राष्ट्रिय समाचार

जापानमा सोमबार नया प्रधानमन्त्री, आर्थिक मामिला मन्त्रीमा सुजुकी शुनिचि हुदै कस्तो अर्थनीति अवलम्बन गर्लान?

जापानमा आगामी आर्थिक मामिला मन्त्रीको रूपमा सुजुकी शुनिचि हुने निश्चित भएको छ ।जापानी सत्तारूढ़ दल लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा गत हप्ता निर्वाचित किशिदा फुमीओले सुज़ुकीलाई सो मन्त्रीमा नियुक्त गर्न लागेका हुन ।सोमबार जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुन लागेका फुमीओले कोभिड-१९ का कारण बिग्रेको अर्थतन्त्रलाई सुधार गराउन भूमिका निर्वाह गर्ने विश्वासका साथ सुज़ुकीलाई आर्थिक मामिला मन्त्रालयको ज़िम्मेवारी दिन लागेको बताईएको छ ।सुज़ुकीले एलडिपीको जनरल काउन्सिल अध्यक्षको रूपमा सेवा गरिसकेका छन्।कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई सन्तुलन कायम गर्न कस्तो प्रकारको अर्थनीति अवलम्बन… पुरा पढौ

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंहले बाज़ी मारिन

अध्यक्षमा छ जनाको दाबेदारी रहेकोसत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंहले बाज़ी मारेकी छन । उनी अघिल्लो सम्मेलनबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन । उनलाई अध्यक्ष बनाउने माओवादी केन्द्रको स्थायी समितिको निर्णय अध्यक्ष प्रचण्डले जानकारी गराएका हुन् । अध्यक्षका दावेदार ६ नेताहरुमा आपसी सहमति नभएपछि पार्टीले आवश्यक परामर्श गरेर नेतृत्व तोकेको हो । क्रान्तिकारीको अध्यक्ष चयनकै लागि हिजो माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको थियो ।… पुरा पढौ

जापानमा फेरि बागलुङ गलकोटका एक पुरुषको निधन

जापानको टोकियो नजिकै कासाइमा बस्ने थापा थरका एक नेपालीको असामयिक निधन भएको छ । बागलुङ गलकोट घर भै जापानमा दक्ष कामदार (कुक) भिसामा कार्यरत अन्दाज़ी ४४ वर्षीय एक पुरुषको निधन भएको स्रोतले जनाएको छ ।१२ वर्षदेखि जापानमा कार्यरत उनी मानसिक चिन्तामा रहेको बताईएको छ । श्रीमतिसंगै बस्दै आएका उनका नेपालमा एक छोरा र एक छोरीसहित परिवारका अन्य सदस्य रहेको बताईएको छ ।शनिवार राती भएको उनको मृत्युको कारणबारे केही बताईएको छैन । हाल पोष्टमार्टमको लागि लगिएको र जापान प्रहरीले आवश्यक अनुसन्धान… पुरा पढौ

जापानमा शनिबार कोरोना संक्रमणबाट एक नेपालीको ज्यान गयो

जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्रममा शनिवार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित मृतक शर्माको थप विवरण आउन बाकी रहेको छ । पुरा पढौ

सागर रिजालको नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको घोषणा

सागर रिजालको अध्यक्षतामा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको ३५ सदस्यीय कमिटी घोषणा गरिएको छ । कम्युनिस्ट राजनीतिमा डेढ दशक लामो समयदेखि क्रियाशील रिजालको नेतृत्वमा गठित उपाध्यक्षमा भोजराज भण्डारी, चिन्तामणी आचार्य, द्रोण सिलवाल, भिम न्यौपाने र प्रकाश महरा रहेका छन । उपाध्यक्ष सात जना रहने सो कमिटीमा दुइ जना पछि थप गरिने बताईएको छ ।कमिटीको महासचिवमा तिलक दाहाल तथा उप महासचिव टक्कर कुवँर सचिवमा सचिन नेम्वाङ्ग, हरि लामिछाने र कोषाघ्यक्ष श्रीकृष्ण अर्याल र सचिवालय सदस्यमा माधव आचार्यलाई… पुरा पढौ

समाचार प्रकाशनको विषयलाई लिएर आपत्तिजनक शब्द प्रयोग गरिनु गम्भिर हो-पत्रकार महासंघ जापान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको निर्वाचनमा देखिएको विवादका सन्दर्भमा असन्तुष्ट पक्षले अन्तराष्ट्रिय समन्वय परिषदमा गरेको आवेदनमा उल्लेखित भाषाप्रति नेपाल पत्रकार महासंघ जापानले ध्यानाकर्षण भएको जनाएको छ ।महासंघका अध्यक्ष मोहन घलेद्वारा शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै संचार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर संचार माध्यम र पत्रकारका विषयमा उल्लेखित शब्दप्रति जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा संचारमाध्यममा प्रकाशन भएका समाचारका विषयमा असहमति वा आपत्ति भएमा कानुनी बाटो मार्फ़त त्यसको समाधान खोज्न सकिने हुदाहुदै त्यसो… पुरा पढौ

