राष्ट्रिय समाचार

वैदेशिक रोजगारी: नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा कन्टेनरबाट उद्धार

जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित एक सय बढी आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ ।  सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्धार गरेको हो । तीमध्ये १०० भन्दा बढी राजनीतिक संकटमा फसेका हाइटीका नागरिक रहेका समाचारमा जनाइएको छ । समाचारअनुसार नेपाल र घानाका नागरिक पनि रहेका बीबीसीले जनाएको छ ।  कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ । मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले उनीहरूलाई छोडेको हुन सक्ने… पुरा पढौ

बडादशैँको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ- बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण… पुरा पढौ

तत्कालको लागि वित्तीय आयकर परिवर्तन गर्ने कुनै योजना छैन- प्रधानमन्त्री किशिदा

जापान सरकारले कोभिड-१९ को प्रतिबन्धबाट प्रभावित अर्थतन्त्रलाई सहयोग पुर्‍याउन "१० ट्रिलियन येन" को आर्थिक प्याकेज ल्याऊदै १८ वर्ष मुनिका उमेर समूहलाई नगद सहयोग गर्ने योजना बनाएको छ।सरकारले कोरोनाभाइरसबाट शिथिल अर्थतन्त्रलाई बलियो बनाउन र लामो समयसम्म कोभिड -१९ को प्रतिबन्धबाट प्रभावित अर्थतन्त्रलाई सहयोग पुर्‍याउन "१० ट्रिलियन येन" को आर्थिक प्याकेज ल्याउने योजना बनाएको हो।लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धन साझेदार पार्टीका कोमेइतोले १८ वर्ष मुनिका बच्चाहरुको लागी १० मान येनको नगद प्रदान गर्नका लागि प्रस्ताव समेत गरेको छ । यो योजना कोरोनाभाइरस महामारीबाट… पुरा पढौ

साइतामाको एक सबस्टेसनमा भएको आगलागी कारण, टोकियो महानगर क्षेत्रका जेआर रेल सेवामा समस्या, रोकिएका धेरै लाइन संचालनमा

जेआर ईस्टका अनुसार आइतबार दिउँसो १ बजेसम्म बिजुली कटौतीको कारण टोकियो महानगर क्षेत्रका धेरै रुटहरुमा चल्ने रेल सेवाको अपरेशन स्थगित गरिएको मा १:४६ देखि पुन संचालनमा आएको छ एनएचकेको समाचारमा जनाईएको छ ।जेआर ईस्टका अनुसार स्थगित गरिएका जेआर लाइनहरु मध्ये यामानोटे लाइन, केयो लाइन, मुसाशिनो लाइन, जोबन लाइन स्टेशन, सिनक़ानसेन रेल सेवा, र साइक्यों लाइन सञ्चालनमा आएका छन्। भने केहिन तोहोकु लाइन, उत्सुनोमिया लाइन, ताकासाकी लाइन र शोनान सिन्जुकु लाइनले आफ़नो सेवा अझै स्थगित गरेको छ।फायर डिपार्टमेन्टका अनुसार, साइतामा प्रान्तको… पुरा पढौ

मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो । मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। ४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब… पुरा पढौ

बडादसैँको आज चौँथो दिन कुष्माण्डा भगवतीको पूजा गरिँदै

बडादसैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो । कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण… पुरा पढौ

आखा उपचार केन्द्रले शल्यक्रियासम्मको कार्य गर्न उपकरण खरिदका लागि घुम्टे युवा परिवार शाखा जापानको २७ लाख सहयोग

परदेशमा रहेकाहरुको मन घरदेश त्यो पनि आफनै जन्मभूमिमा केही गरौ भन्ने भै रहन्छ । विशेषज्ञ स्वास्थ्य सेवाको कमि भैरहेको बागलुङको गलकोट मल्म र त्यस वरपरका बासिन्दालाई सामान्य रूपमा स्वास्थ सेवा प्राप्त भएपनि आखा चेकजाँच र उपचारको अभावमा निकै कष्ट व्यहोरदै आउनु परेको थियो ।मल्ममा जन्मेर आखा सम्बन्धी विशेषज्ञता हासिल गरेकी डाक्टर सल्मा केसीराई जब आखा शिविर संचालनको लागि गलकोटमा पुगिन तब उनलाई मनमा एकप्रकारको खिन्नता लाग्यो । डा. सल्मा भन्छिन- ‘’आखा शिविर संचालनका क्रममा म गलकोट आउदा त्यहाको आखासम्बन्धी बिरामी… पुरा पढौ

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' नामाकरण गरेका छन् । अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग… पुरा पढौ

हराउँदै पिङ संस्कृति

गलेश्वर– ‘दशैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दशैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् । म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेका हुन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दशैँका बेला हालिँदै… पुरा पढौ

आत्महत्या गर्नुअघि आफूलाई बाँच्न मन नलागेको कसै न कसैलाई भनेका हुन्छन् (भिडियो अन्तर्वार्ता)

प्रत्येक वर्ष संसारभर झण्डै आठ लाख मानिसको मृत्युको कारण हो, आत्महत्या । यसको अर्थ प्रत्येक ४० सेकेण्डमा संसारमा एक जनाको मृत्यु आत्महत्याको कारण भइरहेको छ । त्यसमा पनि !५ देखि २४ वर्षको उमेर समूहको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मनोविद् करुणा कुँवरसँग सविना देवकोटाले गरेको कुराकानी : के कारण मान्छेले आत्महत्या गर्छ ?  ‘ह्याँ  मर्न पाएपनि हुन्थ्यो !’ यसो विचार गर्दा जीवन के रहेछ र ? ब्यर्थै रहेछ ।… पुरा पढौ