मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए।
सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो।
घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
उनका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उनले जानकारी दिए। ,उनले भने-‘जिल्लामा ५ किमि प्रवेश गरेपछि बस ५०० मिटर तल भीरमा खसेको हो। बसमा कति यात्रु थिए खुल्न बाँकी छ। हामी उद्धारमा जुटेका छौँ।’ बसभित्र अझै यात्रु चेपिएको हुनसक्ने उनले जानकारी दिए।
यता छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन्।
उनका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो।
यसैबिच घाइते भएकाहरूको हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको छ । त्यसका लागि सुर्खेतबाट सेनाको हेलिकप्टर मुगुतर्फ लागेको छ ।