राष्ट्रिय समाचार

दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृत्यु(अपडेट)

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।मुगुका प्रजिअ महतले भने, "शवहरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।" सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। मृतकमध्ये १० जनाको सनाखत… पुरा पढौ

नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् ।

असोज २१ बाट शुरु भएको दशैंको अहिले नवरात्र जारी छ । माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुने धार्मीक विश्वासमा नवरात्रिमा देवीको ९ दिनको ब्रत र पूजा गरीन्छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्ने धार्मीक विश्वास छ । नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् । - नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ ।– नवरात्रका बेला खानामा प्याज, लसुन र माछा–मासु समावेश नगर्नु राम्रो मानिन्छ ।– नवरात्रिको ब्रत राख्दा खानामा सिधे नुनको… पुरा पढौ

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । केहीकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सुनिए पनि एकिन नभएकाे उनले बताए। मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन्। मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए। ‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी… पुरा पढौ

मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु, १८ घाइते, घाइतेहरूको हेलिकप्टर मार्फत उद्धार गरिदै

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए। सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो। घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। घटनाको विस्तृत विवरण… पुरा पढौ

डिसेम्बरको सुरूवातसंगै जापानमा कोरोना भाइरस विरुद्धको तेस्रो डोजको खोप लगाईने

जापानले आगामी डिसेम्बरदेखि कोरोना भाईरस विरुद्दको तेस्रो डोजको खोप लगाईने योजनाका बारेमा प्रधानमन्त्री किशिदा फुमीयोले मंगलबार सांसदको बैठकमा जानकारी गराएका छन ।डिसेम्बरको सुरूवातसंगै तेस्रो डोजको खोप कार्यक्रम संचालनको लागि अन्तिम तयारीमा रहेको प्रधानमन्त्री किशिदाले बताए ।दोस्रो डोजको खोप पुरा गरेको कम्तीमा आठ महिना बितिसकेका मानिसहरुलाई बुस्टर शट अन्तर्गतको तेस्रो डोजको खोप प्रदान गरिन लागेको बताईएको छ । दोस्रो डोजको खोपको अवधि लामो संगै रोगबाट बचाउने एन्टिबडीहरु उत्पादनमा थप सहयोग गरिनुपर्ने अध्ययनले देखाएकोले तेस्रो डोजको खोप दिने योजना बनाईएको बताईएको छ… पुरा पढौ

आज फूलपाती, दसैंघरमा अपराह्न साढे ४ बजे भित्र्याइँदै

काठमाडौँ- बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल… पुरा पढौ

हास्यकलाकार मनोज गजुरेलले गरे न्याय क्षेत्रकी अधिकृत मन्जुसँग विवाह

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए। गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन्। सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत बाँडेका छन्। उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन्। परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेको गजुरेलले भनेका छन्। उनको पहिलो विवाह मिना ढकालसँग भएको… पुरा पढौ

घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

कास्की– कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ । जीपमा चालक खुशीमान क्षेत्री सहित सहित १० जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार… पुरा पढौ

गैर आवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगित हुदै अनिश्चित

गैर आवासीय नेपाली संघको २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने भएको छ ।संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल माध्यमबाट आइतबार सम्पन्न बैठकबाट संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको सन्दर्भलाई लिएर अर्को निर्णय नहुने समयसम्मका लागि स्थगित गरिएको प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय… पुरा पढौ

एनआरएनए विवादः जापान र जर्मनीमा चुनाव गर्नैपर्ने, युके र अमेरिकामा नपर्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद निरुपणका लागि दिएको पछिल्लो निर्देशनलाई लिए भ्रम उत्पन्न गर्ने प्रयास सुरु भएको छ । संस्थापन पक्षका केही पदाधिकारीले पूर्वनिर्धारित मितिमै निर्वाचन भएका केही एनसीसीहरुमा पनि मन्त्रालयले पुनः चुनाव गर्न निर्देशन दिएको भन्दै भ्रम छर्ने काम गरेका छन् । संघको विधानमा उल्लेख भएको र आइसीसीको सहमतिमा फरक मितिमा निर्वाचन गरिएका एनसीसीहरुमा पुनः चुनाव गर्न नपर्ने परराष्ट्र श्रोतले बताएको छ । खासगरी सदस्यता, महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन तथा एनसीसीको निर्वाचन प्रक्रियालाई लिएर… पुरा पढौ