जेआर ईस्टका अनुसार आइतबार दिउँसो १ बजेसम्म बिजुली कटौतीको कारण टोकियो महानगर क्षेत्रका धेरै रुटहरुमा चल्ने रेल सेवाको अपरेशन स्थगित गरिएको मा १:४६ देखि पुन संचालनमा आएको छ एनएचकेको समाचारमा जनाईएको छ ।
जेआर ईस्टका अनुसार स्थगित गरिएका जेआर लाइनहरु मध्ये यामानोटे लाइन, केयो लाइन, मुसाशिनो लाइन, जोबन लाइन स्टेशन, सिनक़ानसेन रेल सेवा, र साइक्यों लाइन सञ्चालनमा आएका छन्। भने केहिन तोहोकु लाइन, उत्सुनोमिया लाइन, ताकासाकी लाइन र शोनान सिन्जुकु लाइनले आफ़नो सेवा अझै स्थगित गरेको छ।
फायर डिपार्टमेन्टका अनुसार, साइतामा प्रान्तको वारबी शहरमा रहेको जेआर सबस्टेशनमा आगलागीका कारण रेल सेवा बन्द भएको हो । जेआरले यस सम्बन्धमा अनुसन्धान गरिरहेको गरिरहेको जनाएको छ।
दिउँसो १:३० भन्दा पहिले आगो लगभग निभाइएको थियो । प्रहरी र दमकल विभागका अनुसार घाइतेहरुको बारेमा कुनै जानकारी छैन।
NHK को हेलिकप्टरबाट लिएको फुटेजमा, दिउँसो १:४५ सम्म आकाशबाट कुनै ज्वाला देखिएको छैन, तर केहि सबस्टेशनहरूबाट धुवाँ उठेको देखिएको उल्लेख गरिएको छ ।
जेआर ईस्ट के अनुसार, साईतामा प्रान्तको वारबी शहर,रहेको उक्त सब स्टेशन “कोर सबस्टेशन” को रूप कार्य गर्ने भएकोले रेल सेवाहरु प्रभावित भवको जनाएको। छ । सो सब स्टेशनबाट साइतामादेखि टोकियोसम्म विद्युत आपूर्ति गर्ने लाईन रहेको छ । स्थगित भएका विभिन्न रेल लाइन बिस्तारै बिस्तारै संचालनमा आउन लागेका छन।
सबस्टेशन नजिकै बस्ने ८० वर्षीय एक महिलाले भनिन्, “जब म घर भित्र थिएँ तब मैले ठूलो आवाज सुनें, र त्यस पछि पनि मैले दुई आवाज सुनें र घर थोरै हल्लायो। म डराए र बाहिर गएँ, कालो धुवाँ निस्किएको थियो।त्यसबाट म धेरै डराएको थिएँ। “