जापानका १९ प्रान्तमा सेप्टेम्बरको अन्त्यसम्म आपतकाल थप, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रधानमन्त्रीको आग्रह

-


     जनहित न्युज    
     भाद्र २४ गते २०७८


जापान सरकारले कोभिड-१९ कोरोना विभिन्न २१ वटा प्रान्तमा लगाउदै आएको आपतकाल टोकियोसहित १९ वटा प्रान्तमा रहने गरि सेप्टेम्बरको अन्त्यसम्म लम्बाउने भएको छ ।
अस्पतालमा सघन उपचार गराउने संक्रमित बिरामीको सख्यामा हाल २ हजार २ सय रहिरहेको र त्यसमा उल्लेखनीय कमि नआएको र दैनिक संक्रमितको संख्या यथावत रहेकोले कोरोना संक्रमणलाई रोकथाममा सहयोग पुर्याउनका लागि आपतकाललाई थप गरिएकोले प्रधानमन्त्री सुगा योशिहिदेले बताएका छन ।
सरकारले मानिसहरुलाई भीडबाट बच्न र सकेसम्म घरबाट काम गर्न आग्रह समेत गरेको छ। आपतकाल रहेका प्रान्तहरूमा बार र रेष्टुरेन्टहरुलाई रक्सीको सेवा नगर्न र पसलहरू चाँडै बन्द गर्न आग्रह गर्दै डिपार्टमेन्ट स्टोर सपिंङ मलहरूलाइ ग्राहकहरुको संख्या सिमितता ल्याउने उपाय अवलम्बन गर्न भनिएको छ।

अब आपतकाल टोकियो ओशाका, फुकुओका, साइतामा, चिबा, खानागावा, ओकिनावा, इबाराकी,तोचिगी, गुन्मा, सिजोओका,क्योतो,ह्योगो,होक्काईदो, गिफु, मिए, सिगा, हिरोशिमा र आइची प्रान्तहरुमा कायम रहेने छ भने फुकुशीमा, इसीखावा, कुमामोतो, खगावा, मियाजाकी, खागोशिमा मियागी र ओखायामामा अर्ध आपतकाल जारी रहने छ । २१ वटा प्रान्तमा जारी आपतकाल आगामी आइतबार सकिदै छ ।

कोरोना रोकथामका मापदण्डलाई कडाइका साथ पालना गरि संक्रमणलाई न्यूनिकरण गर्नका लागि सहयोग गरिदिनका लागि समेत प्रधानमन्त्रीले सबैमा आग्रह गरेका छन । प्रधानमन्त्री सुगाले भने, “वर्तमान संकटलाई पार गरि र सामान्य जीवनमा फ़र्किनका लागि सुरक्षाका मापदण्ड पालना गर्दै चिकित्सा प्रणालीलाई सुदृढ बनाउनेछौं र औषधि र खोपको उपयोग गरी गम्भीर प्रकृतिका केसलाई रोक्नेछौं।”
प्रधानमन्त्री सुगाले अक्टोबर र नोभेम्वरसम्ममा खोप लिन चाहनेहरूलाई उपलब्ध गराउने कुरामा जोड दिदै सरकारले प्रतिबन्धको समयाबधिलाई कम गर्ने योजना बनाएको छ, एक प्रणालीको उपयोग गरि खोप प्रमाणपत्र जारी गर्ने र वा नकारात्मक परिक्षणको नतिजालाई व्यवस्थित गर्ने छ ।
यसअघि आपतकाल लगाईदै आएको मियागी र ओकायमामा अर्धआपतकाल लगाईने भएको छ। जापानमा आपतकाल लगाईएपनि अन्य देशमा लगाइने लकडाउन भंदा कम कठोर हुने गरेको छ ।
अधिकारीहरुले चिकित्सा प्रणालीलाई बलियो बनाउन र नया केसहरु घट्दै जाने सुनिश्चित गर्नमा यो आपतकालमा आफूहरु केन्द्रित रहने बताएका छन ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा सुगाको कार्यकाल ३० सेप्टेम्बरमा सकिँदै छ, एलडीपीले आगामी अध्यक्षको चयन गर्न सेप्टेम्बर २९ मा निर्वाचन गर्दै छ । त्यसबाट निर्वाचित अध्यक्ष नै आगामी प्रधानमन्त्री बन्ने भएकोले निर्वाचित प्रधानमन्त्रीले कसरी संक्रमणलाई रोक्ने योजना बनाउछन त्यसैले हाललाई यहि महिनाको अन्त्यसम्म आपतकाल लम्बाइएको हुनसक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?