
सोमबार दिउँसो कम्पनीमा काम गर्दा अलिक असहज जस्तो महसुस भयो । संगै काम गर्ने केही नेपाली अनि जापानीज साथीहरु त केही दिन अगाडि देखिनै कोरोना पोजिटिभ देखिएर सेल्फ आइशोलेसनमा बसिरहनुभएको थियो । मैले काम गर्ने कम्पनिमा साथीहरु संगै नजिक बसेर काम गर्नुपर्ने भएकोले संक्रमणको सम्भावना धेरै थियो । तर कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने आधारभुत मापदण्डहरु पुरा गर्दै मैले आफ्नो कामलाइ निरन्तरता दिदै आइरहेको थिए ।
सोमबार बेलुकी रुम फर्कीएपछि सदा झै नुहाइधुहाइ गरेर बेलुकीको खाना बनाएर खाएको थिए । सधै बेडमा पल्टिनुभन्दा पहिला नेपालको खबरहरु पढेर आफुले चलाउदै आइरहेको साइट अपडेट गर्ने मन लागेको अनि समासामयिक कन्टेन्टहरुको समाचार तथा लेख बिचारहरु लेख्ने अनि सामाजिक संजाल फेसबुकको बिभिन्न पेज तथा ग्रुपहरुमा पोष्ट गर्ने गर्ने अनि फोटो भिडियो सम्पादन र युट्युवहरुमा प्रबिधिका कुराहरु खोजेर अध्ययन गर्ने गर्थे ।
तर त्यो सोमबारको रात थकित भएर भनैा भने काम धेरै बिजि पनि त थिएन । कता कता ज्यान गह्रुृगो हल्का रुघा खोकी लागे जस्तो महसुस भयो । एकैछिन ल्यापटप चलाउँकि भनेर लगइन गरेको थिए तर केही गर्न जाँगर चलेन ।ज्यानलाइ अलि असहज अनि कम्पनिमा पनि कोरोनाको बिगबिकी बढ्न थालेपछि मनमा कता कता डर लागेको थियो । मनमा डर लागेपछि मेरो आँखामा निन्दा पनि परेको थिएन ।
जापानमा राति क्लिनिकहरु बन्द हुने भएकोले रुम नजिकै रहेको सेभेन इलाभेन कन्भिनियान्स स्टोरमा गएर रुघा निको पार्ने अैाषधी किनेर खाए । मंगलबार र बुधबार मेरो २ दिन बिदा भएकोले उज्यालो भएपछि फोन गरेर चेकजाँच गर्न जाने योजना बनाएर सुतेको थिए ।
म संगै काम गर्ने मेरो साथी गोबिन्द लामाले जापानमै रहेका मेरो गाँउको भाइलाइ कोरोना लागेको बेला हस्पिटल रिकमेन्डेन्ट गरिदिने एउटा फोन नंम्बर म्यासेन्जरमार्फत पठाउनुभएको थियो । त्यो नंम्बरमा फोन गरेको थिए हाचुनेचु सेन्टर फोन नं ०३५३२०४५९२ भन्ने ठाँउ रहेछ । त्यो ठाँउबाट केही कुराहरु सोधपुछ भयो र अन्तमा लक्षणहरु कोरोना भाइरससंग मिल्दोजु्ल्दो भएपछि मलाइ मेरो रुमनजिकै पायक पर्ने गरी ३ वटा क्लिनिकको नंम्बर दिएको थियो ।
ति मध्ये मैले अलिक नजिक पर्ने क्लिनिकमा मंगलबार दिउँसोतिर फोन गरेर आफ्नो समस्या बताए र क्लिनिकले बेलुकी ६ २०मा चेक गर्न आउनु भनेकोले त्यतिन्जेल रुममै बसे । समयभन्दा अगाबै क्लिनिक पुगेर कल गर्दा केहीबेर वेट गर्न लगाउनुभयो । र मेरो नाम बोलाएपछि भित्र गएर श्वब परिक्षण गर्दा दुर्भाग्यबस नतिजा कोरोना पोजिटिभ देखायो ।
