कसले बाजी मार्ला बागलुङ काँग्रेसको बागडोर?

-


     जनहित न्युज    
     श्रावण ६ गते २०७८


नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा जिल्ला तहमा पनि सभापतिका आकांक्षीहरुको कसरत सुरु भएको छ । अधिवेशनको सरगर्मीसँगै सभापतिका आकांक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन आफु निकट केन्द्रीयदेखि जिल्लासम्म नेता तथा कार्यकर्ताहरुलाई भेटघाटका कार्यक्रम बढाएका छन । वडा–वडाबाट आउने प्रतिनिधि आफ्नो पकड बनाउनका लागि सभापतिका आकांक्षीहरु दौडधुपमा छन । आकांक्षीहरु आफू निकट नेता तथा कार्यकर्तालाई भिन्न भिन्न तरिकाबाट परिचालन गरेका छन ।
जिल्लामा सभापतिका लागि वर्तमान सभापति दिपेन्द्र बहादुर थापा, महासमिति सदस्य तथा निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य आकांक्षी रहेको बताईएको छ ।
सभापतिका आकांक्षी थापा र आचार्य संस्थापन पक्ष अर्थात देउवा पक्षका मानिन्छन । भने उपाध्याय रामचन्द्र पौडेल कोईराला पक्षका एक्ला उम्मेदवार हुन । अर्का आकांक्षी पौडेल भने केन्द्रमा कृष्ण सिटौला समुहका नेता हुन भने जिल्लामा संस्थापन पक्षकै नेताहरु सँग नजिक रहेका छन ।
वर्तमान संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधीले आफू सभापतिमा लड्ने घोषणा सँगै जिल्लामा देउवा पक्षको पनि दुई समुह बन्ने देखिन्छ । पूर्व सभापति मणिभद्र शर्मा कंडेल, आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, पूर्व मन्त्री चम्पा खड्का र वर्तमान सभापति दिपेन्द्रबहादुर थापाहरु मध्ये कस्ले कुन लाईन लिने निधो भएको छैन तर भित्र भित्र आ–आफ्नै होडबाजी चलेको छ । अघिल्लो जिल्ला अधिवेशनको दोश्रो चरणमा कंडेलको समर्थनमा सभापति जितेका थापा र कँडेल बिच कसरी अगाडी बढ्ने विषयमा भित्री कुरा भईरहेको बताईएको छ ।
१३ औं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा पहिलो भएका उपाध्याय दोस्रो चरणको निर्वाचनमा अहिलेका पार्टी सभापति दिपेन्द्र बहादुर थापासँग पराजय भोग्नु प¥यो । पहिलो चरणमा निर्वाचनमा उपाध्याय पहिलो, थापा दोस्रो र अर्का उम्मेदवार मणिभद्र शर्मा कंडेल तेस्रो भएका थिए । काँग्रेसमा सभापतिका लागि ५१ प्रतिशत भोट ल्याउनुपर्ने विधानमै उल्लेख भएपछि पहिलो चरणमा कुनै पनि उम्मेदावारको ५१ प्रतिशत भोट पुगेन । दोस्रो चरणमा कंडेलले थापालाई समर्थन गरेपछि उपाध्यायले ३८ भोटले पराजय भोगेका थिए । यस पटक पनि प्रकाश पौडेलको समर्थन आफुलाई भएको उपाध्यायले बताउने गरेका छन् ।

“कार्यकर्ता र समयको मागः स्वभाविक उम्मेदवार” –जगदिशचन्द्र उपाध्याय

  • १३औं जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी
  • ३ पटक महासमिति सदस्य निर्वाचित
  • ४ पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित
  • २०३८ मा विद्यार्थी संघको सदस्य भई जनमत स्रगंहमा क्रियाशिल
  • २०४१ मा तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस हाल धौलागिरी बहुमुखी क्याम्पसको नेविसंघको ईकाइ उपसभापति
  • २०४३ देखी ०४९ मा नेविसंघको जिल्ला अध्यक्ष भई जिल्ला भर संगठन बिस्तार
  • २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा बरिष्ठ नेता रामचन्द्र पौडेल बागलुङ आएको बेला आन्दोलनकै क्रममा ५ महिना जेल जिवन
  • २०४७ मा नेविसंघको तेश्रो अधिवेशनबाट पुनः जिल्ला अध्यक्षमा निर्वाचित
  • २०४८ काँग्रेसको जिल्ला सदस्य नेपाल तरुण दलमा आवद्ध
  • २०५२ देखी २०५८ सम्म नेपाल तरुणदलको दुई कार्यकाल केन्द्रिय सदस्य केन्द्रिय प्रशिक्षण विभागको सदस्य भई देश दौडाहा
  • २०५८ देखी २०६७ सम्म जिल्ला समितिमा २ कार्यकाल सह–सचिव
  • २०६२/०६३ को आन्दोलनमा मोर्चाको नेतृत्व, प्रहरीद्वारा पटक–पटक गिरफ्तार डेढ महिना जेलजिवन
  • २०६७ मा जिल्ला उप–सभापति
  • २०६९ देखी २०७२ सम्म कार्यबाहक सभापतिको जिम्मेवारी

तरुण दलको केन्द्रिय सदस्य हुँदा उनले देशव्यापी आफ्नो राजनिति पहिचान बनाउन मौका पाएका उपाध्याय कार्यकर्ता माझ हक्की र सफल नेतृत्वकर्ताको रुपमा चिनिने गरेका छन् । उपाध्याय निवर्तमान सभापति प्रकाश शर्मा पौडेल संविधान सभा सदस्यको उम्मेदवारी भए पश्चात उपाध्यायले लामो समय कार्यबहाक सभापति भएर जिल्ला संगठनलाई मसिनो सँग अध्ययन गर्ने र पार्टी हाक्ने मौका पाए ।
उपाध्याय जिल्लामा रामचन्द्र पौडेल पक्षका एक मात्र उम्मेदवार हुन । उनलाई निवर्तमान सभापति प्रकाश शर्मा पौडेल, पुर्व सांसद निरबहादुर पुन निरजको साथ रहेको कार्यकर्ताहरु बताउँछन । उपाध्यायले यस पाली आफु सभापतिका निर्वाचनमा होमिएको र धेरै कार्यकर्ताको पनि साथ रहेको हुँदा सभापति बन्नेमा विश्वस्त रहेको बताउँछन । ‘म अघिल्लो महाधिवेशनको उपविजेता हुँ, त्यसकारण यस महाधिवेशनमा मेरो स्वत उम्मेदवारी नै हो । उपाध्यायले भने,– यस पटक कार्यकर्ताहरुको अनुरोध मै पार्टीको नेतृत्व सम्हाल्ने पालो स्वभाविक रुपमै हजुरको हो भनीरहेकाले उम्मेदवार बनेको छु ।
आफ्नो कार्यकालमा अन्य कुनै पनि लाभका पदका लागि मेरो उम्मेदवारी नरहने र सभापति बने पछि पुनः सोही पदमा उमेदवारी नरहने बताएका उपाध्यायले,–‘पार्टी सभापति भए पछि मेरो मुख्य उद्देश्य भनेकै पार्टीलाई चलयमान र संगठनलाई मदबुत बनाउने हो । यो अवधीमा प्रत्येक वडालाई सक्रिय बनाउनेछु । पाँच वर्षमा कम्तीमा आफ्नै कार्यालयबाट पार्टी सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

“परिस्थिती हेरेर उम्मेदवारीको निधो” – दिपेन्द्र बहादुर थापा

  • १३ औं महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित
  • २०३५ देखी नेविसंघका राजनितिमा सक्रिय
  • २०४३ धौलागिरी बहुमुखी क्याम्पसका नेविसंघको सक्रिय राजनिति
  • २०४९ सालमा साबिक रायडाँडा गाविसको अध्यक्षमा निर्वाचित
  • २०४२ को सत्याग्रहमा सहभागी
  • २०४३ शिक्षकको जागिर छाडेर काँग्रेसको सक्रिय राजनितिमा प्रवेश
  • २०४६ सालको आन्दोलनमा सक्रिय भुमिका
  • २०४७ तत्कालिन बागलुङका चार क्षेत्र मध्ये कुश्मिसेरा क्षेत्रका क्षत्रीय सभापति
  • २०४९ साल देखी २०७३ साल सम्म पार्टीको महासमिति सदस्य
  • २०५९ सालमा पार्टीको जिल्ला सचिव
  • २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भुमिका
  • २०६७ मा जिल्ला सभापतिका प्रत्यासी
  • २०७४ मा बागलुङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार

