सामान्य अर्थमा कुनै पनि नयां ज्ञान, सिप वा यन्त्र चलाउन सिकाउने व्यक्तिलाई गुरु भन्ने शब्दले सम्बोधन गरेको पाइन्छ । हाम्रो पुर्विय मान्यता अनुसार माता पितालाई पनि प्रथम गुरु मानी सम्मान गर्ने गरिन्छ । कुनै पनि व्यक्तिको समग्र व्यक्तित्व विकास र सफलतामा गुरुको योगदानलाई हेर्ने हो भने यसको अर्थ र क्षेत्र व्यापक रहेको पाइन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । आङ्खना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने व्यक्ति नै गुरु हो ।
अज्ञानता र सही चेतनाका अभावले दोधारमा परेका व्यक्तिले संसारमा विभिन्न चुनौतिको सामना गर्नु पर्दछ । तसर्थ व्यक्तिलाई व्यवस्थित, मर्यादित तवरले ज्ञान प्राप्ति गर्न र चुनौतिको सामना गर्दै लक्ष्य प्राप्तिका लागि सही र योग्य गुरुको आवस्यकता पर्दछ ।
गुरूप्रतिको आस्था, विश्वास, श्रद्धा र सम्मानले मानिसमा उच्च संस्कार र मर्यादित जीवन शैलिको विकास हुन्छ । अर्को तर्फ कुनै पनि व्यक्ति गुरु हुन निस्चित ज्ञान, सिपले युक्त, नैतिक आचरण र अनुकरणीय व्यक्तित्व भएको व्यक्ति हुनु पर्दछ । त्यसैले गुरुलाई त्रीदेव (ब्रह्मा, विष्णु, महेश्वर) समान मानिएको छ । उच्च ज्ञान, सांधना र तपोवलले युक्त भएर समाजसेवा गर्ने, समाजमा बौद्धिक स्तर उच्च बनाउन, अन्ध परम्परा नष्ट गर्न, विकाश तथा प्रगतिशीलता तर्फ शिष्यहरुलाई सदैव प्ररित गर्ने व्यक्तित्व नै सर्बपूजित् गुरु मानिन्छ ।
नेपालको सामाजिक—सांस्कृतिक इतिहासमा विभिन्न समयमा महान गुरुहरुले देशका विभिन्न स्थानमा जन्म लिई आफ्नो तपोवल, कठोर साधना र उच्च आध्यात्मिक ज्ञानका माध्यमले समाजका भेदभावपूर्ण र हानिकारक बानी—व्यवहारहरु हटाउने अभियान चलाएर उल्लेखनीय योगदान दिएका छन् । सर्वसाधारणमा शिक्षाको पहूंच पु¥याउने कुरामा पनि त्यस्ता गुरुहरुको ठूलो योगदान पाइन्छ । गुरु फाल्गुणानन्द, गुरु गोरखनाथ, गुरु भवन्तनाथ, सन्त ज्ञानदिलदास, वालागुरु षडानन्द, योगमाया न्यौपानेलाई उदाहरणका रुपमा लिन सकिन्छ । विसौं सताव्दीको उत्तरार्धमा पूर्वि नेपालको इलाम जिल्ला अन्तरगत मेहेलबोटेमा जन्मेका एक सन्त “गुरुजी मंगलदास” (वि.सं. १९५३—२०४२) नेपाली समाजमा वन्दनीय गुरुका रुपमा स्थापित व्यक्तित्व हुन ।
सर्व धर्म समभावलाई प्रवद्र्धन गर्ने श्रीनिजानन्द सम्प्रदायका (श्रीकृष्ण प्रणामी) अनुयायी गुरुजी मंगलदासले नेपालमा सामाजिक जागरणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन् । यस अतुलनीय योगदानको कदरस्वरुप नेपाल सरकारले वि सं २०५५ मा महान विभुति घोषित गर्दै संस्मरणत्मक हुलाक टिकट पनि प्रकाशित गरेको छ ।
भारतका विभिन्न स्थानमा अध्ययन, साधना र हरिद्वारमा कठोर तपस्याको फलस्वरुप दिव्यज्ञान प्राप्ति पछि मंगलदासले आजिवन व्रह्मचर्यमा रहेर नेपाली समाजमा व्यप्त कुरिति, जातीय तथा लैंगिक, भेदभाव ग्रस्त समाजलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कार्यमा जीवन समर्पण गरेका थिए । वि सं. १९९२ मा यही सोचका साथ नेपालमा आई उनले काठमाण्डौ लगायत विभिन्न ठाउंमा समाज सुधारका कार्य सुरु गर्ने प्रयत्न गरेका थिए । तर उक्त समयमा रुढिवाद र भेदभावकारी सामाजिक व्यवस्थालाई धर्मका रुपमा मानी शासन गर्ने राणा शासक तथा स्थानीय धार्मिक नेतृत्वको विरोधले गर्दा उनले पूर्वोत्तर भारतको कालिम्पोङ्गमा आफ्नो मूकाम कायम गरी नेपाल, भारत तथा भूटानका सयौं स्थानमा, अनाथालय, मन्दिर, गौसाला, विद्यालय, महाविद्यालय, संस्कृत पाठशाला, औषधालय आदि स्थापना गर्दै सामाजिक—सांस्कृतिक परिवर्तनका अभियान सञ्चालन गरेका थिए ।
उच्च ज्ञान , निस्कलंक चरित्र, सांधना र तपोवलबाट खारिएको व्यक्तित्व हुंदाहुंदै पनि आफूलाई एउटा साधारण सेवकको रुपमा उभ्याउदै समाज सेवामा समर्पित हुने गुणले नै उनलाई सबैको गुरुजीका रुपमा स्थापित गरेको छ ।
