राष्ट्रिय समाचार

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व

काठमाडौं- नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम… पुरा पढौ

एनआरएनए संरक्षक परिषदको अवधि सकिएको छैन: डा श्रेष्ठ (विधान सहित)

काठमाडौँ -- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल आइतबार (१७ अक्टोबर) मध्य राती सकिए पनि संरक्षक परिषद भने कायमै रहेको एक कानूनविद्ले जनाएका छन्। जीएनएनसंग कुरा गर्दै एनआरएनए जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को कार्यकाल सकिए पनि अर्को निर्वाचित आइसीसी न आउंदा सम्म संरक्षक परिषद बहाल रहने बताए। "अन्तर्राष्ट्रिय समन्वय परिषद विघटन हुदैमा संरक्षक परिषद विघटन हुदैन , संरक्षक परिषद अर्को वैधानिक अन्तर्राष्ट्रिय समन्वय परिषद निर्वाचित भएर न आउदा… पुरा पढौ

साफ उपविजेता खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषदको निर्णय

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो। नेपाली टोली सोमबार बिहान नेपाल फर्किएको छ। बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार… पुरा पढौ

एनआरएनएको कार्यकाल ६ महिना थप, नोभेम्बर ३० भित्र अधिवेशन र निर्वाचन गर्ने वातावरण मिलाउने

गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने र नोभेम्बर ३० भित्र १० औ महाधिवेशन र निर्वाचन गर्ने वातावरण मिलाउने निर्णय गरेको हो । एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ । बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल… पुरा पढौ

फ्रान्सका मेयरलेपनि मनाए दशैं

फ्रान्सको बेल इल अँ मेयर भन्ने क्षेत्रको ल पाले नगरपालिकामा नेपाली झण्डा फहराउँदै फ्रान्सेली मेयरले दशैं मनाएका छन् । उक्त क्षेत्रमा पर्ने ल पाले नगरपालिकामा नेपाली झण्डा गाडेर दशैं मनाउने कार्यक्रम नेपाली ब्यापारी प्रकाश चन्द्र पाठकले मिलाएका हुन् । पाठकका अनुसार बेल इल अँ मेयर क्षेत्रको ल पाले नगरपालिकाका मेयर तिबो गोल्मु नेपालप्रेमी बनेका छन् । नेपाल गएका, नेपाललाई माया र प्रेम गर्ने धेरै फ्रन्सेलीहरुलाई नेपालको माया दिलाईरहन, संझना गराउन प्रकाश पाठकले दशमीकै दिन दशैं मनाउने कार्यक्रम राखेका थिए ।… पुरा पढौ

जापानमा चिसो हावाका कारण जाडो बढ्यो, तापक्रम घटेर टोकियोमा १० डिग्री र साप्पोरोमा ४ डिग्रीसम्म पुग्ने

जापान पूर्वी र उत्तरी क्षेत्रमा सोमवार बिहान तापक्रममा बदलाव आइ चिसोको मात्रा बढ़ने भएकोले आफ्नो स्वास्थ्य र शारीरिक तापमानमा सावधानी अपनाउन भनिएको छ ।चिसो हावाका कारण तापक्रममा गिरावट आइ १८ तारिकको बिहान सम्ममा जापानको साप्पोरोमा ४ डिग्री, मोरियोकामा ५ डिग्री, नागानोमा ८ डिग्री र टोकियोमा १० डिग्रीसम्म पुग्ने विभागको अनुमान छ । यस हप्ताको तापमान यति धेरै वृद्धि नहुने भएकोले विशेष गरी पूर्वी र उत्तरी जापानमा शारीरिक स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको बताईएको छ ।मौसम विज्ञान विभागका अनुसार आइतबार वाक्कानाईमा… पुरा पढौ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्। अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ

जापानबासी नेपाली समुदायलाई सुसूचित गराउन एनआरएनए जापानले “एनआरएनए मेरो साथी”नामक अभियान संचालन गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सामाजिक अभियानका कार्यक्रम मार्फत नेपाली समुदायमा सचेतनमूलक कार्य गर्नका लागि “एनआरएनए मेरो साथी” नामक अभियान गर्ने भएको छ । सुखमा पनि दुःखमा पनि जानकारी हाम्रो साथ तपाईको भन्ने मान्यताका साथ जापानबासी नेपालीहरुलाई दैनिक जीवनयापनमा सहज बनाउन र भविष्य निर्माणका लागि जापानमा भएको अवसर र चुनौतीका विषयमा सु-सुचित गराउने उद्देश्यले यो अभियान संचालन गर्न लागिएको एनआरएनए जापानले जनाएको छ । हरेक महिना फरक फरक विषयमा जनचासो र जानकारी मूलक कार्यक्रम विषय विज्ञ र जानकारहरूको… पुरा पढौ

बक्सर अबिरलले जापानीज खेलाडीलाई सहजैं पराजित गर्दै भए विजयी

जापानमा तेश्रो ठूलो शहर नागोयामा अबिरल घिमिरे र जापनिज फुजीमुरा बिच बक्सिङ्ग भिडन्तमा अबिरल घिमिरेले सहजै जित हासिल गरेका छन् । आफुले कडा मेहेनत गरेको र नेपालीको आशीर्वादले आफु विजयी भएको अबिरलले बताएका छन्। प्रतियोगिता नागोया कंग्रेस हलमा आयोजना गरिएको थियो। अबिरलले खेलेका हिट ४९ को उक्त खेलमा पहिलो राउण्डमा नै जापनिज खेलाडी फुजीमुरा नकआउट गरेका थिए। ३ - ३ मिनेटमा ५ राउण्डमा खेलिने उक्त खेल एक राउण्डमा नै सकिएको थियो। प्रतिस्पर्धा गरेका जापनिज फुजीमुरा जापानका राष्ट्रिय स्तरका खेलाडी हुन्।… पुरा पढौ