
एनआरएनए जापानको नागोया क्षेत्रीय समितिमा निर्वाचनको प्रक्रिया र त्यससँग जोडिएका विवादको समाधान हुनुको सट्टा झन जटिल र कठिन मोडमा पुगेको छ ।
जुलाई १२ तारिकका दिन एसिया प्यासिफ़िक संयोजक गोविन्द श्रेष्ठ, उप संयोजक पारसमणि पोखरेल,एनआरएनएजापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव सरोज कंडेल र निवर्तमान संयोजक श्याम शितल सहितको बैठकले रुद्र मल्ल मनोजलाई संयोजक गंगा घर्तीमगरलाई संरक्षक र गठन भएका दुवै समितिकाहरुलाई समेटेर नया समिति बनाएर समस्या समाधान गरिएपनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै बुधबार मल्लले विज्ञप्ति जारी गरिएपछि विवादले जटिल मोड लिएको हो ।

सरोकारवाला सबै पक्षसँग आवश्यक सल्लाह र छलफलपछि एनआरएनए एसिया प्यसिफ़िक क्षेत्रका उच्च पदाधिकारीसहितको बैठकबाट गरिएको निर्णयबाट समस्याको निकास भएको निर्णय सार्वजनिक भएपनि मल्ल पक्षले आफूहरुलाई स्व: अग्रज भनाउदाहरुले कसैसँग आवश्यक परामर्श नगरी विवादित व्यक्ति समावेश गरि जम्बो समिति बनाईएको र देख्दापनि अस्वाभाविक र लाजमर्दों भएकोले त्यो निर्णय कदापि मान्न नसकिने विज्ञप्तिमार्फ़त बताएका छन ।

यता नागोयाको विवादले गर्दा राष्ट्रिय समन्वय परिषद जापानको अधिवेशन र निर्वाचनमा समेत प्रत्यक्ष असर परिरहेकोले अब यो विवादमा नअल्झिइ दुवै समितिलाई भंग गरि ६ महिना भित्रमा निर्वाचन गर्ने गरि जानुपर्ने आवाज़ समेत उठन थालेको छ ।
रापस जापानको कार्यसमितिले समेत विवादास्पद निर्णय गरि एकपक्षीय रूपमा सार्वजनिक गरिएकोले पनि विवादको गाँठो झन कसिलो बन्न पुगेको यो घटनालाई नजिक बाट नियालिरहेकाहरू बताउछन ।
रापस जापानको अधिवेशन र निर्वाचनको अनुगमन गर्न गठित उच्चस्तरीय अनुगमन समितिले समेत यो विवादको निरूपणका लागि एक उपसमिति बनाई समाधानको प्रयास गरेपनि सफलता हात पार्न भने सकेन ।
१२ वटा क्षेत्रीय समिति रहेको जापानको एनआरएनएमा अन्य ११ वटामा सर्वसहमतिका आधारमा निर्वाचन सम्पन्न भै आफ्नो कार्य गरिरहेको भएपनि नागोयामा एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्नु, एकअर्का पक्षका बिचमा तेस्रो पक्षले आफ्नो स्वार्थपूर्तिका लागि बिचमा खेलेर समस्याको समाधान हुन नदिनु र अहमताको भावना विकसित भै जुगाको लड़ाईका कारण समस्या जेलिदै गएको जानकारहरुको बुझाई छ ।
राजनीतिक आग्रह र आगामी एनआरएनए राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषदका निर्वाचनलाई समेत केन्द्रमा राखेर छलफलहरु हुनाले पनि समस्याको निकास भन्दा विकास हुन पुगेको देखिन्छ । एनआरएनए संस्था विशुद्ध सामाजिक कार्य गर्नको लागि त्यसका समितिमा रहनु भन्दा पनि पदमा पुगेर आफूलाई ठूलो मान्छे देखाउने होडका कारण पनि विवादले निकास दिन नसकेको देखिछ ।
