बेलु पुनको कोरोनाबाट मृत्यु भएको आशंका, एकहप्ता भित्रै जापानमा बागलुङ गलकोटका दुईजनाको निधन

-


     जनहित न्युज    
     भाद्र २५ गते २०७८


बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको छ ।
समाचार स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने बताइएको छ ।
मृतक पुन मगरका श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् भने ३ जना छोराछोरी रहेका छन् ।
मृतक बेलुले काम गर्ने, नागोयाकै एक भेजिटेबल प्रशोधन तथा प्याकेजिङ कम्पनीमा अरु थुप्रै नेपालीहरु पनि कोरोना संक्रमित भएको हुन सक्ने बताइएको छ । मृतक पुन मगरको शनिबार नागोयामा नै अन्त्यष्ठी गरिने भएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

गत शनिबार नै जापानको टोकियोको निप्पुरीमा बस्ने बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ का ४६ वर्षीय भीमबहादुर केसीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?