घरेलु मदिरा सेवनबाट चार जनाको मृत्यु, दुइजनाको अवस्था चिन्ताजनक

-


     जनहित न्युज    
     श्रावण ५ गते २०७८


बागलुङ- बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा घरेलु मदिरा सेवन गरि त्यसको असरका कारण चार जनाको मृत्यु भएको छ ।

रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ‘मजदुरी गर्दै आएका १४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गए पछि बिरामी परेको देखिन्छ,’ डिएसपी हवारीले भने, ‘यसबारे हामी थप अनुसन्धान गरिरहेका छौ ।’

मल्म खानेपानीको आयोजनामा काम गर्ने कामदारले मदिरा सेवन गरि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल हटिया पठाएको र त्यहा उपचार हुन नसक्ने भनि बागलुङ लैजादै गर्दा ४ जानको बाटैमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार पछि थप उपचारको लागि पोखरा पठाईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ ।

गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा भद्र बहादुर थापाले संचालन गरेको मिलन किराना पसलमा लोकल मदिरा (रक्सी) सेवन गरेका रोल्पाका चार जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हवारीले जानकारी दिनुभयो । मिलन किराना पसलमा मल्मका भक्तबहादुर बलालले उत्पादन गरेको मदिरा सेवन गरेपछि विरामी भएपछि धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ उहाँले जानकारी दिनुभयो ।

‘१४ जनाको टोलीले मदिरा सेवन गरेको रहेछन्,’ प्रनाउ हवारीले भन्नुभयो–‘मदिरा सेवन गरेका मध्य ६ जना पसलबाट आफुहरु बस्ने तीन सय मिटरको दुरीमा जाँदै गर्दा विरामी भएपछि गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमकि उपचार गरि थप उपचारको लागि धौलागिरी अस्पतालमा ल्याएपछि उपचारको क्रममा चार जनाको मृत्यु भएको र दुई जनाको उपचार भइरहेको छ ।’

सँगै मदिरा सेवन गरेका १४ जना मध्य ८ जनाको अवस्था भने सामान्य रहेको छ । उनीहरु मल्ममा खानेपानी आयोजनामा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?