अध्यक्षमा छ जनाको दाबेदारी रहेकोसत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंहले बाज़ी मारेकी छन ।
उनी अघिल्लो सम्मेलनबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन । उनलाई अध्यक्ष बनाउने माओवादी केन्द्रको स्थायी समितिको निर्णय अध्यक्ष प्रचण्डले जानकारी गराएका हुन् ।
अध्यक्षका दावेदार ६ नेताहरुमा आपसी सहमति नभएपछि पार्टीले आवश्यक परामर्श गरेर नेतृत्व तोकेको हो । क्रान्तिकारीको अध्यक्ष चयनकै लागि हिजो माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको थियो ।
नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आइटबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष बनाउने निर्णय भएको एक नेताले बताए ।
अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।
माओवादीले क्रान्तिकारीको महासचिवमा भने दिपेश पुनलाई चयन गर्ने संभावना बढेको छ । उनी हाल समावेशी उपाध्यक्ष छन् । पुनसँगै उपाध्यक्ष रहेका ईन्द्र भुषालको पनि संभावना रहेको एक नेताले बताए । महासचिवका लागि ३ जना प्रतिस्पर्धामा छन् । अध्यक्षबाहेक अन्य पदाधिकारीको हकमा संगठनले टुंगो लगाउने समझदारी बनेको छ । अध्यक्ष प्रचण्डसँग भएको छलफलले अध्यक्ष तोकिएपनि अन्य पदाधिकारी नतोकिएको एक सहभागिले जानकारी दिए ।