अन्तराष्ट्रिय समन्वय परिषद,एसिया क्षेत्रीय समितिको उप संयोजक पदमा आफ़नो दाबी रहने उल्लेख गर्दै राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका ददिवल खड्काले सो उम्मेदवारी फिर्ता लिएका छन ।
हाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य खड्काले एनआरएनए जापानको बेतिथि अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे पनि यस अभियानमा लागेका अग्रजहरुको आग्रह, समकालीनहरुको सत्भाब तथा आफू भन्दा यस अभियानमा लामो योगदान गरेकाहरुलाई सहयोग़ पुर्याउनका लागि राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष पदको दाबी त्याग गर्दै एनआरएनएको एसिया क्षेत्रीय समितिको उप संयोजक (DRC)पदमा दाबी प्रस्तुत गरेको बताएका छन ।साथै आफ़नो उम्मेदवारी फिर्ताले एनआरएनए जापानमा सर्वसहमतिबाट नेतृत्व चयन होस भन्ने सदीक्षा आफूले राखेको खड्काले बताए ।
‘मेरो उम्मेदवारीप्रति सत्भाव व्यक्त गर्नुहुने प्रचारप्रसार गरेर सहयोग पुर्याउनु हुने, सहयोगको प्रतिबद्धता व्यक्त गर्नुहुने सम्पूर्णमा मेरो उम्मेदवारीको दौड़बाट पछि हट्दा पर्न गएको असुविधाप्रति कृतघ्न भएर माफी चाहंछु ।’ खड्काले भनेका छन- म सदा यहाँहरु कै साथमा रहिरहने र आगामी मेरा हरेक कार्यमा यस्तै माया ममता सत्भाव र सहयोगको अपेक्षा गर्दछु ।
जापानको आगामी कार्यकाल २०२१-२०२३ का लागि अध्यक्ष पदमा पाँच जनाको प्रतिस्पर्धा हुने भएको छ भने उम्मेदवारी दाबी गरेका खड्का र नारायण खड्काले आफ़नो उम्मेदवारी फिर्ता लिएका छन ।
अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य रहेका ददिवल खड्का र नारायण खड्काले उम्मेदवारी फिर्ता लिएपछि अब शिवप्रसाद पौडेल, अनिता लामा गुरुङ, किरण बर्मा, नरेन्द्रकुमार बस्नेत दिनेश र सरोज खत्रीले चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने भएका छन ।
त्यसैगरि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका बिष्णुप्रसाद सुबेदीले पनि आफ़नो उम्मेदवारी फिर्ता लिएपछि अब उपाध्यक्षमा ११ जनाले भिड्ने भएका छन । सह कोषाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी दर्ता भएकोमा बाबुराम खरेलले आफ्नो उम्मेदवारी फिर्ता भएपछि दिपक सुनार निर्विरोध भएका छन ।
अब निर्वाचनमा २९ पदको लागि पाँच जनाको निर्विरोध निर्वाचित भएपछि ५३ जना निर्वाचनको मैदानमा रहेका छन ।