म एक छिन के गर्ने अलमलमा परे । चिकित्सकले वार्ड कार्यलयबाट भोलीतिर फोन गरेर केही कुराहरु सोधपुछ गर्छ पुर्णरुपमा जानकारी गराउनुहोला अहिलेलाइ यो अैाषधी किनेर खानुभनी पेस्कृप्सन दिनुभयो र नजिकै रहेको अर्को क्लिनिकबाट अैाषधी लिएर रुम फर्केको थिए । साँझपख हुन थालेपछि शरिरमा केही असहज महसुस भयो । चिकित्सकले दिएको अैाषधी खाए अनि तातो पानीमा बाफ लिए केही झोलयुक्त खानेकुरा अनि अदुवा बेसार मेथी अनि ज्वानो मिसाएर उमालेको तातो पानी पिउन थाले ।
म वार्ड कार्यलयको कलको पर्खाइमा बसी रहेको थिए तर बुधबार मध्यान्हसम्मपनि कल नआएपछि आफैले कल गरेर जानकारि गराए । वार्डले अहिले कोरोना बिरामीहरुको संख्या धेरै बढेकोले कल प्रतिक्षा गराएको बतायो । अनि कलमा २० मिनेटसम्म सोधपुछ भयो । मैले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएपछि वार्डले बाहिर ननिस्कनु केही समस्या परे अथवा जानकारीहरु लिन चाहेमा वार्डको कल सेन्टरमा र बिदाको दिन अथवा राती समस्या परेमा यसमा फोन गर्नुभनी फोन नंम्बर टिपाउन लगायो । र अन्तिममा रुपमा स्वासप्रस्वास नाप्ने उपकरण (पल्स अेाक्सिमिटर) नहुन सक्छ आइसोलेसन अवधिभर प्रयोग गर्नु भनी स्वासको गति नाप्ने उपकरण र केही आवस्यक खाने कुरा तथा पेय पदार्थहरु पठाउछु भनेर जानकारी गरायो ।
म होम आइसोलेशनमा बसेको ४ दिनभयो । शरिर केही कमजोर महसुस बनाएको छ । दिनहरु बित्दै गइरहेको छ अलि बढी सताउन थाले जस्तो महसुस भएको छ ।
उपचार बिनाको महामारी कोरोनासंग जिन्दगीमै पहिलो पटक सकिनसकि लडिरेहको छु । कारोनारु नामक १० ट्याबलेट अैाषधीको भरमा छु । यी बाहेक दैनिक फोन मार्फत परामर्श लिनु बाहेक चिकित्सक भन्दा टाढा रहेर बिना साक्षात्कारको उपचारको क्रममा छु । एउटा होम आइसोलेशन म्यानुअलको भरमा होम आइसोलेशनको दैनिकी बिताइरहेको छु । होम आइसोलेशनमा अझैपनि एक हप्ता बस्नुपर्ने छ ।
संसारनै कोरोना महामारीले ग्रसित बनाइरहेको यो दुखद अवस्था छ । यो अवस्थामा आफु संक्रमित भएकोमा कुनै नैालो त भएन किनकि मानिसहरुको जीवन रक्षा गर्ने चिकित्सकहरु देखि लिएर ठुला ठुला पुँजिपति धनी धनाड्य अनि नेता कलाकार तथा सेलिब्रेटीहरुलाइ समेत यो महामारीलाइ सताइरहेको छ । मैले भोगेको समस्याबाट यहाँहरुले पक्कैपनि केही पाठ सिक्नुहुनेछ र एउटा सुझावको रुपमा रहोस भन्ने उद्देश्यले यहाँहरुमाझ आफ्नो कोभिड १९ कोरोना भाइरस संक्रमण हुँदाको केही तिता अनुभवहरु सेयर गरेको मात्र हु । अन्तमा मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैजनालाइ धेरै धेरै धन्याबाद ।सबैजना सचेत रहनुहोला ।