जापानमा सामान डेलिभेरी गर्ने श्रमिको अभाव, वैपल्पिक उपायहरुको खोजी हुन थाल्यो

कोभिड-१९ को महामारीको प्रभावका कारण जापानमा होमडेलिभेरीको माग अप्रत्याशित रूपमा बढ़ेसंगै दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने कार्यमा भने श्रमशक्तिको अभाव हुन थालेको छ ।सामान ओसारपसार गर्ने ट्रकमा काम गर्ने कामदारले धेरै लामो घण्टा काम गरेपनि काम अनुसारको पारिश्रमिक कमि हुनुले यस कार्यप्रति अलोकप्रियता बढ्दै जानु, जन्मदरमा कमी आइ श्रम बजारमा श्रमशक्ति न्यून हुनुले पनि कामदारको अभाव हुन गएको अर्थशास्त्रीहरूको भनाइ रहेको छ ।सन २००० मा जापानमा १ मिलियन ट्रक ड्राइभर रहेकोमा आगामी सन २०३० सम्ममा यो संख्या आधा हुन सक्ने… पुरा पढौ

नेपालकै पहिलो स्तन क्यान्सर सर्जन डा. कार्कीको सहभागितामा महिलाको स्तन क्यान्सर सम्बन्धी अन्तरक्रिया गरिने

गैर आवासीय नेपाली संघ थाइल्याण्डले नेपाली समुदायमा सकारात्मक र सेवामूलक कार्य गर्ने आफ्नो योजना अनुसार नेपाली महिलामा मुख्य समस्याको रुपमा देखा परेको स्तन क्यान्सरको बारेमा सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।अक्टोबर ९ तारिकका दिन जुममार्फत भर्चुवल रुपमा गरिने सो अन्तरक्रियामा नेपालकै पहिलो महिला स्तन क्यान्सर सर्जन डा. बानिरा कार्कीको मुख्य सहजिकरण र अन्तरक्रियामा सहभागिता रहने संघका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।अध्यक्ष बस्नेतका अनुसार विश्वभरमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीका लागि सचेलतामूलक यस कार्यक्रममा सहभागी भई आफ्नो र… पुरा पढौ

कावाशाकीमा मृतक गैरेको आइतबार जापान मै अन्तिम संस्कार गरिने, सहभागिताको लागि आफन्तको आग्रह,ठेगाना र समयसहित

नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु नागाचुता बस्ने मृतक विकास गैरेको आइतबार अन्तिम संस्कार गरिने भएको छ ।गत आइतबार आफू बस्ने घरमा नै अप्रत्याशित मृत्यु भएका बुटवल उपमहानगरपालिका १२ का ३० वर्षीय गैरेको अक्टुबर ३ तारिकका दिन कावासाकी केनको कावासाकी शि कावासाकी कु ३-२-७ याकोमा दाहसंस्कार गर्न लागिएको मृतकका आफन्त दाजु निरन्जन गैरेले जानकारी दिए ।कामदार भिसामा कार्यरत मृतक गैरे श्रीमतिसँग जापानमा बस्दै आएका थिए । डिप्रेशनका बिरामी रहेका गैरेले नियमित औषधी खाईरहेका र आफूलाई पछिल्लो समय… पुरा पढौ

एनआरएनए निर्वाचनमाथि मडारिएको कालो बादल

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन घोषणा गरिएको मिति अब लगभग तिन हप्ता बाँकी छ । एनआरएनए निर्वाचनको प्रसंग उप्किनासाथ अधिकांशको मुखबाट निस्किहाल्छ ‘हुन्छ र अक्टोवरमा चुनाव ? होला र महाधिवेशन ?’ ती शंका बेतर्कका छैन । किनभने निर्वाचन घोषित समयमा हुन्न कि भन्ने शंका पछिल्लो क्रियाकलापले झनै बढाइदिएको छ ।भन्न त, एनआरएनएको केन्द्रिय समितिका अधिकांश पदाधिकारीहरु ‘निर्वाचन तोकिएकै समयमा हुन्छ’ भनिरहेका छन् । गठित निर्वाचन आयोगपनि तयार भएर बसेको बताउँछ । तिनले भन्नैका लागि मात्र त्यसो भनिरहेका छन्… पुरा पढौ