नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ । शुक्रबार केन्द्रीय निर्वाचन समितिले केन्द्र र प्रदेशको अधिवेशन नसर्ने गरी महाधिवेशनको कार्यतालिका संशोधन गरेको हो । यस्तै, गाउँ र नगर वडा अधिवेशन ५ असोजका लागि सारिएको छ । निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लाको हकमा लागू हुनेछ ।
यसैगरी गाउँपालिका र नगरपालिकाको अधिवेशन ९ असोजमा हुने निर्वाचन समितिले जनाएको छ । यसअघि गाउँपालिका र नगरपालिकाको अधिवेशन २७ भदौमा हुने तय गरिएको थियो ।
समितिका संयोजक महादेव प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा प्रदेशसभाको क्षेत्रीय अधिवेशन १२ असोजमा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा हुने उल्लेख छ ।
यस्तै जिल्ला अधिवेशन १८ असोज र प्रदेश अधिवेशन १०,११ र १२ कात्तिकमा हुनेछ ।