राष्ट्रिय समाचार

संसारभरि नेपालीहरु दशैं मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना संदेश

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान… पुरा पढौ

यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व !

काठमाडौँ – निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरू । ऋतुले नै दसैँ बोलाएको जस्तै । खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारी भरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरू । साँच्चि नयाँ ऋतु र दसैँ मनाउने महिना पनि रमाइलो छ । कवि शिरोमणि लेखनाथ पौडेलले कवितामार्फत व्यक्त गरेका छन्– ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा आनन्दको वर्षा ।’ दसैँलाई नेपालीहरूले राष्ट्रिय तथा महान् पर्वका… पुरा पढौ

जापानको इतिहासमा युद्धपछिको पुरा समयावधि आफ्नो कार्यकाल काम गरि संसद भंग, अक्टोबर ३१ मा आमनिर्वाचन हुदै

अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीका रूपमा आएका लिबरल डेमोक्रेटिक पार्टी( एलडिपी) का अध्यक्ष समेत रहेका किशिदा फुमीयोले सरकारका लागि ताज़ा जनादेश आवश्यक रहेको भन्दै अक्टोबर ३१ मा निर्वाचन गर्ने गरि तल्लो सदन प्रतिनिधि सभाको भंग गरेका छन ।प्रतिनिधिसभाका सभामुख ताडामोरी ओशिमाले संसदको तल्लो सदनको पूर्ण बैठकमा विघटनको घोषणा गरेका थिए ।तल्लो सदनका सांसदहरु आफ्नो सिटबाट उठेर "बन्जाई" भन्दै आफ्नो कार्यकाल समाप्त भएकोमा समर्थन गरेका थिए । आगामी २१ तारिक प्रतिनिधि सभाको चार वर्षे कार्यकाल समाप्त हुनु अघि घोषणा गरिएको निर्वाचनमा… पुरा पढौ

जापानमा विजया दशमीको टिकाको शुभ साइत बिहान ११:०५ बजे उत्तम (विज्ञप्ति सहित)

यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो ।विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुबाट टीकाको साइत बारे माग गरेपछि समितिको बैठकले विभिन्न देशमा स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक गरिएको बड़ादशैंको शुभ साइत नेपालमा साइत खोजेर टीका लगाउनेका लागि समितिले नेपालमा अक्टोबर १५ अर्थात असोज २९ गते बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको… पुरा पढौ

महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौँ- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल… पुरा पढौ

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

बङ्ग्लादेशसँग १-१ को बराबरी खेल्दै नेपाल दक्षिण एशियाली साफ फुटबलको फाइनलमा पुगेको छ। नेपाल साफ फुटबल च्याम्पियनशीपको फाइनलमा पुगेको यो पहिलो पटक हो। सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । फाइनलमा स्थान निश्चित गर्न जित वा बराबरी चाहिएको नेपालले नवौँ मिनेटमै गोल खाएको थियो। सुमन राजाले हेडरमार्फत गरेको गोलपछि नेपालले बराबरी गोल फर्काउन ८६औँ मिनेट कुर्नुपरेको थियो। पेनाल्टी एरिया बाहिर आएर फल गरेपछि बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए। त्यससँगै १० जनामा… पुरा पढौ

जापानको साईतामामा बागलुङका गौतमको कोरोना संक्रमणका कारण निधन

नेपालीहरुको महान पर्व विजया दशमीको पूर्वसन्ध्यामा बेला जापानमा बाग्लुङ नगरपालिका वार्ड नम्बर ७ गैरागाऊँ घर भै साईतामा केनमा बस्ने करिव ४२ वर्षीय मोहन प्रसाद गौतमको कोरोना संक्रमणका कारण निधन भएको छ ।दक्ष कामदार भिषा (कुक) मा कार्यरत गौतम कोरोना संक्रमणबाट फोक्सोमा असर गरेका कारण अस्पतालमा उपचार कै क्रममा मंगलबार साँझ निधन भएको बताईएको पारिवारिक स्रोतले जनाएको छ। श्रीमति र छोरासंगै जापानमा कार्यरत मृतक गौतम झन्डै दुई महिना पहिले कोभिड संक्रमित भै केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको… पुरा पढौ

यात्रीहरूको संख्या, गाडीको गति सीमा र सडकमा अनुगमन गरेर दुर्घटनामा कमी ल्याउन सकिन्छ ।

मंगलबार मुगुमा भएको बस दुर्घटनामा कम्तीमा ३२ जनाको ज्यान गयो भने कास्कीमा सोमबार जीप दुर्घटना हुँदा ८ जनाको। नेपालमा बढ्दो सडक दुर्घटनाको कारण र समाधानका उपायहरुबारे ब्रिटेनको युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डमा लामो समयसम्म रिसर्च फेलोको रुपमा कार्यरत डा. पुष्पराज पन्तसंग ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) ले छोटो कुराकानी गरेको थियो । अन्तर्वार्ताको सम्पादित अंश:  गत वर्ष नेपालमा कति जना मानिसहरुको सवारी दुर्घटनामा ज्यान गयो, कति जना घाइते भए? केहि तथ्यांक छ कि? नेपाल प्रहरीको तथ्यांक अनुसार आ.व. २०७७/७८… पुरा पढौ

कोरोना भाईरस विरुद्वको खोप नलगाउन, खोप पासपोर्ट र माक्स अनिवार्यता नगर्न टोकियो अदालतमा मुद्दा दायर

जापानको टोकियो ज़िल्ला अदालतमा कोभिड-१९ को विरुद्दमा लगाईएको खोपका बारेमा परेको मुद्दा सुनवाईका क्रममा मंगलबार अनुहारमा माक्स नलगाएका सयौ मानिसहरुका कारण काम कारबाहीमा अवरोध पुगेको छ ।अदालतका अधिकारीहरूले मुद्दाको सुनुवाई हुने भवनको प्रवेश द्वारको सुरक्षा चेकपोइन्टमा माक्स नलगाएका मानिसहरुको लामो लाइन लागे पछि कोरोनाभाइरस विरोधी मापदण्डका उपायहरु लागू गर्नुपर्ने अवस्थाको सृजना हुन गई दिउँसो १:३० बजे सुरु हुने सुनुवाईमा ढिला भएको क्योदो न्यूजको समाचारमा उल्लेख गरिएको छ ।अदालतले वेबसाइटमा राखिएको कार्यतालिका अनुसार वादी पक्षलाई मुद्दाको पहिलो मौखिक सुनवाईको लागि अदालतमा… पुरा पढौ

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसै कारण आजको दिन… पुरा पढौ