एमसीसी सम्झौतालाई राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने- प्रचण्ड

-


     जनहित न्युज    
     भाद्र २५ गते २०७८


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

प्रचण्डलाई भेटन बिहान ७ : ४० मा खुमलबाटर पुगेकी फातिमाई प्रचण्डले एमसीसीकाे विषय नेपालमा राष्ट्रिय बहसको विषय बनेकाले राष्ट्रिय सहमति गरेर मात्र अघी बढाउन सकिने प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले एमसीसी परियोजनालाई संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने र गठबन्धनमा समेत एक मत बनाने प्रयास गरिने जानकारी गराएको प्रचण्डका  प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रेस सल्लाहकार सापकोटाका अनुसार विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो हुने दाहालले बताएका थिए । 

खुमलटारमा भएको भेटवार्ताका बारेमा जानकारी दिँदै सापकोटाले भने, ‘अध्यक्षलाई एमसीसीको टोलीले आफ्नो भ्रमणको उद्देश्य बतायो । एमसीसी अगाडि बढाउने र यसमा उठेका प्रश्नबारे प्रस्ट पार्ने प्रयास गरेको थियो । त्यसपछि अध्यक्षले अहिले एमसीसीबारे राष्ट्रिय रुपमा प्रश्न उठेका छन । विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो छ । यसमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ गठबन्धनका दलहरूबीच एकमत हुनुपर्छ भन्नुभयो ।’

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभयो । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उहाँको धारणा थियो ।

गठबन्धनमै रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पनि प्रचण्डको जस्तै जवाफ फातिमालाई हिजै दिइसकेका छन् । फातिमासँग भेटपछि प्रचण्ड प्रधानमन्त्री देउवाले राखेको गठबन्धन बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् । फातिमाले आजै अपरान्ह ४ बजे देउवासित भेट्ने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?