फेसबुक सहित इंस्ट्राग्राम, व्हाट्सएप करिब साढे सात घण्टापछि संचालनमा, ६ अर्ब घाटा

-


     जनहित न्युज    
     असाेज १९ गते २०७८


लोकप्रिय सामाजिक संजाल फेसबुक सहित इंस्ट्राग्राम, व्हाट्सएप करिब साढे सात घण्टापछि संचालनमा आएका छन ।
जापानको समयानुसार मंगलबार राती १ बजेदेखि बिहान करिब ८ बजेर २० मिनेटसम्म बिश्वव्यापी रूपमा एसएनएसमा केही प्राविधिक समस्याका आइ अमेरिकन आइटि कम्पनीसँग सम्बन्धित फेसबुक, इन्स्टाग्राम, र व्हाट्सएप संचालनमा आएका थिएनन । बिहानदेखि ती एप्लिकेशन संचालनमा आएका छन ।
‘हाम्रा एप्समा केही समस्या आएको जानकारी भएको र त्यसबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छौ साथै हामी यसको छिटो पुन संचालनका लागि लागिपरेका छौ’ कम्पनीले भनेको छ ।तर मुख्य समस्याको बारेमा केही बताईएको छैन ।
अमेरिकी मिडियाका अनुसार त्यहापनि फेसबुकले यस्तै समस्या भोग्नुपरेको थियो, जुन करिब एक घण्टामा पुन संचालनमा आएको बताएका छन।

रातीदेखि यी सामाजिक संजालका एप्लिकेशनहरुमा समस्या आएको प्रयोगकर्ताले महाशुस गरेका थिए ।

यसैबिच बिश्व कै सर्वाधिक प्रयोग हुने समाजिक संजाल फेसबुक (मुहार पुस्तिका )का संस्थापक तथा प्रमुखलाई उनका सेवाहरु करिब ७ घण्टा बन्द हुँदा ६ अर्ब घाटा लगेको ब्लुम्बर्गले उल्लेख गरेको छ ।

अक्टोबर ४ सोमबारका दिन करिव ७ घण्टासम्म उनका सेवाहरु क्रमस फेसबुक,व्हाट्सअप तथा इन्स्टाग्राम बन्द हुँदा ६ अर्ब घाटा भएको छ । ६ घण्टा पछि सेवा बिस्तारै आउन थालेको छ ।

उनीहरुको सबै बिग्रिए पछि उनिहरुले अर्को सामाजिक संजाल ट्वीटर प्रयोग गर्नु परेको थियो । बिग्रिने बित्तिकै बजार भाउ ४.९ प्रतिशत तल झरेको छ भने मध्य सेप्टेम्बर देखि करिव १५ प्रतिशत मुनि झरेको ब्लुम्बर्गले आफ्नो समाचारमा जनाएको छ ।

उनको बजार भाउ १२१ बिलियन डलर मुनि गएको छ । ब्लुम्बर्गको सुचिमा जकरबर्ग ५ औ स्थानमा पुगेको जनाएको छ । फेसबुक (एफबी), इन्स्टाग्राम र ह्वाट्सएप सबै सोमबार मध्यदिनमा बन्द भएको थियो ।

एक सार्वजनिक वक्तब्य जारि गर्दै “हामी जान्दछौं कि केही मानिसहरुलाई हाम्रो अनुप्रयोग (एप्स)एप र उत्पादनहरुमा पहुँच गर्नमा समस्या छ,” फेसबुकले ट्विटरमा भनेको थियो ।

“हामी सकेसम्म चाँडो चीजहरुलाई सामान्यमा फिर्ता ल्याउनको लागी काम गरिरहेका छौं, र ,हामी कुनै पनि असुविधाको लागी माफी चाहन्छौं।” भनि जनाएका थिए ।

लामो समयको पर्खाइ पछि करिव अमेरिकाको पूर्वीय समय ६:३० बजे साँझ हाम्रा सेवाहरुले काम गर्न सुरु गरेका छन् भनि सामाजिक संजाल ट्वीटरबाट जानकारी दिएका थिए ।

“विश्वभरका मानिसहरु र व्यवसायहरुको विशाल समुदायको लागी जो हामीमा निर्भर छन्: हामी क्षमाप्रार्थी छौं,” यो भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?