जापानमा कोरोना संक्रमणका कारण फेरि अर्को नेपाली युवकको निधन, विभिन्न कारणले एकै हप्तामा ३ जना नेपालीको मृत्यु

-


     जनहित न्युज    
     असाेज २३ गते २०७८


नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जापानमा श्रीमतिसंगै बसदै आएका मृतक गुरूङको नेपालमा आमा बुवा र छोरा रहेको बताईएको छ ।
लामो समयदेखि उपचाररत गुरूङको निधनपछि अस्पतालको सल्लाह बमोजिम शवको अन्तिम संस्कार गरिने बताईएको छ ।
मृतक गुरूङकि श्रीमति पनि कोरोना संक्रमित पछि हाल कोरोनामुक्त भएको बताईएको छ ।

जापानमा क़ोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आधा दर्जन नाघिसकेको छ ।
गत शनिवार मात्र जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको थियो ।

त्यसै गरि गत हप्ता नै अन्य दुई जना नेपालीको असामयिक निधन समेत भएको थियो ।उनीहरुको बारेमा पारिवारिक स्रोतले विस्तृतमा जानकारी गराउन नखोजेकोले यहाँ उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?