एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको विस्तारित बैठक शनिबार गलकोट हटियामा सम्पन्न भएको छ ।
बैठकमा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षेत्रीले शिक्षकको हक हितका लागि निर्णायक अान्दोलनमा उत्रनु पर्ने बताए । उक्त अवसरमा संगठनका केन्द्रीय सदस्य इन्दु शर्मा, ने क पा माअोवादी का गण्डकी प्रदेश सदस्य फमलाल निउरे, जिल्ला सदस्य तथा शिक्षक फ्याक्सन ईन्चार्ज चन्द्र दत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
बैठकले असोज ९ गते ८५ वटा वडामा वडा समित गठन, असोज १६ गते जिल्लाका १० वटा पालिकामा पालिका परिषद गर्ने र कार्तिक ६ गते संगठनको दोस्रो जिल्ला परिषद सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनको २०७८ को सदस्यता नविकरण र अद्यावधिक असोज १५ सम्म गर्ने सचिव वीर बहादुर चोखालले बताए ।
बाल शिक्षक र विद्यालय कर्मचारीको नीतिगत तलव वृद्धि गर्नु पर्ने, एम सी सी पास हुन नदिन दवाव दिने, उमेर पुगेका विद्यार्थी हरूलाई कोरोना विरुद्धको खोप व्यवस्था गर्नु पर्ने , नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्ने लगायताका सांगठनिक र शैक्षिक विषयमा निर्णय गरिएको जिल्ला सदस्य सिर्जना घर्तीले बताए ।
कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष जित बहादुर थापाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गणेश घर्तीको स्वागत र सचिव वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो।