प्रधानमन्त्री हुनको लागि लोक सेवा आयोगमा अन्तर्वार्ता दिन पुगेको रहेंछु । अन्तर्वार्ता शाखामा सम्पर्क गर्नु भन्ने सूचना अनुसार सरासर शाखामा गएँ ।
अगाडिको कुर्सीमा उपसचिव र छेउका सोफामा अन्य ४ जना (उहाँहरु म जस्तै अन्तर्वार्ता दिने उम्मेद्वार) बस्नु भएको रहेछ । उहाँहहरु मध्ये मैले चिनेका कोही पनि हुनुहुँदो रहेनछ । चारैजना फरक फरक पोशाकमा हुनुहुँदो रहेछ म मात्र राष्ट्रिय पोशाक लगाउने परेंछु । एकजना कर्मचारीले फाराममा हस्ताक्षर गराउँदै हुनुहुन्थ्यो । बर्णानुक्रम अनुसार भएकोले मेरो नाम अन्तिममा थियो ।
सबैले आआफ्नो हस्ताक्षर गरिसकेपछि उपसचिवले एकअर्का बीच परिचय गर्न भन्नुहुन्छ । उहाँले आफ्नो परिचय गर्दै नाम ब्रम्हज्ञानी सर्बश्रेष्ठ बताउनु हुन्छ ।
पहिलो साथीले आफ्नो नाम सत्यमणि सदानन्द र आफु नेपाल भ्रष्टाचार प्रबर्धन पार्टी सम्बद्ध रहेको बताउनु हुन्छ । दोस्रो साथी एकीकृत माफिया गणतन्त्र पार्टी नेपाल सम्बद्ध भूमिपति पाध्या हुनुहुँदो रहेछ । तेस्रो साथीको नाम रहेछ देशभक्त प्रसाद महामण्डलेश्वर र उहाँ नेपाल तस्करी विस्तार तथा सम्बर्धन पार्टी सम्बद्ध हुनुहँदो रहेछ । चौथो साथीको नाम रहेछ मध्यस्थ बहादुर नेपाली र उहाँ विचौलिया पार्टी नेपाल सम्बद्ध हुनुहुँदो रहेछ ।
मेरो पालो आउँछ । म चाहिँ आफ्नो नाम मात्र बताउँछु । उपसचिवले तपाइँको पार्टीको नाम पनि जान्न पाए हुन्थ्यो भन्नु हुन्छ । म कुनै पार्टी सम्बद्ध थिइँन (फारामको पार्टीको नाम भर्नु पर्ने महलमा पनि मैले खालि राखेको थिएँ) तर सोधेपछि भन्नै पर्यो भनेर फ्याट्ट नेपाल सदाचार विकास पार्टी भन्दिन्छु । साथीहरु गलल्ल हाँस्नुहुन्छ । उपसचिवले किन हाँस्नुभा भनेर सोध्दा एकजना साथीले नेपालमा सदाचार विकास पार्टीको नाम अनौठो लाग्यो अनि हाँस्या भनेर जवाफ दिनुहुन्छ । (उपसचिवले मैले भरेको फाराममा केही लेख्नुहुन्छ । शायद पार्टीको नाम भन्ने महलमा भरेको हुनसक्छ ।)
यत्तिकैमा अध्यक्षज्यूकोबाट बोलावट हुन्छ । उतै गएर तोकिएको प्रतीक्षास्थलमा बसिन्छ ।
पहिलो साथीले आफ्नो नाम सत्यमणि सदानन्द र आफु नेपाल भ्रष्टाचार प्रबर्धन पार्टी सम्बद्ध रहेको बताउनु हुन्छ । दोस्रो साथी एकीकृत माफिया गणतन्त्र पार्टी नेपाल सम्बद्ध भूमिपति पाध्या हुनुहुँदो रहेछ । तेस्रो साथीको नाम रहेछ देशभक्त प्रसाद महामण्डलेश्वर र उहाँ नेपाल तस्करी विस्तार तथा सम्बर्धन पार्टी सम्बद्ध हुनुहँदो रहेछ । चौथो साथीको नाम रहेछ मध्यस्थ बहादुर नेपाली र उहाँ विचौलिया पार्टी नेपाल सम्बद्ध हुनुहुँदो रहेछ ।
बर्णानुक्रम अनुसार पहिले देशभक्त प्रसाद महामण्डलेश्वरजी अन्तर्वार्ताका लागि भित्र जानुहुन्छ र १० मिनट पछि बाहिर निस्कनुहुन्छ । अरु साथीहरुले के सोध्दो रहेछ भनेर जिज्ञासा राख्नुहुन्छ । उहाँ पसिना पसिना भएर निस्केको देख्ता मलाई चाहिँ लाग्छ अन्तर्वार्ता निकै कडा हुने रहेछ । उहाँ तस्करी सम्बद्ध पार्टीको भएको तर एउटै पनि प्रश्न तस्करी सम्बन्धी नसोधिएको भनी निराश हुनु भएको बुझियो ।
पालैसाथ अन्य साथीहरु पनि भित्र जानुहुन्छ र लगभग १० मिनटमा बाहिरिनु हुन्छ । अरु साथीहरु पनि आफ्नो पार्टीसँग सम्बन्धित प्रश्न नसोधिएको भनेर निराश नै देखिनु हुन्छ । सबैको अनुहार पढ्दा लाग्यो कि अन्तर्वार्ता गारो रहेछ । मलाई चाहिँ अर्को पनि अचम्म लाग्छ १० मिनटमा पसिना आउने गरी कस्तो अन्तर्वार्ता हुँदो हो ! कतै कुस्ति नै खेल्नु पर्ने त होइन !
मेरो पालो आउँछ । भित्रबाट बोलावट हुन्छ । ढोका खोलेर भित्र पस्छु अनि ढोका बन्द गर्छु । त्यसपछि सबैलाई नमस्कार गर्छु । अध्यक्षले बिच भागमा राखिएको कुर्सीतिर संकेत गर्दै बस्न भन्नु हुन्छ । अध्यक्ष आफ्नै कुर्सीमा अगाडिपट्टि र दायाँपट्टि २ जना तथा बायाँपट्टि ३ जना सदस्यहरु (शायद एकजना चैं विज्ञ सदस्य हुनुपर्छ) सोफामा बस्नु भएको रहेछ ।
अध्यक्ष र तीनजनाले दौरा सुरुवाल कोट टोपीसहितको राष्ट्रिय पोशाक र एकजना महिलाले साडी चोलो सहितको पोशाक लाउनु भएको रहेछ । तर अर्को एकजना भने टी सर्ट र प्यान्टमा हुनुहुन्थ्यो । मैले सबैको अनुहार हेरें, कसैलाई पनि चिन्न सकिन ।
१ अन्तर्वार्ताको शुरुवात
अध्यक्षले मेरो नाम लिंदै स्वागत गर्नु भयो र आफ्नो संक्षिप्त परिचय दिन भन्नु भयो । मैले नाम, जन्मस्थान, शैक्षिक योग्यता, अनुभव र आफ्नो रुचिको विषय संक्षिप्त रुपमा प्रस्तुत गरें (मेरो सतर्कवाला बसाइ र उत्तर दिंदा अलि हडबड गरेको ठानेर होला अध्यक्षले सजिलोसँग बस्न र निर्धक्क जवाफ दिन सुझाव दिनुहुन्छ । मलाई अलि सहज भएजस्तो हुन्छ । त्यसपछि अध्यक्ष Climate Setting सेसन पो गरौं क्यारे भन्नुहुन्छ) ।
२ घुलमिलको वातावरण निर्माण (Climate Setting) सेसन
अध्यक्ष : अव भन्नुहोस् त तपाइँ के को लागि अन्तर्वार्ता दिन आउनु भएको हो रे ?
