पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क.गोञ्जालोको जेल भित्रै निधन

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७८


पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष अबिमाइल गुजम्यान ‘गोन्जालो’को ८६ वर्षको उमेरमा शनिवार निधन भएको छ ।

पेरुको जनयुद्ध प्रत्याक्रमणकाे चरणमा विकास भएको अबस्थामा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क. गाेञ्जालो सन् १९९२मा राजधानी लिमाबाट गिरफ्तारीमा परेका र उनलाई त्यहाँको सत्ताले आजीवन कारागारकाे सजाय सुनाइएको थियो  ।

दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गाेञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइ राखेका थिए र जेलमै मृत्यु भएको छ । उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर देखिएको थियो ।

“पेरुका जनताको सशस्त्र जनक्रान्तिको सन्दर्भमा पेरु कम्युनिस्ट पार्टी र मेरा कार्यहरूको मूल्याङ्कन इतिहासले गर्नेछ । जनक्रान्तिको दिशालाई इतिहासले सरहाउनेछ । मुट्ठीभर प्रतिक्रान्तिकारीहरूको अदालत तथा प्रचारयन्त्रले इतिहास बदलिँदैन । विश्व जनक्रान्तिका एक अभिन्न अङ्ग पेरुको सशस्त्र जनसङ्घर्षको यौटा सिपाही बन्न पाएकोमा मलाई गौरव लागेको छ ।” क. गोन्जालोले भन्ने गर्दथे ।
माओ पूर्वको चम्किलो तारा थिए भने गोन्जालोको रूची थियो । पश्चिमी आकाशको चम्किलो तारा बन्ने । चीन गएका बखत प्रत्यक्ष भेट नभए पनि उनले माओलाई टाढाबाट एक झल्को देखेका थिए ।

‘डढेलोका लागि एक झिल्को आगो नै काफी हुन्छ’ भनेझैँ पेरुको साइनिङपाथका नेता अबिमाइल गुजम्यान ‘गोन्जालो’ लाई पेरूभियन जनक्रान्तिको नेतृत्व गर्न त्यही एक झिल्को काफी भयो ।

पेरुको प्रतिक्रियावादी अदालतले पेरुभियाली कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालोलाई आजीवन कारावासको कठोर सजाय दिएको थियो । सन् १९९२ मा पेरुको लिमाबाट अत्यन्त नाटकीय रूपमा गिरफ्तार भएका गोन्जालो विश्वक्रान्तिको अभिन्न अङ्गको रूपमा अगाडि बढिरहेको पेरुभियाली जनयुद्धका नायक समेत थिए ।

उनको जेलमै मृत्यु भएको खबरले विश्व कम्युनिस्टप्रति चासो राख्नेहरुलाई नमिठो अनुभूति बनाएको छ ।

क. गोन्जालोप्रति भावपूर्ण श्रद्धाञ्जली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?