‘सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप-संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका ददिवल खड्काको पक्षमा माहोल सकारात्मक बनेको छ ।
अनुभवी, परिपक्क र मिजासिलो स्वभावका खड्काले जापानमा रहेर समाजका हरेक गतिविधिमा सक्रियतापूर्वक आर्थिक लगायतका सहयोग गरिरहेकोले सो कार्यलाई निरन्तरता दिनका लागि एनआरएनएको ज़िम्मेवार पदमा रहनुपर्ने भएकोलेपनि डिआरसीमा सकारात्मक माहोल बनिरहेको एनआरएनएका अभियन्ताहरु बताउछन ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले व्यक्तिगत र संस्थागत रूपमा जापानमा वैदेशिक रोजगारका क्रममा अपठ्यारोमा परेका र अध्ययन भिषाबाट अन्य भिषामा जाने बारेमा जानकारी नहुने धेरै नेपालीहरुलाई सहयोग पुर्याउदै आइरहेकोले वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई थप सहयोग र व्यवस्थित नीति बनाउन सहयोग पुर्याउनका लागि पनि उम्मेदवार खड्काको एनआरएनए एसिया प्यासिफ़िक उप संयोजक डिआरसीमा जित आवश्यक रहेको विभिन्न देशका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरूको बुझाई छ ।
“एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मान्यतालाई चरितार्थ गराउनका लागि आफूले एसिया प्यासिफिकको उप संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेको र त्यस उद्देश्यलाई व्यावहारिक रूपमै कार्यान्वयनका लागि पनि आफूले जित हासिल गर्नुपर्ने भएकोले मतदान गरि सहयोग गरिदिनका लागि उम्मेदवार खड्काले सम्पूर्ण एनआरएनएको अभियानमा लागेका सबैमा आग्रह गरेका छन ।
एनआरएनएको माध्यमबाट जन्मभूमि नेपालको विकास र संवृद्धिका लागि विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई लगानी गर्न प्रोत्साहित गर्दै विदेशमा रहेका नेपालीहरूले सकेको योगदान दिने वातावरण सृजना गर्न आफ़नो मुख्य ध्येय रहेको खड्काको भनाइ छ ।
वैदेशिक रोजगारका क्रममा देखिएका अवसर र चुनौतीलाई संगसंगै आत्मसात गर्ने मनोविज्ञानको सृजना गर्नका लागि आफूले कार्ययोजना सहित काम गर्ने र वैदेशिक रोजगारीका लागि सीपयुक्त जनशक्तिले नै वैदेशिक रोजगारीमा हाल देखिएका समस्याको समाधानमा महत्वपूर्ण योगदान गर्नसक्ने भएकोले त्यसतर्फ आफूले विशेष ध्यान केन्द्रित गर्ने खड्काले बताए ।
आफ्नो प्रतिष्पर्धा अरु कसैसँग नभई आफैसँग नै रहेको बताउने खड्काले एनआरएनएको माध्यमबाट संस्थागत रूपमा नेपाल र नेपालीहरुको सेवामा लाग्न आफू प्रतिबद्ध भै ज़िम्मेवारी लिन खोजेकोले आफ्नो निष्पक्षरूपमा मूल्यांकन गरि सहयोग गरिदिनका लागि एसियाका एनआरएनए सम्बद्द मतदातालाई अपिल समेत गरेका छन ।
एनआरएनएको दशौ महाधिवेशन र आगामी कार्यकाल २०२१-२०२३ को लागि निर्वाचनको मिति नजिकिदै जादा एसिया प्यासिफ़िक क्षेत्रमा खड्काको जित नजिक पुगेको एनआरएनए अभियन्ताको वृतमा चर्चा चल्न थालेको छ ।
भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगाएत विभिन्न दैवी प्रकोपको अवस्थामा खड्काले गैरआवासीय नेपाली संघ तथा विभिन्न माध्यम प्रयोग गर्दै अस्थायी वा स्थायी बासस्थान, खाध्यान्न लगायत विभिन्न राहत सामाग्री वितरण गर्दै आइरहेका छन ।