गुल्मेली समाज जापानको अधिवेशन अक्टोबर २४ मा

-


     जनहित न्युज    
     असाेज ३० गते २०७८


कोरोना महामारीको कारणबाट स्थगित हुदै आएको गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिक आइतबार दिउसो १ बजेबाट टोकियोको शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको छ।
गुल्मी ज़िल्लामा जन्म भै जापानमा विभिन्न पेशा व्यावसाय, अध्ययन र रोजगारीको शिलाशिलामा जापानमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरुलाई संगठित गर्दै एक आपसमा पारस्परिक सम्बन्ध, सद्भाव, सहयोग प्रदान गर्ने उदेश्यले गठित सो समाजको वार्षिक साधारण तथा अधिवेशन गर्न लागिएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिए ।
कोरोना महामारी विरुद्दको स्वास्थ्य मापदण्ड अपनाउदै सिमित उपस्थितिमा गुल्मेलीहरुको मात्र उपस्थित रहने गरि अधिवेशन सम्पन्न गर्ने जानकारी समेत ढ़कालले दिए। २०१५ मा सम्पन्न तेश्रो अधिवेशनपछि हुन लागेको अधिवेशनले नया नेतृत्वले चयन समेत गर्ने बताईएको छ।
सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा समाजले अग्रणी भूमिका निर्वाह गर्दै भूकम्प, बढ़ी पहिरोमा परेकालाई सहयोग कोरोना महामारीमा जन्मभूमिमा आवश्यक स्वास्थ्य सामग्री प्रदान र जापानमा नै विभिन्न व्यक्तिहरुलाई मानवीय तथा आर्थिक सहयोग उपलब्ध गर्दै आएको छ ।
अधिवेशनको लागि ठेगाना निम्न प्रकार छ ।
〒169-0073 Tokyo, Shinjuku City, Hyakunincho, 2 Chome−20−23
Tel- 03-5937-2792

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?