पार्टीको जिल्ला सचिव भए पश्चात निवर्तमान सभापति प्रकाश शर्मा पौडेल सँगै १२ औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार भए । त्यो बेला पौडेलले थापालाई पराजय गराए । आफु जिल्ला सभापति हारे पनि पार्टी भित्र झनै सक्रिय भएर कार्यकर्ता माझ थापाले आफ्नो भुमिका बढाउँदै गए । फलस्वरुप १३ औ महाधिवेशनमा काँग्रेस बागलुङको नेतृत्व समाल्ने मौका पाएका थापा पुनः सभापति बन्ने चर्चा चलेको छ ।
उनि आफ्नो कार्यकाल सफल भएको र कार्यकर्ताको चाहना अनुसार फेरी नेतृत्व लिनुपरेमा अगाडी बढ्ने बताउँछन । ‘यसपाली १२ औं र १३ औं महाधिवेशनमा जस्तो मैले मरिहरत्ते गर्ने छैन । थापाले भने,–‘परिस्थितिले पुन सभापति बन्नु प¥यो भन्ने कुरा आएमा नेतृत्व लिनका लागि कुनै कठिनाई छैन । म एक पटक लिई सकेको गाह्रो पनि छैन सहमतीमा चुनाव जित्ने आधार सहित साथीभाईले साथ दिएमा सभापतिको उम्मेदवार हुँ ।’
शेरबहादुर देउवा निकट मानिने थापा आफु भने कुनै नेता निकट नभएको बताउँछन । केन्द्रमा शेरबहादुर देउवा र विमलेन्द्र निधि दुवै सभापतिको आकक्षी भएको हुँदा यसमा पनि थापा को निकट भन्ने अझै नखुलेको कार्यकर्ता बताउँछन । यद्धपि उनले भने आफु कुनै पनि नेता निकटको नभएको दाबि गर्छन । म देउवा, पौडेल, निधी कुनै पक्षको हैन केबल काँग्रेसको सच्चा कार्यकता हो । पार्टीलाई एक बनाउनुपर्छ भन्ने मेरो धारणा हो ’थापासँगै संस्थापन पक्षबाट नै अन्य आकांक्षी पनि देखिएका छन ।

“युवाको पालोः गुट होइन रुख” -नवराज पौडेल

  • १३ औं महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित
  • २०४६ को जनआन्दोलनमा सक्रिय भुमिका बरिष्ठ नेता रामचन्द्र पौडेल सँग डेढ महिना जेल जिवन
  • २०४८ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा पढदै गर्दा पार्टीको आग्रहमा धौलागिरी बहुमुखी क्याम्पसमा आएर नेविसंघको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार
  • २०४९ नेविसंघको जिल्ला अध्यक्ष
  • २०४८ सालमा काँग्रेसको जिल्ला सदस्य
  • २०५१ देखी हाल सम्म हरेक अधिवेशनमा महाधिवेशन प्रतिनिधि
  • १२ औं महाधिवेशनमा जिल्ला सचिवको प्रत्यासी
  • २०७० दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. २ को प्रसार प्रसार समितिको संयोजक

विद्यार्थी राजनिति देखी नै सक्रिय भएर काम गरेका पौडेल पार्टीको जिल्ला सदस्य हुँदै १२ औं महाविधेशनमा जिल्ला सचिवको रुपमा उम्मेवार दिएका थिए । उनले स्व. हरि खड्का सँग पराजय भोग्नुपरेको थियो । १३ औं महाधिवेशनमा जगदिशचन्द्र उपाध्यायको प्यानलबाट सचिव भएका पौडेल अहिले उपाध्यायको समुहमा छैनन । १३ औं महाधिवेशनमा केन्द्रमा कृष्ण सिटौलालाई सभापतिमा मतदान गरेका पौडेल अहिले आफु कुनै गुटमा नरहेको र आफु संस्थापन पक्षमा रहेको बताउँछन ।
पौडेलले अबको पाटी नेतृत्व गुटलाई अन्त्य गरी युवाले गर्नुपर्ने बताए । ‘म स्वत सभापतिको उम्मेदवार हो, पौडेलले भने,– ‘विद्यार्थी राजनिति देखी नै नेतृत्व समाल्दै आँए अब पार्टीको नेतृत्व समालेर बागलुङ काँग्रेसमा जागरुक ल्याउनु छ । पौडेलले नेता कार्यकर्ताको साथ र मायाँले आफु सभापतिको उम्मेदवार भएको बताए ।

