कोरोना भाईरस विरुद्वको खोप नलगाउन, खोप पासपोर्ट र माक्स अनिवार्यता नगर्न टोकियो अदालतमा मुद्दा दायर

- माक्सबिनाका सयौ मानिसका कारण अदालतको काममा अवरोध

-


     जनहित न्युज    
     असाेज २७ गते २०७८


जापानको टोकियो ज़िल्ला अदालतमा कोभिड-१९ को विरुद्दमा लगाईएको खोपका बारेमा परेको मुद्दा सुनवाईका क्रममा मंगलबार अनुहारमा माक्स नलगाएका सयौ मानिसहरुका कारण काम कारबाहीमा अवरोध पुगेको छ ।
अदालतका अधिकारीहरूले मुद्दाको सुनुवाई हुने भवनको प्रवेश द्वारको सुरक्षा चेकपोइन्टमा माक्स नलगाएका मानिसहरुको लामो लाइन लागे पछि कोरोनाभाइरस विरोधी मापदण्डका उपायहरु लागू गर्नुपर्ने अवस्थाको सृजना हुन गई दिउँसो १:३० बजे सुरु हुने सुनुवाईमा ढिला भएको क्योदो न्यूजको समाचारमा उल्लेख गरिएको छ ।
अदालतले वेबसाइटमा राखिएको कार्यतालिका अनुसार वादी पक्षलाई मुद्दाको पहिलो मौखिक सुनवाईको लागि अदालतमा आउन भनिएको छ । टोकियो उच्च अदालतले भवनको प्रयोगमा आगन्तुकहरुलाई अनिवार्य माक्स लगाउन सल्लाह दिए पनि उजुरीकर्ताहरु त्यो सल्लाह मान्न बाध्य नरहेको बताएका छन ।
भवनको पहिलो तल्लामा रहेको लबी र सातौं तलामा रहेको अदालतको सुनुवाई कक्षको बाहिरपट्टी माक्स नलगाएको मानिसहरुको भीड थियो। नजिकैको एक पुलिस स्टेशनको अनुसार समूहमा रहेका ३०० भन्दा बढी संख्यामा मानिसहरु भिड रहेको विश्वास गरिएको थियो ।
मुद्दाको वादी पक्षले खोपबाट कोभिड-१९ रोकथाम र सुरक्षाको कुनै वैज्ञानिक प्रमाण नभएको र मास्कको प्रयोग पनि कोभिड-१९ लागि प्रभावकारितामा शम्सय रहेको दाबी गर्दै मुद्दा दायर गरेका थिए।
मुद्दाका वादी पक्षहरुले सरकारलाई कोभिड -१९ कोरोना भाईरस विरुद्दको खोपलाई दिने निर्णयलाई फास्ट ट्र्याकबाट अनुमोदन रद्द गर्न माग गर्दै उनीहरुले तथाकथित भ्याक्सिन पासपोर्ट लागु गर्ने सरकारको योजनाको बिरोधमा समेत मुद्दामा उल्लेख गरेको वेबसाइटमार्फ़त जनाएका छन् ।
जापानमा ६० प्रतिशतभन्दा बढि जनसंख्यालाई कोरोना भाइरस बिरुद्दको दुवै डोजको खोप प्रधान गरिसकिएको छ ।
जापानले कोरोनाभाइरस महामारीको कारण लामो समयदेखि स्थिर रहेका सामाजिक र आर्थिक गतिविधिहरुलाई सामान्यीकरण गर्ने प्रयास स्वरूप ब्यापारिक प्रयोजनहरुको लागि खोप पासपोर्टको व्यापक उपयोग गर्ने योजना बनाएको छ।
पछिल्ला हप्तामा खोपको प्रयोगले उल्लेखनीय रूपमा कोरोना संक्रमणको दरमा न्यूनता आएको छ । सरकारले मानिसहरुलाई बाहिर हिडडुल गर्दा कोरोना संक्रमण फ़ैलिन नदिनका लागि माक्स लगाउन आग्रह गर्दै आएको छ । अगस्ट १३ तारिक ओलम्पिक समापनको बेला टोकियोमा एकैदिन ५७७३ जना कोरोना संक्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?