एनआरएनए संरक्षक परिषदको अवधि सकिएको छैन: डा श्रेष्ठ (विधान सहित)

-


     जनहित न्युज    
     कार्तिक २ गते २०७८


काठमाडौँ — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल आइतबार (१७ अक्टोबर) मध्य राती सकिए पनि संरक्षक परिषद भने कायमै रहेको एक कानूनविद्ले जनाएका छन्।

जीएनएनसंग कुरा गर्दै एनआरएनए जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को कार्यकाल सकिए पनि अर्को निर्वाचित आइसीसी न आउंदा सम्म संरक्षक परिषद बहाल रहने बताए।

“अन्तर्राष्ट्रिय समन्वय परिषद विघटन हुदैमा संरक्षक परिषद विघटन हुदैन , संरक्षक परिषद अर्को वैधानिक अन्तर्राष्ट्रिय समन्वय परिषद निर्वाचित भएर न आउदा सम्म कायम रहि रहन्छ,” उनले भने।

कुमार पन्तको अध्यक्षतामा २०१९-२१ को कार्यकालका लागि निर्वाचित आइसीसीको म्याद सकिएकै दिन नियोजित रुपमा ध्यान अन्यत्र मोड्नका लागि संरक्षक परिषदको कार्यकाल सकिएको काल्पनिक विषय मिडिया मार्फत ल्या इ एको श्रेष्ठ ले बताए। “यस्तो तर्क हास्यास्पद र बद नियत पूर्ण छ,” उनले भने।

‘आफै आफ्नो म्याद थप्न मिल्दैन’

(हेर्नुहोस विधान को दफा १६ १ )

गैर आवासीय नेपाली संघको विधान २००३ (२०१५ को संशोधन सहित) को दफा १३ २ ले अन्तराष्ट्रिय समन्वय परिषद को म्याद थप्ने व्यवस्था कहिँ कतै नगरेको खुलासा पनि कानून विद डा श्रेष्ठ ले गरे।

“विधानमा ‘अन्तर राष्ट्रिय समन्वय परिषद्को साधारण सभा गर्न नसकिने कारण भए सो कारण प्रस्ट उल्लेख गरेर बहुमतले निर्णय गरेर मात्र महाधिवेशन गर्न, मिति सार्न वा स्थगित गर्न सकिने छ’ भनिएको हो ❘महाधिवेशन सार्न वा स्थगित गर्ने अवधि ६ महिना भन्दा बढी हुने छैन भनेर प्रस्ट भनिएको छ ❘ आई सिसि को कार्यकाल थपिने कहिँ कतै भनिएको छैन ❘ आई सिसि को समयाबधि थप्ने ब्यबस्था कहिँ छदै छैन केवल महाधिबेशन को मिति सार्न वा स्थगित गर्ने मात्र दफा १३ २ ले बोलेको हो, अन्यथा यसले भन्दैन,” उनले भने।

अहिले अन्तर्राष्ट्रिय समन्वय परिषदमा चरम समस्याग्रस्त हुनु हो अब सम्रक्षक मण्डलले १६ (१) ४ बमोजिम सम्पूर्ण रास्ट्रिय परिषद को अध्यक्षहरुको भेला गरेर अभिबभाबक्त्व ग्रहण गरेर सस्थाको साख लाई संरक्षण गर्दै सस्थाको समस्यालाई शान्तिपूर्ण समाधान गर्न अग्रसर हुनु जरुरी छ ❘

गैर आबासीय नेपाली संघ को बिधान २००३ हालैको संसोधन को दफा १३ को २ ले अन्तराष्ट्रिय समन्वय परिषद को म्याद थप्ने व्यवस्था कहिँ कतै गरेकै छैन केवल अन्तराष्ट्रिय समन्वय परिषद्को साधारण सभा गर्न नसकिने कारण भए सो कारण प्रस्ट उल्लेख गरेर बहुमतले निर्णय गरेर मात्र महाधिबेशन गर्न मिति सार्न वा स्थगित गर्न सकिने छ भनिएको हो ❘ महाधिवेशन सार्न वा स्थगित को अबधि ६ महिना भन्दा बढी हुने छैन भनेर प्रस्ट भनिएको छ ❘ आईसिसिको कार्यकाल थपिने कहिँ कतै भनिएको छैन ❘ आई सिसि को समयाबधि थप्ने ब्यबस्था कहिँ छदै छैन केवल महाधिबेशन को मिति सार्न वा स्थगित गर्ने मात्र बनेको दफा १३ को २ हो अन्यथा यसले भन्दैन❘त्यसैले आज मिति २०२१ अक्टोबर १८ को साझ १२ बजे रातिबाट बर्तमान कार्यसमितिको कार्यकाल समाप्त भएको छ ❘ किनभने अन्तर्राष्ट्रिय समन्वय परिषदले मिति तोकेर प्रस्ट र उचित कारण प्रस्तुत गरेर अन्तर्राष्ट्रिय समन्वय परीषदको महाधिबेशन को मिति तोकेको पनि बहुमत बाट सारेको पनि छैन र स्थगित गरेको पनि छैन ❘

यो भनेको अन्तर्राष्ट्रिय समन्वय परिषदमा चरम समस्याग्रस्त हुनु हो अब सम्रक्षक मण्डलले १६ (१) ४ बमोजिम सम्पूर्ण रास्ट्रिय परिषद को अध्यक्षहरुको भेला गरेर अभिबभाबक्त्व ग्रहण गरेर सस्थाको साख लाई स्रम्रक्षण गर्दै सस्थाको समस्यालाई शान्तिपूर्ण समाधान गर्न अग्रसर हुनु जरुरी छ ❘ अन्तर्राष्ट्रिय समन्वय परिषद बिघटन हुदैमा संरक्षक परिषद बिघटन हुदैन ,संरक्षक परिषद अर्को बैधानिक अन्तर्राष्ट्रिय समन्वय समिति बैधता नहुन्जेलसम्म कायम रहि रहन्छ ❘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?