राष्ट्रिय समाचार

कक्षा १२ को परीक्षा ३१ साउनदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको बोर्ड बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।  बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको थियो ।… पुरा पढौ

एक्ला वृहस्पति

पुन: स्थापित प्रतिनिधिसभाको आइतबारको बैठकमा सधैंभन्दा भिन्न एउटा दृश्य देखियो– अघिल्लो बेन्चमा देखिने सुपरिचित अनुहार त्यहाँ थिएन। अर्थात् भर्खरै सरकारबाट हटेर प्रमुख विपक्षीको स्थानमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सबैभन्दा पछिल्लो बेन्चलाई रोजे।नेता नेपालले लिएको पछिल्लो राजनीतिक निर्णयका कारण शेरबहादुर देउवा प्रधानमन्त्रीका रूपमा सत्तापक्षको सबैभन्दा अग्रस्थानमा पुगेका थिए। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली संसद्को कारबाहीको सुरुमा आएका थिएनन्, देउवाले विश्वासको मत लिन विभाजनको घन्टी बज्न सुरु गर्दा भने उनी प्रमुख विपक्षी नेताको आसनमा बसिसकेका थिए।… पुरा पढौ

एसिया क्षेत्रीय समितिको उप संयोजक पदमा दाबी गर्दै खड्काले लिए उम्मेदवारी फिर्ता

अन्तराष्ट्रिय समन्वय परिषद,एसिया क्षेत्रीय समितिको उप संयोजक पदमा आफ़नो दाबी रहने उल्लेख गर्दै राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका ददिवल खड्काले सो उम्मेदवारी फिर्ता लिएका छन । हाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य खड्काले एनआरएनए जापानको बेतिथि अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे पनि यस अभियानमा लागेका अग्रजहरुको आग्रह, समकालीनहरुको सत्भाब तथा आफू भन्दा यस अभियानमा लामो योगदान गरेकाहरुलाई सहयोग़ पुर्याउनका लागि राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष पदको दाबी त्याग गर्दै… पुरा पढौ

घरेलु मदिरा सेवनबाट चार जनाको मृत्यु, दुइजनाको अवस्था चिन्ताजनक

बागलुङ- बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा घरेलु मदिरा सेवन गरि त्यसको असरका कारण चार जनाको मृत्यु भएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ‘मजदुरी गर्दै आएका १४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ,… पुरा पढौ

फेसबुकको साथीले नै डुबाए, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए

काठमाडौ । महानगरीय अपराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ उपमहानगरपालिका- १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय नगरपालिका- ४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका- ९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन् । उनीहरुले नक्कली फेसबुक… पुरा पढौ

शहरोन्मुख गलकोट बसपार्कविहीन

बागलुङ- शहरोन्मुख गलकोट नगरपालिका बसपार्कविहीन छ । सडकका छेउछाउ सवारीसाधन पार्किङ गर्नुपर्ने स्थिति छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ । ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवा समेतलाई सास्ती छ । गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन जग्गा नभएको बनिबनाउ जवाफ मात्र छ । बजार क्षेत्रमा सार्वजनिक जग्गै नभएको र निजी जग्गा किन्नै नसकिने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । यसअघि वडा नं. १ र ९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन गर्दा लामो झण्झट व्यहोर्नुपरेको… पुरा पढौ

पत्रकारलाई अपशब्द प्रयोग गरि धम्याएको विवाद मिल्यो

जापान- नेपाल पत्रकार महासंघ, जापानका संस्थापक सदस्य एवं पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई जनहित न्यूज डट कममा प्रकाशित समाचारको विषयलाई लिएर गैर आवासीय नेपाली संघ जापान , (एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले अपशब्द प्रयोग गरि धम्याएको विषयको विवाद मिलेको छ। उक्त घटना बारे प्रेस विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ, जापान साखाले विरोध जनाउँदै समस्या समाधानको लागि नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार कविकिरण न्यौपानेलाई अनुरोध गरेको थियो। सरोकारवालाहरु संगको छलफल पछि दुबै जनाका… पुरा पढौ

देउवाले पाए बिश्वासको मत, जोगियो संसद, एमाले तीन गुटमा

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले आइतबार संसदमा विश्वासको मत लिएका थिए । उनलाई १ सय ६५ सांसदले समर्थन जनाएसँगै संसदको आयु लम्बिएको छ । देउवाले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद संवैधानिक रूपमै विघटन हुन सक्थ्यो । यसअघि  संवैधानिक रूपमा संसदको पूर्ण अवधि पाँच वर्ष तोकिए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । संविधानको… पुरा पढौ

गाडिएको अवस्थामा शिशुको भु्रण फेला

जैमिनी नगरपालिका–१० सिप्रिङमा शनिबार दिउँसो कपडामा बेरी जमिनमुनि गाडिएको अवस्थामा शिशुको भु्रण फेला परेको छ । सोही ठाउँ बस्ने २६ वर्षीया सम्झना नेपालीको घरदेखि ५० मिटर पूर्वतर्फ रहेको बारीमा अन्दाजी ४ महिनाको शिशुको भु्रण रातो कपडामा बेरेर गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोली घटनास्थलमै पुगी प्राररम्भिक अनुसन्धान गरेको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताउनुभयो । थप अनुसन्धानका लागि घटनास्थल नजिकै घर हुनुभएकी नेपालीलाई… पुरा पढौ

लेडिज भर्सनमा ‘यसपालिको तीज’

‘बाँच्नुपर्छ कोरोना जितेर लाउलाउ सारी पोहोरकै झिकेर एउटा फोटो खिच माछामाछो भ्यागुतो यसपालिको तीज’ यो गीत सार्वजनिक भएको वर्षदिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ । गत वर्ष गायक दुर्गेश थापाले गाएको –‘माछामाछो भ्यागुतो यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ । अघिल्यै वर्ष चर्चा कमाएको उक्त… पुरा पढौ