समृद्ध समाजको निर्माणमा महिला शिक्षाको महत्वलाई हृदयंगम गर्दै मंगलदासकै अगुवाइमा नेपाली समाजका विपन्न परिवारहरुर्लाइ लक्षित गरी वि.सं. २०१७ मा कालिम्पोङ्गमा आवासीय वालिका आश्रम र विद्यालयको स्थापना गरिएको हो । यी आश्रमबाट दिक्ष्ँित ती अनाथ वालिकाहरु हाल नेपाल, भारत तथा विदेशका विभिन्न स्थानमा स्वरोजगार एवं संघ संस्था तथा निकायमा समेत मर्यादित र विशिष्ट ओहदामा कार्यरत छन् ।
सन्त मंगलदासले मानव समाजमा हिंसा, विभेद, हेपाई बढाउने संस्कार र प्रचलन हटाउदै शान्ति, समानता र सम्मानको संस्कार प्रवद्र्धन गर्न वाल्यावस्थादेखिनै सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने हेतुले पूर्वी नेपालका गाउं गाउंमा सामुदायिक संस्था स्थापना गरी साप्ताहिक, मासिक भेलाहरु आयोजना गर्ने कार्य सुरु गरिए । यस्ता भेलाको माध्यमबाट अध्यात्मिक ज्ञानका साथै व्यक्तित्व विकासमा लागि चाहिने नैतिक शिक्षा, बक्तृत्वकलाको विकास, समाजसेवाको भावनाको विकास गर्ने चलनको सुरुवात गरियो । यसरी सुरु गरिएको चलन पूर्वी नेपालको झापा, मोरंग, इलामका साथै भारतका सयौ स्थानमा अहिले पनि निरन्तर चलिरहेको छन् ।
सन्त मंगलदासमा आफूले प्राप्त ज्ञानलाई केवल शिष्यहरुलाई प्रदान गर्ने मात्र होइन अपितु त्यसको प्रयोगबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने कुरामा सदैव उत्प्रेरित गरिरहने प्रवृत्ति थियो । यस्ता कार्यले गर्दा त्यहांबाट उत्पादित व्यक्तिहरुले विश्व श्रमबजार तथा समाजमा केवल सिपको क्षेत्रमा मात्र होइन नैतिक चरित्र, इमान्दारिता र आपसी सम्मानका व्यवहारमा पनि उदाहरणीय काम गरेका छन् ।
सर्व प्रथम मानिसको चस्मा (दृष्टिकोण) ठीक हुनु पर्दछ र मात्र ठीक विश्लेषण र ठीक निर्णय गर्न सकिन्छ भन्ने मान्यता राख्ने महान सन्त मंगलदासको अगुवाइमा सदीयौं देखि नेपाली समाजमा जरा गाडेको जातीय तथा लैंगिक विभेदकारि चिन्तन, पशुवली लगायतका संस्कारहरु, युवाहरुमा बडदै गएको कुलत र दुव्र्यसन आदिको जरा उखेलेर मात्र सभ्य मानव समाजको स्थापना गर्न सकिन्छ भन्ने कुरालाई अभियानकै रुपमा सञ्चालन गरिएका थिए । यस्ता अभियान आजको नेपाली सामाजिक सास्ंकृतिक परिवेशमा त्यक्तिकै सान्दर्भिक देखिन्छ ।
ज्ञान, भक्ति र सेवालाई मानव जीवनको मोक्ष प्राप्तिका निर्विकल्प सांधनका रुपमा लिएका सन्त मंगलदासमा मानव लगायत कुनै पनि प्राणी दुःखित देखिए आफंैलाई दःुख परेको सम्झी तत्कालै सहयोग गर्ने प्रवृत्ति थियो । त्यस पछि उसलाई साधारण अवस्थामा आई समाजको मूल प्रवाहमा आउन आवस्यक सेवा पुयाउने कुरामै केन्द्रित भएर उनले अनाथालय मात्र सञ्चालन नगरेर त्यहां हुर्किएका वालवालिकालाई उन्नत र सभ्य मानव समाजमा मर्यादित जीवन विताउन सक्षम बनाउने समेत कार्य गरेका छन् । यस अन्तरगत लाभान्वीत भएका व्यक्तिहरु हाल नेपाल, भारत लगायत युरोप, अमेरिका, अष्ट्रेलिया सम्म छरिएर विभिन्न पेशा व्यवसायमा सक्षम व्यक्तित्वका रुपमा स्थापित भएका छन् । सन्त मंगलदासबाट गरिएको भारतको कच्छमा अकाल पिढितको लागि सहयोग, पहाडी क्षेत्रमा बाढि पहिरो प्रभावितलाई सहयोग आदि पनि यसका अन्य उदाहरणका रुपमा लिन सकिन्छ ।
वर्तमान परिवेशमा सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्ने हो भने सन्त मंगलदासका कार्यबाट पाइएका उपलव्धी प्रचार प्रसार गर्नु अति आवश्यक देखिन्छ । यस्ता विभूतिका जीवनी पाठ्यक्रममा समावेस गर्ने र वालवालिकाहरुलाई सानै उमेर देखि समाज सेवा, समानता, भाइचारा तथा आपसी सम्मानलाई व्यवहारमा उतार्ने व्यक्तित्व विकासमा लगाउनु नै यस्ता गुरुहरु प्रतिको सच्चा श्रद्धा र सम्मान हुने छ । यस वर्षको गुरु पूर्णिमाको अवसरमा परम वन्दनीय गुरुजी मंगलदास प्रति सत्सत् नमन् गर्दै गुरुजीको सामाजिक जागरण र सेवाका कार्य नेपाली समाजमा फैलिरहोस् भन्ने कामना गरौं । जय गुरुदेव । Email:- bedsapkota@gmail.com