नेपालीहरुको महान पर्व विजया दशमीको पूर्वसन्ध्यामा बेला जापानमा बाग्लुङ नगरपालिका वार्ड नम्बर ७ गैरागाऊँ घर भै साईतामा केनमा बस्ने करिव ४२ वर्षीय मोहन प्रसाद गौतमको कोरोना संक्रमणका कारण निधन भएको छ ।
दक्ष कामदार भिषा (कुक) मा कार्यरत गौतम कोरोना संक्रमणबाट फोक्सोमा असर गरेका कारण अस्पतालमा उपचार कै क्रममा मंगलबार साँझ निधन भएको बताईएको पारिवारिक स्रोतले जनाएको छ।
श्रीमति र छोरासंगै जापानमा कार्यरत मृतक गौतम झन्डै दुई महिना पहिले कोभिड संक्रमित भै केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पातल पुगेका थिए ।
एक छोरा र एक छोरी नेपालमा रहेका मृतक गौतमको मृत्यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यहि शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ ।
गत हप्ता नै जापानमा कोरोना संक्रमणका कारण पोखराका सुर्जामान गुरुङको निधन भएको थियो ।