“बलियो पार्टी, जुझारु कार्यकर्ता निर्माण” -जगन्नाथ आचार्य

  • १२ र १३ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित
  • २०३६ मा जनमत संग्रहमा बहुदल पक्षमा जनमत निर्माण गर्न सक्रिय
  • २०४२ को सत्याग्रहमा संलग्न भै पाटी कार्यकर्ताहरुलाई पञ्चायत विरोधी आन्दोलनमा सक्रिय
  • २०४२ मा जिल्लाको साविक क्षेत्र नं. ३ मा नेविसंघको गठन
  • २०४६ सालको जनआन्दोलनमा सक्रिया भुमिका
  • २०४७ देखी ०५२ सम्म नेपाल शिक्षक संघको संस्थापक सदस्य
  • २०५० देखी ०५३ नेपाल शिक्षक संघको क्षेत्रीय अध्यक्ष तथा जिल्ला सल्लाहकार
  • २०५३ देखी ०६३ सम्म दुई कार्यकाल शिक्षक संघको जिल्ला अध्यक्ष
  • २०५९ देखी ०६५ नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष
  • २०६५ देखी ०७७ सम्म शिक्षक संघको सल्लाहकार र केन्द्रिय प्रतिनिधि
  • २०४८ मा नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रिय प्रतिनिधि तथा सल्लाकार
  • २०५८ देखी ०६५ सम्म नेपाल प्रेस युनियन बागलुङको जिल्ला सभापति
  •  २०६२/०६३ जन आन्दोलनमा उल्लेखनिय भुमिका
  • शिक्षकहरुको आन्दोलनको क्रममा महेन्द्र पुलिस क्लब काठमाडौंमा पटक पटक हिरासत

लामो समय देखी शिक्षण पेशामा संलग्न भै अवकाश भएर बसेका आचार्य काँग्रेस भित्र एक प्रभावशाली नेताको रुपमा चिनिन्छन । शिक्षण पेशामा रहँदा साविक क्षेत्र नं. ३ मा विद्यार्थी र काँग्रेसहरुको संगठन निर्माणमा भुमिगत रुपमा संलग्नता रहेको थियो ।
जिल्लाको सुदुर क्षेत्र मानिने बुर्तिवाङ क्षेत्रमा ८ वर्ष प्रधानाध्यापक बनेका आचार्य गण्डकी प्रदेशकै पुरानो विद्यालय विद्यामन्दीर मावीमा करिब ४ वर्ष प्रधानाध्यापक भई शैक्षिक क्षेत्रको विकास उत्कृष्ट कार्य सम्पादन गरेका थिए । उनको नेतृत्वमै बुर्तिवाङ क्षेत्रमा उच्च शिक्षाको लागि क्याम्पस स्थापनामा विशेष पहल गरेका थिए ।
संगठनमा जुझारु एवं निष्ठावान कार्यकर्ता भएनन भने पार्टी कमजोर हुने भएकाले जुझारु कार्यकर्ता तयार र संरक्षणका लागि आफूले उम्मेदवारी दिन लागेको आचार्यले बताए । “गुट र फुटले पार्टीमा प्रश्रय पाएकाले यसको अन्त्य गर्दै नेपाली काँग्रेसलाई बलियो पार्टी बनाउँदै संस्थागत रुपमा विकास गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

आचार्य आफुले सवै संघ संस्थाको नेतृत्व समालि सकेको र अब पार्टीको नेतृत्व समाल्नका लागि आफ्नो उम्मेदवारी सभापतिमा भएको बताउँछन । विभिन्न संघ संस्था र पार्टी भित्रका संगठनमा नेतृत्वमा समालि सकेको छु । आचार्यले भने, म सँग लामो अनुभव पनि छ । नारायण रिजालको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?