जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।
कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्रममा शनिवार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित मृतक शर्माको थप विवरण आउन बाकी रहेको छ ।