अनेरास्ववियू क्रान्तिकारी बागलुङको २४ औं सम्मेलन : मिलन काउचाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन

-


     पूर्णभद्र निउरे    
     असाेज २ गते २०७८


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाग्लुङको २४ औं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा´ भन्ने उद्घोषकका साथ गलकोटमा शनिबार सम्पन्न भएको हो ।

सम्मेेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (क्रान्तिकारी) जिल्ला कार्य समितिको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदीप सापकोटा, सचिवमा विकास कँडेल, कोषाध्यक्षमा देवीकुमारी रसाइली र अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुनले शिक्षा निजीकरणबाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताएका छन् ।

पुनले शिक्षा मुठीभर मान्छेको हातमा पुगेको बताउँदै शिक्षामा विभेद र असमानताविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले संघर्ष गर्नुपर्ने बताए ।

पुनले पछिल्लो समयमा समान शिक्षामा षड्यन्त्र भएको बताउँदै जीवन बदल्ने जनवादी शिक्षाको महत्व सबैले बुझनुपर्ने बताएका छन् । उनले जनयुद्वको बेसमा जनआन्दोलन हुँदै संघीय गणतन्त्र स्थापना गणतन्त्रका सेनानी विद्यार्थी भएको उल्लेख गरे । नेपालको इतिहासमा कम्युनिष्ट विद्यार्थी आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गरेको समेत पुनले प्रष्ट पारे ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–संयोजक हरि सिग्देल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज अरविन्द्र भट्टराई, नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी छैठौ बागलुङका जिल्ला अध्यक्ष गणेश सापकोटा, नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य राजीव घिमिरे, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगर, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य फमलाल निउरे, वाईसीएलका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश केसी, सबिना काउचामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मिलन काउचाको अध्यक्षता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला ईन्चार्ज जीवन शर्माको स्वागत तथा विकास कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?