म: (केही क्षण अल्मलिंदै) आयोगले गरेको विज्ञापन अनुसार म प्रधानमन्त्रीको पदको लागि अन्तर्वार्ता दिन आएको नि हजुर ।
(सबै सदस्य गलल्ल हाँस्नु हुन्छ)
अध्यक्ष : तपाइँ निकै पढे लेखेको हुनुहुँदो रहेछ । प्रशासनमा पनि लामो अनुभव रहेछ । हाम्रो देशमा त प्रधानमन्त्री, मन्त्री हुन धेरै पढाइ लेखाइ चाहिंदैन त । यस्तो व्यक्तिले कसरी प्रधानमन्त्री चलाउनु हुन्छ ?
म : (म पनि ठट्टाकै शैलीमा) डा बाबुराम भट्टराईले त चलाउनु भएको थियो । म त उहाँ भन्दा अलि योग्य हुँ नि हजुर । त्यसैले चलाउन सक्छु ।
(सबै सदस्य फरि गलल्ल हाँस्नु हुन्छ)
अध्यक्ष : ठिक भन्नु भयो । तपाइँले ३।३ विषयमा स्नातकोत्तर गर्नु भएको रहेछ । पी एच डी गर्नु भएका डा भट्टराई भन्दा केही योग्य नै मान्नु पर्छ । तपाइँको ब्याचलर डिग्रीभन्दा तलको योग्यता भएको भए अझ राम्रो हुने थियो । हामीले विज्ञापन गर्दा तोकिएअनुसार आठ पासे नै भइदिएको भए उत्तम हुन्थ्यो ।
(फेरि सबैको हाँसो)
म पनि ठट्टाकै शैलीमा) डा बाबुराम भट्टराईले त चलाउनु भएको थियो । म त उहाँ भन्दा अलि योग्य हुँ नि हजुर । त्यसैले चलाउन सक्छु ।
(सबै सदस्य फरि गलल्ल हाँस्नु हुन्छ)
विज्ञ सदस्य : तपाइँ कुनै राजनीतिक दलको नेता त होइन । राजनीति थाहा नभएको व्यक्तिले कसरी प्रधानमन्त्री चलाउनु हुन्छ ?
म : हो हजुर म कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता होइन । त्यसैले राजनीतिप्रति मेरो ज्ञान र अनुभव छैन । तर शासकीय नीति र व्यवस्थापनमा म सफल हुन सक्छु भन्ने विश्वास छ (यही बिचमा अध्यक्षले उहाँ त नेपाल सदाचार विकास पार्टी सम्बद्ध हुनु हुँदो रहेछ भनिदिनु हुन्छ । शायद अन्तर्वार्ता शाखाको उपसचिवले मेरो फाराममा जनाइ सकेका रहेछन् ।)
विज्ञ सदस्य : प्रधानमन्त्री त राजनीतिक पद होइन र ?
म : प्रधानमन्त्री शासकीय पद हो । सो पदमा राजनीतिक दलको नेता वा कार्यकर्ता आउन सक्छ । तर सो पदमा बसेपछि ऊ शासकीय प्रबन्धक हुन्छ । उसले दलको काम नभएर शासकीय प्रबन्धमा ध्यान दिनुपर्ने हुन्छ । नेपालमा अहिलेसम्मका प्रधानमन्त्री शासकीय प्रबन्धमा सफल हुन सकेनन् । हाम्रो देशका राजनीतिक नेता तथा कार्यकर्ता संघर्ष, युद्ध र आन्दोलन गर्नमा पारङ्गत छन् । राज्य संयन्त्रका सबै क्षेत्रमा दलगत राजनीति घुसाउन पनि सफल भएको देखिन्छ । सत्ताको आडमा लगानी विनाको ब्यापार गर्न पनि माहिर नै रहेछन् । तर शासकीय व्यवस्थापनमा उनिहरु कमजोर देखिन्छन् ।