राजनीतिक आग्रह र आगामी एनआरएनए राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषदका निर्वाचनलाई समेत केन्द्रमा राखेर छलफलहरु हुनाले पनि समस्याको निकास भन्दा विकास हुन पुगेको देखिन्छ । एनआरएनए संस्था विशुद्ध सामाजिक कार्य गर्नको लागि त्यसका समितिमा रहनु भन्दा पनि पदमा पुगेर आफूलाई ठूलो मान्छे देखाउने होडका कारण पनि विवादले निकास दिन नसकेको देखिछ ।
निर्वाचनको प्रक्रियामा त्रुटि रहेको,बिधानका प्रावधानलाई केही मिचिएको, उपल्लो तहको निर्देशनको अवज्ञा गरिएको एक पक्षको कमजोरी देखिन्छ भने अर्को पक्षले बिधिवत समाधान खोजनुको सट्टा समानान्तर समिति गठन गरि गतिविधि गरिनु कमजोरीका रूपमा लिन सकिन्छ । सामाजिक संस्था विवादका लागि नभई समाज सेवामा आफूलाई प्रस्तुत गर्ने माध्यमको रूपमा लिनु पर्नेमा त्यसो नगरी बड़प्पन देखाउने माध्यम हुन पुगेकाले नागोयामा जस्ता समस्या समाधानमा व्यबधान सृजना भएको प्रश्ट छ ।अग्रजहरुको सम्मान गर्ने हाम्रो नेपाली संस्कारमा आएको स्खनलताले पनि यस्ता समस्या पछिल्ला दिनमा बढ्दै गएका हुन ।
संयोजक पदमा निर्वाचन समितिले निर्वाचित घोषणा गरेको मल्ल मनोजको उम्मेदवारी संस्थाको बिधानको परिच्छेद ८ को ५.४ र परिच्छेद १ को २.२७ बमोजिम योग्यता नपुगेको भन्दै अर्का समोजक पदका उम्मेदवार घर्ती मगर र खत्री सहित बिभिन्न पदका उम्मेदवारहरु निर्वाचन प्रक्रियाबाट बाहिरिए पनि निर्वाचन समितिले निर्वाचन गराएको थियो ।
नागोया क्षेत्रीय समितिको २०२० डिसेमबर १२ तारिकको बैठकले रिक्त उप समयोजक पदमा कार्यसमिति सदस्य मल्ललाई मनोनीत गरेको थियो । त्यसअघि मल्ल कार्यसमिति सदस्य रहेका थिए । उम्मेवारी प्रकाशन मिति २०२१ जुन ४ बाट फर्केर हेर्दा २०२०डिसेम्बर २०मा सदस्यबाट पदाधिकारीमा मनोनित भएका मल्लको एक वर्ष नपुगेको दाबी अर्को पक्षको रहेको छ ।
निर्वाचन समितिका आयुक्त विमल अधिकारीले निर्वाचनको प्रक्रियामा यस्ता उजुरी पर्नु सामान्य भएको भन्दै विषयलाई त्यही गम्भीर रूपमा नलिइ भन्नुभयो विधानको परिच्छेद १ को २.२७ मा “एक कार्यकाल भन्नाले पदमा नियुक्त र वा निर्वाचित भएर सोको शपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधिलाइ जनाउने छ” भनेर प्रष्ट उल्लेख गरिएकोले सोही बमोजिम निज प्रत्यासी मल्ल क्षेत्रीय समितिमा गत निर्वाचनमा निर्वाचित भएको हुदा ‘र’ र ‘वा’ भन्ने वाक्यांशले उम्मेदवारी बन्न बाधा नपुग्ने भएको हुदा सदर गरिएको हो ।
हुन त नागोयामा यस्तो लफडा नयाँ भने होईनन । केही वर्ष अघि मात्र एनआरएनए, जापानको निर्वाचनमा धाँदली भएको भन्दैं पुन : निर्वाचन गरिएको इतिहास छ। त्यस्तै एनआरएनएमा हुने यस्ता प्रतिस्पर्धा स्वच्छ नहुने जानकारहरु बताउँछन ।मनोजवम मल्ल एनआरएनए एशिया प्यासिफिकका उप- संयोजक पारशमणि पोखरेल र गंगा घर्तीमगर एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठको निकट रहेको चर्चा छ।