गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक घर्तीमगर सरकारमा जाने निश्चित भएको हो ।
सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा बराल, कृषिमा बुढा र वन तथा वातावरणमा घर्तीमगर जाने गरी सहमति जुटेको छ ।
माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।
उनीहरूको सपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो ।
अहिले गण्डकीमा कुमार खड्काले शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक विकास, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् । अब कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि गण्डकी सरकारले पूर्णता पाउनेछ ।
कांग्रेसले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन उद्याेग, वाणिज्य तथा आपूर्ती र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाउने भएकाे छ ।
६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।