काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग दुई एक गोलले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा भारतले नेपाललाई पराजित गरेको छ । भारतले नेपालविरूद्ध दुई गोल गरेको थियो भने नेपालले एक गोलमात्रै फर्काएको थियो ।
पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२ औ मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गरेका थिए।
नेपालका लागि सान्तावना गोल तेज तामाङले ८६औं मिनेटमा गरेका थिए।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।