राष्ट्रिय समाचार

महाधिवेशनपछि सार्न आग्रह गर्दै परराष्ट्रले एनआरएनएलाई फेरि सोध्यो स्पष्टीकरण, ६५ प्रतिशत प्रतिनिधि छनोट विधान अनुसार गर्नु

परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषदका अधिवेशनमा विद्यार्थीलाई सदस्य बनाएर मतदान प्रक्रियामा सहभागी गराइएको बारेमा स्पष्टीकरण सोधेको छ । शुक्रवार संघको नाममा स्पष्टीकरण पत्र लेखदै मन्त्रालयले देशको नाम उल्लेख नगरी एनसीसीको निर्वाचनमा विद्यार्थीलाई सहभागी हुन विधानले नदिएपनि सहभागी गराइएको पाइएकोले त्यसका बारेमा स्पष्ट जानकारी दिनका लागि निर्देशन गरिएको छ । पत्रमा भनिएको छ- यदी कहीँ विद्यार्थी सदस्य बनेका छन भने त्यसको छानविन गरेर त्यसमा पुनर्विचार गर्नुहोला ।’ जापानमा जुलाई ३० मा सम्पन्न एनसिसिको निर्वाचनका विषयमा विवाद सृजना… पुरा पढौ

जापानमा कोरोना संक्रमणका कारण फेरि अर्को नेपाली युवकको निधन, विभिन्न कारणले एकै हप्तामा ३ जना नेपालीको मृत्यु

नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।जापानमा श्रीमतिसंगै बसदै आएका मृतक गुरूङको नेपालमा आमा बुवा र छोरा रहेको बताईएको छ ।लामो समयदेखि उपचाररत गुरूङको निधनपछि अस्पतालको सल्लाह बमोजिम शवको अन्तिम संस्कार गरिने बताईएको छ ।मृतक गुरूङकि श्रीमति पनि कोरोना संक्रमित पछि हाल कोरोनामुक्त भएको बताईएको छ… पुरा पढौ

शैक्षिक बेरोजगार र शिक्षा क्षेत्रमा देखिएका समस्याको सुधारका लागि केन्द्रीत रहने छु- शिक्षा मन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताए । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए । मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पौडेलले भने, “सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ । शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ… पुरा पढौ

कतारमा गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी

दोहा- नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेकासहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस… पुरा पढौ

‘ईडीभी’ खुला, कसरी भर्ने ? यसरी मोबाइलबाटै भर्न सकिन्छ अमेरिका जाने डीभी चिठ्ठा

काठमाडौँ- अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । नेपालस्थित अमेरिकी… पुरा पढौ

मन्त्रिपरिषद्ले पूर्णता, नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ औं दिनमा मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई यसपटक मन्त्रीपरिषद् विस्तार गर्न सकस पर्यो । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्‍मा महिला सहभागिता २५ प्रतिशत रहेको छ  भने जनजातिहरूको प्रतिशत ३२ रहेको छ । मन्त्रिपरिषद्‍मा मधेसीहरूको प्रतिनिधित्व १६ प्रतिशत छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई… पुरा पढौ

८८ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै देउवा

८८ दिनपछि बल्ल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्ण आकारको मन्त्रिपरिषद् विस्तार आज गर्दैछ । गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् । मन्त्रिपरिषदमा गठबन्धनको पाँच घटकमध्ये चार घटक समेटिने छन् । सत्ता नेतृत्व दल कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित मन्त्रिपरिषद् विस्तार हुने भएको हो । राष्ट्रिय जनमोर्चाको समर्थन… पुरा पढौ

बडादसैँको आज दोस्रो दिन, भक्तिकी प्रतीक ब्रह्मचारिणीको विशेष पूजा

काठमाडौँ- नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ​ ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो… पुरा पढौ

जापानमा बिहिबार राती १०:४१ मा ५.९ म्यागनीच्युट गयो, रेल सेवा अवरुद्ध, सुनामीको खतरा नरहेको

जापानमा बिहिबार राती १०:४१ मा गएको ५.९ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केल भएको भूकम्पका कारण सुनामीको खतरा नभएको मौसम एजेन्सीले जनाएको छ ।यो भूकम्प १६ वर्ष यताको पहिलो भएको बताईएको छ ।मौसम विज्ञान एजेन्सीको प्रारम्भिक जानकारी अनुसार अनुसार भूकम्पको तिव्रता टोकियो र साइतामामा ७ म्यागनीच्युटको मापन गरिएको छ भने भूकम्पको ईपीसेण्टर रहेको चिबामा केन्द्रबिन्दुदेखि ८० किलोमिटरको गहिराईमा रहेको छ। भूकम्पपछि केही रेल सेवाहरु बन्द भएका छन्। चिवामा केन्द्र बिन्दु रहेको सो भूकम्पको असर जापान भरि नै परेको बताईएको छ ।… पुरा पढौ

जापानमा आत्महत्याको लहर …

सुनौला सपना र रहरहरुको खोजीमा स्वदेशको बेरोजगारी समस्या बाट भाग्दै विदेशमा पुगेका, त्यसमाथी पनि जापान जस्तो देशमा भएका युवाहरुमा बाढ्दो आत्महत्याको ग्राफ प्रत्येक वर्ष उकालो लाग्दो छ । गाउँघरमा स्कुल पढ्नेदेखि लिएर शहरमा कलेज पढ्नेहरुका सपना पनि विदेश जाने नै धेरै छन । अझ पछिल्लो समय विद्यार्थी भिषामा होस या रोजगारिका लागी जेट पेलेन चढेर विदशिन मात्रै पाए र समुन्द्रको छेउँमा उभिएर सामाजिक सँजालमा फोटो देखाउन पाए क्षणभरका लागि मात्रै भएपनि आफु सफल भएको अनुभूति गर्नेहरुको सँख्या धेरै छ ।… पुरा पढौ