त्यसैले म प्रधानमन्त्री भएँ भने यी संघर्षशिल नेता तथा कार्यकर्तालाई तानाशाही व्यवस्था भएका देशहरुमा प्रजातन्त्र पुनर्स्थापनाको लागि आन्दोलन गर्न पठाउने र उनिहरु मार्फत विदेशी मुद्रा आर्जन गर्ने नीति अख्तियार गर्ने सोचमा छु । नेता र कार्यकर्ता पनि ठूलो रकम आउँछ भनेपछि खुशीसाथ जान्छन् भन्ने मेरो अनुमान छ ।
(फेरि एकैसाथ सबैको हाँसो)
३ विषय केन्द्रित सेसन
अध्यक्ष : तपाइँ प्रधानमन्त्रीमा नियुक्त हुनु भयो भने तपाइँका प्राथमिकता के हुनेछन् बताइदिनु होस् न ।
म : मेरो पहिलो प्राथमिकता देशमा सदाचार पद्धतिको विकासको लागि आधारशिला निर्माण गर्ने हुनेछ ।
दोस्रो, भ्रष्टाचार र अनियमिताको नियन्त्रण गर्नु हुनेछ
तेस्रो, सार्वजनिक प्रशासनमा सुधार गर्ने कार्य हुनेछ ।
चौथो, आर्थिक समृद्धि हासिल गर्ने हुनेछ ।
पाँचौं, विपन्न वर्ग र क्षेत्रको स्तरोन्नति तथा रोजगारी अभिबृद्धि गर्ने विषय हुनेछन् ।
छैटौं, गुणस्तरीय पूर्वाधारको विकास गर्ने हुनेछ ।
त्यसपछि विज्ञ र अन्य सदस्हरुले यिनै विषयमा केन्द्रित भएर मेरो अधिकांश समय लिनु भयो । मैले पनि विस्तृत रुपमा व्याख्यासहित अन्तर्वार्ता दिएँ ।
मेरो पहिलो प्राथमिकता देशमा सदाचार पद्धतिको विकासको लागि आधारशिला निर्माण गर्ने हुनेछ ।
दोस्रो, भ्रष्टाचार र अनियमिताको नियन्त्रण गर्नु हुनेछ
तेस्रो, सार्वजनिक प्रशासनमा सुधार गर्ने कार्य हुनेछ ।
चौथो, आर्थिक समृद्धि हासिल गर्ने हुनेछ ।
पाँचौं, विपन्न वर्ग र क्षेत्रको स्तरोन्नति तथा रोजगारी अभिबृद्धि गर्ने विषय हुनेछन् ।
छैटौं, गुणस्तरीय पूर्वाधारको विकास गर्ने हुनेछ ।
यी विषय बाहेक सदस्यहरुले सोध्नु भएका मुख्य विषयहरुमा-
मन्त्रीहरुको संख्या र मन्त्रीको योग्यता र विज्ञताको विषय,
सल्लाहकारको झुण्ड र तथाकथित विज्ञहरुको नियुक्ति, तिनले प्रशासनयन्त्रमा सिर्जना गर्ने आतङ्कको नियन्त्रण गर्ने विषय,
आसेपासेबाट हुने सरकारी साधनस्रोतको दुरुपयोग रोक्ने विषय,
माफिया, तस्कर र विचौलियाको विगविगी रोकथाम गर्ने विषय,
संवैधानिक निकाय लगायत राज्य संयन्त्रका विभिन्न क्षेत्रहरुमा हुने दलगत राजनीतिक हस्तक्षेपको रोकथाम गर्ने विषय आदि मुख्य थिए ।
मैले यी सबै विषयमा आफ्नो धारणा सहज किसिमले राख्ने अवसर पाएँ ।
लोकसेवा आयोगको निष्पक्षताप्रति विश्वास गर्ने मेरो लागि अन्तर्वार्ता अविस्मरणीय रह्यो भनेर मनमनै मख्ख पर्दै थिएँ ।
अध्यक्षले धन्यवाद र शुभकामना दिंदै अन्तर्वार्ता सकिएको जानकारी गराउनु भयो ।
म उठेर सबैलाई नमस्कार गरेर बाहिर निस्कन ढोकातिर जान खोज्छु त ढोकै देख्तिन । पछाडि फर्केर हेर्छु कोठामा कोही पनि हुनुहुन्न रहेछ ।
अचम्म लाग्यो ।
झल्यास्स ब्युझें ।
बिहानको ४ बजेको रहेछ ।