राष्ट्रिय समाचार

घुम्टे युवा परिवार जापान शाखाद्वारा संकलित राहत रकम परिवारलाइ हस्तान्तरण

कोभिड-१९ कोरोनाबाट अल्पायु निधन भएका गलकोट नगरपालिका वार्ड नम्बर ७ का स्वर्गीय भीमबहादुर थापाको परिवारलाई घुम्टे युवा परिवार जापान शाखाद्वारा संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थापाको मृत्युपछि परिवारमा रहेका एक छोरा एक छोरी र श्रीमतीलाई जीवन यापनमा सहजता होस भन्ने उद्देश्यले संकलित २१ लाख भन्दाबढि रकम बिहिबार परिवारलाई हस्तान्तरण गरिएको जापान शाखाका उपाध्यक्ष शिबु थापाले जानकारी दिए । जापान शाखाका साथै अन्य बिभिन्न अभियानबाट संकलित रकम वार्ड अध्यक्ष टिकाबहादुर थापा, स्थानीय राजनैतिक दलका… पुरा पढौ

टुङ्गिएन एनआरएनए नागोयाको विवाद, भएको सहमति किन मानिएन ?

एनआरएनए जापानको नागोया क्षेत्रीय समितिमा निर्वाचनको प्रक्रिया र त्यससँग जोडिएका विवादको समाधान हुनुको सट्टा झन जटिल र कठिन मोडमा पुगेको छ ।जुलाई १२ तारिकका दिन एसिया प्यासिफ़िक संयोजक गोविन्द श्रेष्ठ, उप संयोजक पारसमणि पोखरेल,एनआरएनएजापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव सरोज कंडेल र निवर्तमान संयोजक श्याम शितल सहितको बैठकले रुद्र मल्ल मनोजलाई संयोजक गंगा घर्तीमगरलाई संरक्षक र गठन भएका दुवै समितिकाहरुलाई समेटेर नया समिति बनाएर समस्या समाधान गरिएपनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै बुधबार मल्लले विज्ञप्ति जारी गरिएपछि विवादले… पुरा पढौ

इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्य गर्न एनआरएनए जापानमा मेरो उम्मेदवारी-केसी

जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको निर्मूलीकरण गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय गरि पिडित पक्षलाई सहयोग प्रदान गर्ने उद्देश्यले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि चन्द्रकुमारी केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्यमा आफू लागि रहेकोले अझ नेपाली समुदायसँग नजिक रहेर कार्य गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन ।सामाजिक क्रियाकलापमा सक्रिय केसी २०१३ बाट गैर आवासीय नेपाली संघ NRNA को सदस्य लिइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग… पुरा पढौ

टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप - २०२१ सफलता पूर्वक सम्पन्न भएको हो। खेलको आयोजना धरान एफसिले गरेको हो। प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए।सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक,वेनि एफ सि,एनएनएफसि,ओशाका व्रदर्श,काभ्रोलि समाज,कोवे युनाईटेड,एफ सि धरान वाईट सहभागी थिए। अन्य टिमहरुमा फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि… पुरा पढौ

देउवाले लिए प्रधानमन्त्रीको शपथः नियुक्तिको व्यहोरा फेरियो, ओली भए अनुपस्थित,पाँच सदस्यीय मन्त्रिपरिषद्

गृहमा खाण, अर्थमा शर्मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन्। नियुक्ति सम्बन्धी विवाद सुल्झिएपछि राति ८ बजेपछि शपथ भएको हो। ६ बजे नै शपथको कार्यक्रम तय भए पनि नियुक्ति सम्बन्धी पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै दुई घण्टाभन्दा ढिला भएको थियो। शितल निवासमा मंगलबार साँझ आयोजित कार्यक्रममा देउवाले ईश्वर, देश र जनताको नाममा सपथ लिएका हुन् । देउवालाई आजै राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको… पुरा पढौ

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं!!

यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र… पुरा पढौ

आदिकवि भानुभक्त आचार्यलाई भैरव अर्यालको चिठीको अंश

श्री भानुभक्त आचार्यनेपाली टोल,मृतात्मा एभेन्युअलकापुरी १८७१—१९२६ स्वर्गश्रद्धेय कविबाजे,उप्रान्त त्यहाँ बाजेलाई आरामै होला । बाँच्नुका दुःखले हाल तपाईलाई पिरोलेका नहोलान् भन्ने आशा राखेको छु । तपाईसँग धेरै कुरा गर्नु थियो, धेरै सल्लाह माग्नु थियो, धेरै अर्ती लिनु थियो, तर तपाईले मेरा बाजे पनि नजन्मँदै यो दुःखसार तरिसक्नुभएछ । रामगीता लेखेबापत स्वर्गै पुग्नुभयो होला र अलकापुरी खूब मन पर्ने हुनाले सोही शहरमा डेरा लिनुभयो होला………………….तपाईका आर्शीवादले मलाई यहाँ सन्चै छ । म अचेल तपाईको उही अलकापुरी कान्तिपुरीका नालभरी गल्लीमा मान्छे, कुकुर, कुखुरा,… पुरा पढौ

जापानले नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् । जापानले कोभ्याक्स कार्यक्रम अन्तर्गत अस्ट्राजेनेकाको खोप सहयोगस्वरुप दिने भएको हो । आज नेपालस्थित जापानी दूतावासले एक विज्ञप्ति निकाल्दै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउन लागिएको जानकारी दिएको हो । उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै… पुरा पढौ

आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ।  पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि… पुरा पढौ

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनर्स्थापित गरेको आदेशको पूर्ण पाठसहित

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए… पुरा पढौ