
त्यसै कसैलाई छि – छि भन्ने रहर हुँदैन । त्यस्का गतिविधीले उक्त शब्द उचारण गर्न बाध्य बनाउछ। त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला विश्वकै सभ्य मुलुकहरु मध्ये पर्ने जापानका छौं l जहा हामी कर्म गरिरहेक छौं र पनि हाम्रा गतिविधी भने सभ्य छैन । व्यक्ति मात्र नभई नेपालीका लागि भनेर स्थापना गरिएको संस्थाहरु भष्ट्रचारमा चुर्लुम्ब डुबेको देख्दा उदेक लागेर आउछ। अझ आफुलाई नेपाली साझा संस्था भनेर कहिलैं नथाक्ने एनआरएनए भित्रको गतिविधीले हरेक नेपालीको मुखबाट छि -छि भन्ने शब्द आएको छ । आफुलाई एनआरएनएका अभियन्ता घोषणा गर्नेहरु जापानमा अरु कुरा त छोडौं , संस्था अनि संस्थामा नेत्तृत्व गरेका महाशयहरुले हरेक ठाँउमा भष्ट्रचार गरेका छन्। यतिसम्म कि जापानमा दुर्घटना परेर मृत्यु भएकाहरुको परिवारलाई आएको राहत रकम पनि विचैंमा खानेहरु देख्दा छि – छि एनआरएनए नभनि कस्ले आहा एनआरएनए भन्न सक्ला र ?
एनआरएनए जापानमा स्थापना देखि अहिले सम्म भष्ट्रचार हुन रोकिएको छैन। जसका कारण व्यापक बिरोध आएपछि त्यस्का निम्ति छानबिन समिति बन्यो। नेपालीहरुको साझा संस्था भनेर दावी गरिएको एनआरएनए, जापानमा व्यापक भष्ट्रचार भयो भनि आबाज उठेपछि एनआरएनए आइसिसिद्वारा छानबिन गर्न समिति नै गठन गरिएको थियो।
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्को संयोजकत्वमा उच्चस्तरीय छानविन समितिले एनआरएनए जापानको बर्तमान कार्यसमिति लगायत पूर्व कार्यसमितिहरु र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गरेको थियो ।समितिले एनआरएनए जापानले सन् २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा,सन् २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा उजुरी रहेको वताईएको थियो।
लामो समयको प्रतिक्षापछि छानबिन समितिको प्रतिबेदन त आयो तर उक्त प्रतिबेदन ” हात्ती आयो , हात्ती आयो फुस्सा ” जस्तै भएको छ। किन कि प्रतिबेदनमा भष्ट्रचार, अनियमिता त भयो भनिएको छ। तर भष्ट्रचार अनि अनियमता कस्ले गर्यो भन्ने आट गरिएको छैन। यस्लाई जापानबासी नेपाली कसरी बुझ्ने गहन प्रश्न तेर्सिएको छ।
अझ आफुलाई नेपाली साझा संस्था भनेर कहिलैं नथाक्ने एनआरएनए भित्रको गतिविधीले हरेक नेपालीको मुखबाट छि -छि भन्ने शब्द आएको छ । आफुलाई एनआरएनएका अभियन्ता घोषणा गर्नेहरु जापानमा अरु कुरा त छोडौं , संस्था अनि संस्थामा नेत्तृत्व गरेका महाशयहरुले हरेक ठाँउमा भष्ट्रचार गरेका छन्।
एनआरएनए जापान भष्ट्रचार अनि अनियमितामा डुबेर आईसिसिद्वारा हस्ताक्षेपकारी भूमिका अन्तर्गत निर्वाचन अनुगमन समितिको निगरानीमा परेको अवस्था छ। अध्यक्षलाई हटाएर बरिष्ठ उपाध्यक्षलाई अधिवेशन सम्पन्न गर्नसम्मका लागी कार्यवहाक दिईएको छ। जादा जादैं पनि हालै सदस्यता बनेका र नविकरण गरेको सदस्यता रुजु गर्न ५ लाख ३२ हजार येन ज्याला भन्दैं भुक्तानी गरिएको छ। सामाजिक संस्थाका भोलिन्टियर गर्छु भनेर जाने , ज्याला भुक्तानी भनेर रकम निकासा गर्ने , को – को लाई भुक्तानी गरेको हो अत्तोपत्तो छैन। जिज्ञाषा राख्दा गएका वर्षहरुमा अहिलेको भन्दा डवल खर्च हुन्थ्यो रे ! लाजको पसारो । यी र यस्तैं दर्जनौं प्रकरणमा ओसाकामा हुन लागेको अधिवेशनमा हरेकले अवश्य जवाफ माग्ने छन्।
यतिवेला नयाँ नेत्तृत्वका लागी एनआरएनए जापानको अधिवेशन नजिकिदैं जादा जापानका यस सस्थाको नेतृत्व लागी ईच्छा जनाउनेहरूको चहल – पहल बढेको छ। एनआरएनए जापानको १०औं अभिवेशन सम्पन्न गर्नको लागी यसअघि नै निर्वाचन समितिको आयुक्तमा डा नेत्र प्रकाश भण्डारी, ऋषव पौडेल र गृष्मा पौडेल चयन भएका हुन्। बिवादका कारण गृष्मा पौडेलले भने राजिनामा दिएकी छिन्। जापानमा सन् २००४ मा स्थापना भएको एनआरएनएको १० औं अधिवेशन जुलाई २५ तारिक ओसाकामा आयोजना हुँदै छ। सदस्यताका लागी करिब १२ हजारले आवेदन दिएकोमा अहिले सम्म ९ हजार २ सय ७३ जनाको सदस्यता स्वीकृत भएको बताइएको छ। करिब १ लाख नेपालीको जनसख्या रहेको जापानमा १० प्रतिशत मात्र नेपालीले एनआरएनएको सदस्यता हुनुले पनि यसप्रति जापानमा नेपालीको भरोसा अनि विश्वाश कति छ भन्ने प्रष्ट हुन्छ।
पछिल्लो समय जापानमा एनआरएनएको नेता बन्नका लागि सामाजिक सञ्जाल रंगिएका छन्। भोट माग्नेको ताती नै देख्न सकिन्छ। आफुले जितेपछि सारा काम गर्ने ठेलि नै प्रस्तुत गरिएका छन्। थाहा छ , चुनाव जितेपछि केहि हुने बाला छैन। अन्त्यमा एनआरएनएमा अब जितेर आउनेलाई एउता मात्र अनुरोध छ-एनआरएनएमा गएर केहि काम गर्न नसके पनि तपाईहरुका गतिविधीले छि – छि एनआरएनए भन्न नपरोस ।
(लेखक नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्।)