
करिब ५६वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिबेसन सम्पन्न भएको छ ,सभापति देउबाको गृहजिल्लामा वडा अधिबेसनकै सवालमा ठुलो बिबाद कायम छ भने बाकी २०जिल्लामा क्रियाशील सदस्यहरुको नाम नै सार्वजिनक भएको छैन।
भाद्र १८ गते बाट प्रारम्भ भएको वडा अधिवेशन बाकी रहेका जिल्लामा असोज ५ गते गर्ने र प्रदेश क्षेत्र,संघीय क्षेत्र जिल्ला,प्रदेश र संघसम्म ८ तहको १४ अधिबेसन सम्पन्न गर्ने तयारीमा कांग्रेस छ।
बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वाड नम्बर ९ बाट क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि यदुराम सापकोटा,आफ्नो यो यात्रालाई केन्द्रसम्म पुराउने लक्ष्य बोकेर अगाडी बढेका छन्।
क्षेत्र नम्बर २ बाट चुनिएर आउने करिब ८०० क्षेत्रीय प्रतिनिधिहरुको बिचमा उनले आफुलाई केन्द्रिय महाधिबेसन प्रतिनिधिको उम्मेदवारको रुपमा अघि बढाएका छन्।
“जित या हार तपशिलको कुरा भयो,तर मेरो उमेर समूहले अब हामी कांग्रेस हाक्न सक्छौ भनेर सन्देश दिनका निम्ति पनि मैले उम्मेदवारी दाबी गरेको हु ” सापकोटाले भने। अग्रज पुस्तालाई सम्मान गर्दै युवा पुस्ता पनि आगामी नेतृत्वको लागि तयार छ भन्ने सन्देश दिनका लागि आफू अगाडी बढेको बताउछन ।
अग्रज पुस्तालाई बढार्नुपर्छ भनेर नभई ,अब अग्रज पुस्तालाई नयाँ पुस्ताले सघाउनु पर्छ भनेर आफुले सन्देश दिनका लागि पनि आफु उम्मेदवारको रूपमा दाबी गरेको लउनले बताए । देशैभरिबाट वाड सभापति र क्षेत्रीय प्रतिनिधिहरुमा ५० प्रतिशत बढी प्रतिनिधि युवा पुस्ताबाट निर्वाचित हुदाँ आफुलाई अझै बढी साहस आएको उनले बताए।
उनी भन्छन,”राजनितीमा जनताले पनि बिकल्प खोजिरहेका छन्,बिकल्पका नाममा कतिपयले बैकल्पिक पार्टी निर्माण गर्ने अभियान चलाए तर जनताले पत्याउने बिकल्प बन्न सकेनन,जनताले आशा पुरानै पार्टीहरुबाट गरेका छन्। कम्युनिस्टहरुको कार्यशैलीले गर्दा कांग्रेस नै अब बिकल्प हो भन्ने अवस्थामा जनता पुगिसकेका छन् । तर कांग्रेसको पुरानो पुस्तासँग जनता सन्तुष्ट छैनन।
कम्युनिस्टसँग असन्तुस्ट रहेका जनता ,कांग्रेसको नेतृत्वसँग सन्तुष्ट हुने अवस्था नआउदासम्म कांग्रेसपनि बिकल्प बन्न सक्दैन। १४ औ महाधिबेसनमा हाम्रो पुस्ताको प्रयासले जनतामा आशा जगाउने अवस्था बन्छ भने हामीले नेतृत्वमा पुग्ने साहस गर्नुपर्छ।