा बुढा र वन तथा वातावरणमा घर्तीमगर जाने गरी सहमति जुटेको छ । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् । उनीहरूको सपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको… पुरा पढौ

‘स्यानीमाया’ को लोकप्रियता बढ्दो, चन्द्रा सुवेदीलाई गायक बसन्त थापाले बनाए भाइरल

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ । ‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन् । केटा… पुरा पढौ

अचम्मको सपना : प्रधानमन्त्री हुन लोकसेवा आयोगमा अन्तर्वार्ता दिंदै !!!

प्रधानमन्त्री हुनको लागि लोक सेवा आयोगमा अन्तर्वार्ता दिन पुगेको रहेंछु । अन्तर्वार्ता शाखामा सम्पर्क गर्नु भन्ने सूचना अनुसार सरासर शाखामा गएँ । अगाडिको कुर्सीमा उपसचिव र छेउका सोफामा अन्य ४ जना (उहाँहरु म जस्तै अन्तर्वार्ता दिने उम्मेद्वार) बस्नु भएको रहेछ । उहाँहहरु मध्ये मैले चिनेका कोही पनि हुनुहुँदो रहेनछ । चारैजना फरक फरक पोशाकमा हुनुहुँदो रहेछ म मात्र राष्ट्रिय पोशाक लगाउने परेंछु । एकजना कर्मचारीले फाराममा हस्ताक्षर गराउँदै हुनुहुन्थ्यो । बर्णानुक्रम अनुसार भएकोले मेरो नाम अन्तिममा थियो । सबैले आआफ्नो… पुरा पढौ

बागलुङ ताराखोलाका केसी एनआरएनए पोल्याण्डको अध्यक्षमा निर्वाचित

बागलुङ : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा ताराखोलाका जीवन केसी निर्वाचित भएका छन् ।संघको जुलाई १९ मा पोल्याण्डमा भएको अधिवेशनबाट केसी विजयी भएको सुजन केसीले जानकारी दिए । चार सय ८२ जना रहेका एनआरएनए पोल्याण्डका  पञ्जीकृत सदस्यमध्ये ३४९ जनाले मतदान गरेका थिए । निर्वाचनमा अध्यक्षमा जीवन केसी २१९ मत सहित विजयी भएका छन भने अन्य सबै पदाधिकारी समेत केसी समुहकै निर्वाचित भएको जनाइएको छ ।अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्।डाक्टर उदयदेव आचार्य संयोजक… पुरा पढौ

शुक्रबार ओलम्पिक प्रतियोगिता उद्घाटन हुदै

जापानको राजधानी टोकियोमा शुक्रबारदेखि हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, ‘१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।” शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग… पुरा पढौ

‘विन्टर ओलम्पिक’ २०२२ बेइजिङमा हुने

अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ। बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का समन्वय आयोगका प्रमुख जुआन एन्टोनियो समरन्चले बेइजिङमा दर्शकहरुको उपस्थितिमा प्रतियोगिता हुनुपर्ने बताएका छन्। 'हामी चाहन्छौं, त्यो ओलम्पिकमा विदेशी दर्शकहरुको पनि उपस्थिति होस,' उनले भनेका छन्, 'अर्को वर्ष बेइजिङमा हामीलाई एउटा सफल… पुरा पढौ

एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २२ सांसदहरुलाई स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण पत्रमा कुनै सदस्यलाई ४ गते र कुनैलाई ५ साउनको मिति राखेर स्पष्टिरकण सोधिएको छ ।  शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।  अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत… पुरा पढौ

थाईल्याण्डको एनआरएनएमा बाग्लुङका बस्नेतको अध्यक्षमा उम्मेदवारी

सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए थाईल्याण्डमा भबिन्द्र बस्नेतले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । इमानदारिता पारदर्शिता र लगनशीलता सक्षम र साझा एनआरएनए मेरो प्रतिबद्धता भन्ने मान्यता राखी बस्नेतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन ।आफ़नो थाईल्याण्डको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेका बस्नेतले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघ संस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेका छन। आफूसँग भएको… पुरा पढौ